लाखमरी दोब्बर मूल्यमा बेचेपछि भाटभाटेनीलाई ३ लाख जरिवाना

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोग्य सामानमा एमआरपी भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि सोमबार आर्थिक जरिवाना गरेको हो ।

‘१ सय २० रुपैयाँ पर्ने लाखमरीलाई २ सय २० रुपैयाँमा बिक्री गरिरहेको भन्ने उजुरी परेको थियो। अनुसन्धान गर्दा टंगालमा रहेको स्टोरले बढी मूल्य लिएको पाइयो,’विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने,‘बढी मूल्य लिइएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३ लाख जरिवाना गरेका छौं।’

मिश्रका अनुसार ऐनको १६ (२) (क) बमोजिम काम गरेकाले ३८ (ङ)को कसुरमा ३९ (१) (ख) बमोजिम ३ लाख जरिवाना गरिएको हो।सरकारले लकडाउनमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै अवरोध नगर्ने जनाएपछि पूर्ण रुपमा सञ्‍चालन हुन सकेको छैन।

आपूर्ति प्रणाली बिग्रेपछि त्यसको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम कालोबजारी समेत गरेका छन्। यसको पुष्टी विभागको विवरणले पनि गर्छ। विभागले उजुरीको आधारमा अनुगमन गर्दा दिनहु जसो बढी मूल्य लिएको पाइएको छ। विभागमा उजुरी पनि सामानमा बढी मूल्य लिएको दर्ता भएको छ।

‘उजुरीको आधारमा अनुगमन गर्दा केही पसलमा बढी मूल्य लिने गरेको पाइयो,’निर्देशक मिश्रले भने। विभागको टोलीले आइतबार कपनको एम बिटी खाद्य स्टोर्सलाई पनि १ लाख रुपैयाँ जरिवाना गरेको थियो।

उक्त स्टोरले मूल्य सूची नराखी बिक्री गरेको पाइएको थियो। ‘उक्त स्टोरलाई उपभोक्ता संरक्षण ऐनको २० (१)बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको, ३८ (ट)को कसुरमा ३९ (१) (घ) बमोजिम १ लाख जरिवाना गर्यो,’ मिश्रले भने।

यस्तै, विभागले साता अघि महाराजगन्जमा रहेको सेल्सबेरीलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको थियो। खरिद बिल प्रमाणित नभएपछि जरिवाना गरेको विभागले जनाएको छ।

चाबहिलमा रहेको डीजी ग्रोसरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो। उक्त ग्रोसरीले ७३ रुपैयाँमा खरिद गरेको चिनी ८२ रुपैयाँमा बिक्री गरेको विभागले जनाएको छ। ‘७३ रुपैयाँमा खरिद गरेको चिनी ७८ 


Facebook Comment


No ads found for this position