लकडाउन पछि पदयात्रा पर्यटनको भविष्य कता जान्छ त ?

काठमाडौं–चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभावले पूरै नेपाल मात्र नभएर अहिले विश्वभरका मानिसहरुको जनजीव अस्तब्यस्त भएको छ । मानिसहरुको जिवनमा मात्र अस्तब्यस्त नभएर विश्वको अर्थनन्त्र पनि तहसनहस बनेको छ ।
कोरोना भाईरसका कारण विश्वभर करोडौले रोजगारी गुमाएका छन् । कोराना भाईरसका कारण करिब एक महिनाअघिबाट प्रभावित बनेको दक्षिण एसियाको भारत हुदै यसले नेपालमा केही जकडेको अवस्था छ । अहिले देशभरका सम्पूर्ण व्यवसायीक केन्द्रहरु बन्द छन् । मानिसहरुले काम गर्न पाएका छैनन् । अहिले नागरीकहरु आफ्नै घरभित्र बन्दी जीवन बिताउन बाध्य भएका छन् ।
यसबाट नेपालीको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पारेको छ । त्यसमध्ये पनि सबैभन्दा ठूलो नगद आम्दानी र देशभित्रै लाखौंलाई रोजगारी दिने पर्यटन क्षेत्र पूरै बन्दाबन्दीको अवस्थामा रहेको छ । पर्यटन क्षेत्रकै कुरा गर्ने हो भने, यसभित्र पनि आकर्षक आम्दानी र लाखौंको रोजगारी जोडिएको टे«किङ क्षेत्र हो । यो पनी संकटमै परेको अवस्था छ ।
नेपालमा आउने पर्यटकहरुमध्ये सबैभन्दा धेरै संख्या पदमार्गी तथा पर्वतारोहण क्षेत्रकै हुन् । तर, चार महिनायता यस क्षेत्रमा कुनै पनि काम हुन सकेको छैन । लकडाउनअघि आएका पर्यटकहरु पनि लगभग सबै फर्किसकेका छन् ।
लकडाउन खुले पनि अहिलेको अवस्थाबाट माथि उक्लिन त्यति सहज भने छैन । सरकारले कुनै ठूलो योजना अगाडि नसारेसम्म हामीले अहिलेको थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सक्ने स्थिति रहँदैन ।
त्यसैले महामारी अन्त्यपछि पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउन कस्तो कदम चाल्नुपर्ला त रु लकडाउनपछि पर्यटन क्षेत्रको भविष्य के हुन्छ त रु हामीले केही दिनदेखि पर्यटन क्षेत्रको अबेको भविष्य के हुन्छ रु भन्ने विषयमा एउका कोलम तपाईहरु माझ पस्कदै आएका छौं । यससँग समन्धित सरोकारवाला निकाय, पर्यटन व्यवसायी, मजदुरलगायतको भूमिका कस्तो हुन्छ । र कस्ता योजना ल्याउन सके पर्यटन क्षेत्रलाई नै पुरानै अवस्थामा फर्कउन सकिन्छ र लकडाउनपछि पर्यटन ब्यबसायलाई हाम्रो आर्थिक समृद्धिको मुख्य आधार बनाउन सकिन्छ भन्ने विषयमा विभिनन जानकार, सरकारका प्रतिनिधि र यस क्षेत्रसग जोडिएका व्यवसायीहरुसँग राय लिने गरेका छौं ।
त्यसभित्रको आकर्षक मानिएको र सबैभन्दा धेरै पर्यटक आउने पदयात्रा क्षेत्रको भविष्य कता जान्छ रु यसलाई पूर्ववतः अवस्थामा ल्याउन कस्ता कदम अघि चाल्नुपर्छ भन्ने विषयमा ट्रेकिङ एजेन्सी एसोशियसन अफ नेपालका अध्यक्ष खुम सुवेदीसँग कुराकानी गरेका छौं ।अध्यक्ष सुवेदीको भनाई यस्तो रहेको छ

