सांसद अपहरणको उजुरी दिन प्रहरी परिसर पुगे जसपा नेता

काठमाडौं-अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका छन् ।

जसपा नेता डा. बाबुराम भट्टराईका अलावा अपहरित भनिएका सांसद डा. सुरेन्द्र यादव पनि साथमा छन् । उनीहरु मास्क लगाएर प्रहरी कहाँ पुगेका हुन् ।

अपहरणमा संलग्न भनिएका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गर्न नेताहरु पुगेका हुन् । उनीहरुमाथि १० वैशाखमा सांसद यादवलाई महोत्तरीस्थित घरबाटै अपहरण गरी काठमाडौं ल्याइएको आरोप लगाइएको छ ।


Facebook Comment


No ads found for this position