लकडाउन तोडे एक हजारसम्म जरिवाना

१७ वैशाख, काठमाडौं । दिन प्रतिदिन लकडाउनको उल्लघन बढे पछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालिएको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले हालसम्म करिब १५ सय मानिस कारबाहीमा परिसकेको बताए । ‘एक लाखभन्दा बढी रकम जरिवाना उठिसकेको छ, रसिद काटेर नगर स्तरीय कोरोना कोषमा रकम जम्मा गरेका छौं’, महर्जनले भने ।

नगरपालिकाले दैनिक उपभोग्य समानहरु खरिदका लागि विहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । तर समय तोकेपनी राम्ररी पालन नहुन थालेपछी यस्तो नियम लगाएको जनाएको छ । जब नगरपालीकाले जरीवान तोक्यो तब देखि सडकमा निस्किने क्रम अत्यन्त न्यून भएको नगरपालीकाले जनाएको छ । ‘जरिवानाको नियम लागू गरेको सुरुवाती दिनमा ४८ जनासम्म एकैदिन कारबाहीमा परेको रेकर्ड छ’, प्रहरी अधिकारीहरु भन्छन्, ‘अहिले यो संख्यो घट्दो छ ।’

जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी नै खटाएको छ । उनीहरुमध्ये दुई जना प्रहरीको मोबाइल टोलीसँगै हुन्छन् भने ६ जनालाई विभिन्न चोकमा राखिन्छ ।


Facebook Comment


No ads found for this position