मुख्य सिजनमै थन्किएर बस्नुपर्यो
ट्रेकिङ ब्यबसाय मात्र नभएर नेपालकै पर्यटन क्षेत्रको आम्दानी हुने र पर्यटक भित्रिने मुख्य सिजन नै यही हो । मुख्य सिजनमै यस्तो महामारीको सामना गर्नुपर्दा पर्यटक मात्रै होइन, हामी व्यवसायी र मजदुर पनि घरभित्रै थन्किनुपरेको छ । यसले हामी दुई÷तीन वर्षसम्म पहिलेको अवस्थामा फर्कन सक्ने स्थिति छैन । महामारीविरुद्ध सबै लडिरहेका छन् । तर, तत्कालै यसको कहर अन्त्य होलाजस्तो मलाई लाग्दैन ।

यद्दपी हामी त्यसै चुप लागेर बस्ने कुरा पनि भएन । लकडाउनपछि थिलोथिलो बनेको हाम्रो क्षेत्रलाई कसरी माथि उकास्न सकिन्न भन्ने विषयमा सोँचिरहेका छौं । राज्यलाई पनि अर्बौं घाटा परेको छ । व्यवसायी र मजदुरको त रोजीरोटी नै छिनिएको छ । राज्यले विपन्न परिवारलाई त केही हदसम्म राहत दिएको छ । तर, हामीले राहत मागेका पनि छैनौं । हाम्रो अर्बौं लगानी फसेको छ । सरकारले केही भए पनि ब्याजदरमा छुट दिनसक्यो भने हामीलाई अहिलेको विपतबाट परेको असरसँग जुध्न सजिलो हुन्थ्यो कि रु

नेपालमा आउने अधिकांश पर्यटक ट्रेकिङकै लागि आउँछन् । हिमाल चढ्ने मात्रै होइन, विभिन्न साना पहाड टाकुरामा घुम्ने तथा एड्भेन्चर ट्रिपका लागि पर्यटक आउँछन् । तर, यसपाली सबै ठप्प हुँदा करिब १५ अर्बजति ट्रेकिङ क्षेत्रलाई घाटा लागेको छ । यो हामी व्यवसायी र मजदुरको हिसाब गर्दा मात्र हुन्छ ।
देशमा आउने करिब १२ लाख पर्यटकमध्ये ५ लाखजति त ट्रेकिङ क्षेत्रमै आउँछन् । देशभरीको तथ्यांक हेर्ने हो भने, प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ८ लाख जति मजदुर टे«किङ क्षेत्रमै आवद्ध छन् । कम्पनीले मजदुरका लागि केही राहत दिएको तर राज्य उनीहरुको अवस्थाबारे बेखबर छ । आपत् सबैलाई परेको छ । तर, वर्षमा एक सिजनमा काम गरेर वर्षभरी आफ्नो खर्च जोहो गर्ने हाम्रो क्षेत्रका मजदुरको समस्या दयनीय छ । सरकारसँग हामीले विषेश प्याकेज ल्याउन अनुरोध गरिराखेका छौं । तर अहिलेसम्म कुनै पहल भएको देखिँदैन ।


दुई वर्षपछि मात्र सामान्य अवस्था फर्किन सक्छौं
सन् २०२० हाम्रो पक्षमा रहेन । सरकारले पनि महत्वाकांक्षाका साथ ल्याएको भ्रमण वर्ष पनि असफल जस्तै भयो महामारीले गर्दा । अब यो वर्षको अन्त्यसम्म महामारी नियन्त्रणमा आयो भने पनि नेपाली पर्यटन क्षेत्रलाई ह्वात्तै माथि उकास्न सम्भव छैन ।
त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्छ । विश्व अर्थतन्त्र नै दशकौंपछि धकेलिएको छ । लकडाउन खुल्नेबित्तिकै झोला बोकेर पर्यटक नेपाल घुम्न आउँदैनन् । उनीहरुको आर्थिक स्थिति सुधार नहुँदासम्म हामीले लाखौं पर्यटक आउने सपना देख्नु पनि हुँदैन । आगामी वर्ष त हाम्रो तयारीमै समय खर्चिन्छ ।

