नागढुंगामा सवारीका लागि ‘डिस्इन्फेक्सन टनेल’ बन्ने

१५ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण हुने भएको छ । काठमाडौंमा विजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गर्न लागेको हो ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले डिस्इन्फेक्सन टनेल निर्माणका लागि संघ सरकार र स्थानीय चन्द्रागिरी नगरपालिकाबाट अनुमति पाइसकेको बताए ।

यस्तो टनेल निर्माणपछि काठमाडौं भित्रिने सवारीलाई नाकामा नै निसंक्रमण गरिनेछ । ‘मंगलबारबाट निर्माण सुरु गर्छौं,सबै सामग्रही तयारी अवस्था छ’ उनले भने,’तीन दिनभित्र टनेल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्किङ नाकामा पनि निर्माण गर्ने योजना रहेको उनले बताए । टनेलको सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ ।

निसंक्रमणमा आवश्यक पर्ने पानी विजुली, बत्ती र सुरक्षाात्मक उपकरणको स्थानीय तहले नै व्यवस्था गर्नेछ । ‘काठमाडौंमा बाहिरबाट कोभिड १९को संक्रमण भित्रिन नसकोस् भनेर समाजिक उत्तरदायित्व अन्तरगत यस्तो काम गर्दैछौं,’ अध्यक्ष थापाले भने ।


Facebook Comment


No ads found for this position