लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पासविनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।

मन्त्रालयले साेमबार परिपत्र गर्दै बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइएकाे  र अधिकांशको उद्धार भइसकेकोले आजबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको स्रोतले जानकारी दिएको छ ।

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा  कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भएकोले कडाइ गरिएको मन्त्रालयकाे भनाइ छ


Facebook Comment


No ads found for this position