लकडाउनको ३३ औं दिनमा यस्तो देखियो काठमाडौं उपत्यका (भिडियोसहित)

काठमाडौं–लकडाउनका कारण एक महिनादेखि पूरै देश ठप्प छ । केही अत्यावश्यकबाहेक अन्य काम भएको छैन । किनमेलका बिहान केही समय पसलहरु खुले पनि दिनभर सुनासान छ उपत्यका ।

केही सिमित सवारी चलेका छन् । साँझपख भने घर फर्किनेहरुको भीड छ । दैनिकी मुस्किल बन्दै गएपछि उपत्यका बाहिरका मानिसहरु धमाधम गाउँ फर्किँदैछन् ।

साँझपख विभिन्न स्टेसनहरुबाट सवारीमा घर फर्किनेहरु हतासमा देखिन्छन् । कतिबेला घर पुगौंला भन्ने अत्यास उनीहरुको मुहारमा प्रस्ट देख्न सकिन्छ ।

आज लकडाउनको ३३ औं दिन काठमाडौं उपत्यकामा चहलपहल कस्तो रह्यो त ! हुर्नुहोस् भिडियोसहित


Facebook Comment


No ads found for this position