बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं–बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए ।

गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि ५४ वर्षीय इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै चिकित्सकको निगरानीमा स्वास्थ्य जाँच गराइरहेका थिए ।

गत शनिबार मात्र उनकी आमा सइदा बेगमको निधन भएको थियो । उनले ‘सलाम बम्बे’, ‘मक्बुल’, ‘पानसिंङ तोमार’, ‘द लञ्च बक्स’, ‘पिकु’, ‘तलबार’ लगायत चर्चित चलचित्रमा अभिनय गरेका छन् ।
दुई वर्षअघि देखि बिरामी भएका सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’

बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए । उनले ट्वीट मार्फत सबैलाई बाच्ने प्रेरणा दिईरहन्थे । उनी अभिनयका साथसाथै प्रेरणाको स्रोत भएको भारतीय मिडियाले बताएको छ । केहि समय अगाडी रिलिज भएको अंग्रेजी मिडियममा छोरीको भुमिका निभाएकी राधिका मदानले उनले आफ्नो बिराम कहिले नदेखाएको र आफूलाई सधै प्रेरणा दिईरहेको बताएकी छिन् । उनका केही ट्वीटबाट पनि त्यो कुरा पृष्टि गर्न सकिन्छ ।


Facebook Comment


No ads found for this position