सन् २०२० हाम्रो पक्षमा रहेन ।महामारीले गर्दा सरकारले महत्वाकांक्षाका साथ ल्याएको भ्रमण वर्ष पनि असफल जस्तै भयो । अब यो वर्षको अन्त्यसम्म महामारी नियन्त्रणमा आयो भने पनि नेपाली पर्यटन क्षेत्रलाई ह्वात्तै माथि उकास्न सम्भव छैन ।
त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्छ । विश्व अर्थतन्त्र नै दशकौंपछि धकेलिएको छ । लकडाउन खुल्नेबित्तिकै झोला बोकेर पर्यटक नेपाल घुम्न आउँदैनन् । उनीहरुको आर्थिक स्थिति सुधार नहुँदासम्म हामीले लाखौं पर्यटक आउने सपना देख्नु पनि हुँदैन । आगामी वर्ष त हाम्रो तयारीमै समय खर्चिन्छ ।

हामीले पनि एक वर्षभित्रै पहिलेकै अवस्था फर्किने आशा गरेका छैनौं । कम्तिमा पनि दुई वर्ष लाग्छ । अहिलेको घाटा पूर्तिका लागि सन् २०२२ सम्म लाग्न सक्छ । तर, त्यसबेलासम्म अधिक भन्दा अधिक पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा हामी आजदेखि तयार हुनुपर्छ । हामीले लगानी गरेर मात्र पनि त हुँदैन । सरकारले लगानी सुरक्षाको वातारण सिर्जना गर्नुपर्दछ ।

अब पहिलेको जस्तो झारा टारेर हुँदैन । साँच्चिकै पर्यटनबाट समृद्धि हासिल गर्ने हो भने सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । न्यूनतम ब्याजदरमा लोन प्रवाह गर्नुपर्छ । यदि यसो गर्नसक्यो भने नयाँ व्यवसायीहरु पनि भित्रिन सक्छन् । अर्को मुख्यकुरा त घरखेत भएका व्यवसायीलाई अहिलेको स्थितिले धेरै फरक नपार्ला तर, सबै ऋणमै सञ्चालित पर्यटन व्यवसायीलाई सरकारले सोच्नु पर्दछ । बिना धितो ऋण प्रवाह गर्नुका साथै स्थिति सुधार नहुँदासम्म दुई प्रतिशतभन्दा ब्याजदर माथि राख्नुहुँदैन ।


दुई वर्षपछि मात्र सामान्य अवस्था फर्किन सक्छौं
सन् २०२० हाम्रो पक्षमा रहेन । सरकारले पनि महत्वाकांक्षाका साथ ल्याएको भ्रमण वर्ष पनि असफल जस्तै भयो महामारीले गर्दा । अब यो वर्षको अन्त्यसम्म महामारी नियन्त्रणमा आयो भने पनि नेपाली पर्यटन क्षेत्रलाई ह्वात्तै माथि उकास्न सम्भव छैन ।
त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्छ । विश्व अर्थतन्त्र नै दशकौंपछि धकेलिएको छ । लकडाउन खुल्नेबित्तिकै झोला बोकेर पर्यटक नेपाल घुम्न आउँदैनन् । उनीहरुको आर्थिक स्थिति सुधार नहुँदासम्म हामीले लाखौं पर्यटक आउने सपना देख्नु पनि हुँदैन । आगामी वर्ष त हाम्रो तयारीमै समय खर्चिन्छ ।


हामीले पनि एक वर्षभित्रै पहिलेकै अवस्था फर्किने आशा गरेका छैनौं । कम्तिमा पनि दुई वर्ष लाग्छ । अहिलेको घाटा पूर्तिका लागि सन् २०२२ सम्म लाग्न सक्छ । तर, त्यसबेलासम्म अधिक भन्दा अधिक पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा हामी आजदेखि तयार हुनुपर्छ । हामीले लगानी गरेर मात्र पनि त हुँदैन । सरकारले लगानी सुरक्षाको वातारण सिर्जना गर्नुपर्दछ ।


अब पहिलेको जस्तो झारा टारेर हुँदैन । साँच्चिकै पर्यटनबाट समृद्धि हासिल गर्ने हो सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । न्यूनतम ब्याजदरमा लोन प्रवाह गर्नुपर्छ । यदि यसो गर्नसक्यो भने नयाँ व्यवसायीहरु पनि भित्रिन सक्छन् । अर्को मुख्यकुरा त घरखेत भएका व्यवसायीलाई अहिलेको स्थितिले त्यति धेरै फरक नपार्ला तर, सबै ऋणमै सञ्चालित पर्यटन व्यवसायीलाई सरकारले हुर्नुपर्छ । बिना धितो ऋण प्रवाह गर्नुका साथै स्थिति सुधार नहुँदासम्म दुई प्रतिशतभन्दा ब्याजदर माथि राख्नुहुँदैन ।


संरचना निर्माणमा जोड दिनुपर्छ
सँधै व्यस्त हुने पर्यटन क्षेत्रका लागि महामारी विपत् मात्र होइन, यसलाई अब सरकारले अवसरका रुपमा लिनुपर्छ । कति नयाँ रुटहरु निर्माण गर्नुपर्ने छ । स्थिति सामान्य हुँदैजाँदा सरकारले नयाँ पदमार्ग निर्माणमा जोड दिनुपर्छ ।
पर्यटकको बसाइ सहज र प्रचार प्रसारको क्षेत्रमा जोड दिनुपर्छ । घुम्ने ठाउँ त नेपालमा प्रशस्तै छन् । तर, दिनभर घुमिसकेपछि साँझ बासका लागि सम्बन्धित जिल्लाका सदरमुकाममै आउनुपर्ने बाध्यता छ । अब सरकारले घुम्ने क्षेत्रमै बस्नमिल्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि स्पटमा संरचना निर्माण हो । अर्थात् ग्रामीण पर्यटनको विकास ।
दिनभर पहाड, चुचुरा घुम्ने पर्यटकलाई साँझ त्यही ठाउँमै बस्ने वातावरण मिलाउन सक्यो भने, उनीहरुको बसाई मात्र लम्बिँदैन, कि ग्रामीण क्षेत्रका स्थानीयको आयआर्जनमा पनि बृद्धि हुन्छ । अहिले एकपटक घुम्न गएको पर्यटक पुनः सोही ठाउँमा फर्किने अवस्था छैन । अब सरकारले बारबार फर्केर घुम्ने वातावरण बनाउनुपर्छ । हामी व्यवसायीहरुका तर्फबाट सक्दो प्रयास भइरहेको छ । तर, ठूला योजना निर्माणका लागि सरकारकै पहल आवश्यक छ ।


तालिम र क्षमता बृद्धि
हामीले स्थिति सामान्य भए पनि केही समय त आकर्षक आम्दानी हुने अपेक्षा गरेका छैनौं । त्यसैले भोली पर्यटक नेपाल आउन तयार हुनासाथ उनीहरुलाई कसरी स्वागत गर्न सकिन्छ भन्नेतिर केन्द्रित भएका छौं ।
पर्यटकका लागि उत्कृष्ट गाइड उत्पादनतर्फ हामी लाग्ने तयारी गरेका छौं । मजदुरको क्षमता बृद्धिका लागि विशेष तालिमको प्याकेज ल्याउँदैछौं । सबै जानकारी भइको गाइडले मात्रै पर्यटकको बसाई लम्ब्याउन सक्छ । त्यसैले दक्ष जनशक्ति उत्पादनमा हामी योजना बनाउँदैछौं । यो वर्षको अन्त्यसम्म यो काम सुरु हुन्छ । तर, सरकारले पनि यसको व्यवस्थापनमा केही सहयोग गरोस भन्ने हाम्रो अपेक्षा हो ।


