अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका दुई कोरियनको शव भेटियो

पोखरा— गत माघ ३ गते अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ मध्ये थप दुई कोरियनको शव भेटिएको छ । शनिबार दुई उनीहरुको शव फेला परेको हो ।

हराएका ४ कोरियन र ३ नेपालीमध्ये २ नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको थियो। हिमपहिरो आएको ठाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले प्रहरी, स्थानीय र एक्यापको टोलीले शव फेला पारेको बताए । कोरियनको शव भए पनि पहिचान खुल्न सकेको छैन ।

शव लिन नेपाली सेनाको हेलिकप्टर पठाइएको छ । पोखराबाट प्रहरीसहितको टोली घटनास्थल पुगेर शव पोखरा ल्याउनेछ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आज नै शव काठमाडौं लगिनेछ । काठमाडौंमा रहेका उनीहरुको आफन्तलाई शव बुझाइने प्रवक्ता केसीले बताए । बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको उनले जनाए ।


Facebook Comment


No ads found for this position