इटालीका फिल्म मेकरको बनाए ‘लकडाउन इन पोखरा’

करिब एक महिनादेखि पोखरामा लकडाउनमा छन्, इटालीका पत्रकार तथा फिल्म मेकर रिकार्डो बियान्को । पोखरास्थित होटेल फरेस्टमा बसेर उनले लकडाउनको नियम पालना गरिरहेका छन् । नेपाल आउनुअघि उनी श्रीलंकामा थिए । त्यहाँ केही समय बसेर उनी र उनका साथीले एक वर्षअघि चर्चमा भएको बम विस्फोट र त्यसका घाइतेहरूको वृत्तचित्र बनाए । अनि २५ फागुनमा काठमाडौं उत्रिए, ‘द टेल ब्रदर्स’ नामक प्रोजेक्टको दोस्रो सिजन पूरा गर्न ।

कोरोना भाइरसको संक्रमणमा परेकी आमा ठीक भएको खबरले हर्षित छन् । तर, आफ्नो देशको सरकारले देशबाहिर अड्किएका नागरिकको उद्धारमा ध्यान नदिएकामा दुःखी पनि छन् ।

उनीसँगै साथी मेट स्क्लारान्डिस पनि नेपाल आउने तरखरमा थिए, तर उनी अमेरिकामा रोकिए । प्रोजेक्टको काम सुरु हुँदा नहुँदै नेपालमा पनि कोरोना भाइरसका संक्रमित भेटिन थाले । र, देशव्यापी लकडाउन सुरु भयो । त्यसपछि उनी होटेलमा एक्लिए । लकडाउन लम्बिने क्रमसँगै अधिकांश मुलुकले आ–आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

लामो समय युद्ध, भोकमरी र गरिबीको क्षेत्रमा काम गरेका उनलाई यो समयमा डरभन्दा बढी रोमाञ्चकता महसुस भइरहेको छ । जोखिम मोलेर काम गर्न रुचाउँछन् रिकार्डो । हालै ‘लकडाउन इन पोखरा’ शीर्षक दिएर एक भिडियो युट्युबमा सार्वजनिक गरेका छन् उनले । स्वदेशी–विदेशी पर्यटकबाट भरिभराउ रहने पोखरा लकडाउनका कारण कसरी सुनसान बनेको छ भन्ने देखाएका छन् उनले भिडियोमा ।

उनको मुलुक इटाली कोभिड–१९ को चपेटामा परेको छ । उनकी आमा पनि कोरोना भाइरसको संक्रमणमा परिन् । तर, उपचारपछि आमा निको भएको खबरले रिकार्डो हर्षित छन् । आफ्नो देशको सरकारले देशबाहिर अड्किएका नागरिकको उद्धारमा कुनै ध्यान दिन नसकेकामा उनी दुःखी छन् ।

रिकार्डो बियान्को, इटालीका पत्रकार तथा फिल्म मेकर

तर, उनी तत्काल घर फर्किहाल्ने मनस्थितिमा पनि छैनन् । कोरोना भाइरसको कहर कम भएर लकडाउन खुलेपछि उनी अन्य युरोपेली मुलुक जान चाहन्छन् । तर, सिर्जनशील र उत्पादनशील काम हुन नसके लामो समय नेपालमै व्यतित गर्नु पनि विवेकी काम नहुने उनले ठानेका छन् । भन्छन्, ‘विनाकुनै कथा या समाचारको इस्यु पोखराजस्तो सुन्दर सहरमा होटेलभित्रै थुकिनुको औचित्य पनि छैन ।’नयाँपत्रीका


Facebook Comment


No ads found for this position