सबै प्रदेशमा नयाँ रुट
अहिले केही निश्चित क्षेत्रबाहेक अन्यत्रमा पर्यटको बाक्लो उपस्थिति छैन । त्यसैले मजदुरलाई भाषागत रुपमा दक्ष बनाउनुका साथै नयाँ रुट खुलाउने विषयमा पनि हामी छलफलमै छौं । अझै पनि कतिपय क्षेत्र ओझेलमा छन् ।
त्यस्ता क्षेत्रको रुट निर्माणका लागि विस्तृत योजना बनाउने तयारीमा छौं । एउटा खाका तयार पारेर सरकारलाई पनि बुझाउँछौं । हामीले गर्नसक्ने कामहरु आफैं गर्छौं । तर, केही कामका लागि हाम्रो पहलले मात्र हुँदैन । सरकारले नीति र लगानी आवश्यक पर्छ ।
लकडाउनपछि सातवटै प्रदेशमा नयाँ रुट निर्माणमा जोड दिनुपर्ने आवश्यक छ । अहिलेको विकास निर्माणका कामले पनि ट्रेकिङको भविष्य संकटमा पार्न थालेका छन् । बिना योजना भकाभक डोजर लगाएर पहाड भत्काउने काम भइरहेको छ । यसले गर्दा ग्रामीण पर्यटन संकटमा छ । अब सरकारले पनि यस्ता काममा कडाई गर्नुपर्छ । सुन्दरता रहे मात्र पर्यटक आउँछन् । भत्केका कुरुप पहाड हेर्न को आउँछन् र ?


सुरक्षित भएको सन्देश दिनुपर्यो
अहिलेको बिग्रेको अर्थतन्त्र सुधार गर्न सरकारलाई सबैभन्दा छोटो र सहज उपाय भनेकै पर्यटन क्षेत्र हो । लकडाउनपछि बाह्य पर्यटकको आगमन बढाउन र आम्दानी बृद्धि गर्न हामीले सबै तरिकारले सुरक्षित छौं भन्ने सन्देश दिनुपर्यो । अन्तर्राष्ट्रिय उडानहरु सहज र सुलभ बनाउनुपर्यो ।
कुनै पनि पर्यटक आएपछि संक्रमणको जोखिम छैन भन्ने भान गराउनुपर्छ । त्यसका लागि सरकारले रणनीतिक योजना बनाउनुपर्छ । अहिलेको नेतृत्वले यसतर्फ ध्यान दिएको देखिँदैन । तर, साँच्चिकै पर्यटनबाटै समृद्धिको आशा गर्ने हो भने, नेपाल हरेक हिसाबले सुरक्षित भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलाउनुपर्छ ।


हामी वरदानका रुपमा प्राकृतिक संरचनाहरु पाएका छौं । बनाउनुपर्ने पनि छैन । देखाएर मात्रै मनग्य आम्दानी गर्नसकिने क्षेत्रको प्रवद्र्धनमा पहल गर्न कोही अगाडि आउँदैनन् । यद्दपी सरकारले यो कुरा बुझेर पर्यटन क्षेत्रलाई फोकस गर्नसक्यो भने, अहिलेको आठ लाख मात्रै होइन, वैदेशिक रोजगारीमा खाडी जाने युवालाई पनि यहीँ रोक्न सकिन्छ ।


पर्यटक बृद्धि भएसँगै हाम्रा आन्तरिक उत्पादनमा पनि जोड दिनुपर्छ । विदेशीहरु यहाँ आउँदा उनीहरुले हाम्रै उत्पादन उपभोग गर्नसकुन् । यदि त्यसो हुनसक्यो भने, केही व्यवसायी र गाइड मात्र होइन, यो कुरा किसानसँग पनि जोडिन्छ । आन्तरिक उत्पादन बृद्धि भयो भने व्यापार घाटा पनि कम हुँदै जान्छ । सरकारले अब यसबारे सोँच्नुपर्छ ।


Facebook Comment


No ads found for this position