त्रियुगा नगरपालिकाको लागि स्वास्थ्य सामाग्रहरु उपलब्ध

प्रारम्भ सामाजिक संस्था, ललितपुर र ‘ आनी छोयिंग डोल्मा फ़ाउण्डेशन’ काठमाडौँले त्रियुगा नगरपालिकाको लागि स्वास्थ्य सामाग्रहरु उपलब्ध गराएको छ ।
उदयपुर बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा नारायण खड्कालाइए उक्त स्वास्थय सामाग्रीहरु हस्तान्तरण गरेको छ।
प्रारम्भ संस्थाका बरिस्ठ सल्लाहकार एवं कलाकार हरिवंश आचार्य अनि छोयिंग डोल्मा फ़ाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिना तथा एनआरएन अभियन्ता अनुज थापा लगायतले स्वास्थय सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
४० थान उपलब्ध गराएको स्वास्थ्य सामाग्रहरु अन्तगर्त पीपीइ ड्रेस, एन९५ मास्क, गमबुट, फेसशिल्ड, ह्यान्ड सानीटाइज़र सामग्री छन्।
एनआरएन अभियन्ता अनुज थापा र चण्डिका पोख्रेलको संयोजनमा उपलब्ध गराइएको उक्त सामग्री त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिलाइ बुझाइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए ।