एकैदिन थप तीन जना संक्रमित

वीरगन्ज– बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगञ्जका छन्। संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज(२ छपकैयाका ४६ वर्षका पुरुष यसअघि वीरगञ्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

उनीको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो। यस्तै बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरुको खोजीको क्रममा परीक्षणको दायरामा आएका थिए।

बुधबार पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

गत आइतबार पनि वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।


Facebook Comment


No ads found for this position