जयपुरबाट झुट बोलेर दिल्ली आएका थिए इरफान

काठमाडौं–बलिउड अभिनेता इरफानले आफ्नो अभिनय र व्यवहारका कारण बलिउडमा एक खास स्थान बनाए । तर, उनको त्यो मुकाम हासिल गर्नुको पछाडि एक संघर्षपूर्ण कहानी पनि छ ।
इरफान जयपुरको एक सामान्य परिवारका सदस्य हुन् । र उनले आफ्नो कडा संघर्षका कारण अहिलेको मुकाम हासिल गरेका थिए ।

यद्दपी सँधै एक कुरा भनिन्छ कि एक पुरुषको सफलताका लागि एक महिलाको हात हुन्छ । र यो कुरा इरफान खानको जीन्दगीसँग पनि पूरै मेल खान्छ । उनको सुरुवाती चरणमा एक महिलाले उनको साथ दिएकी थिइन् र अन्तिम समयसम्म पनि उनको साथ जारी रह्यो ।

इरफान खान जयपुरको आमेर आडे इलाकको एक सामान्य परिवारमा जन्मिएका थिए । इरफान घरको सबैभन्दा जेठो छोरा थिए । यसकारण पनि उनीमाथि जिम्मेवारी पनि धेरै थियो । तर सानैदेखि उनको अभिनेता बन्ने चाहना थियो । त्यसैले घरमा झुट बोलेर उनी दिल्ली पुगेका थिए ।

दिल्ली पुगेपछि उनले थियटर्स कोर्ष गर्न चाहेका थिए । विडम्वना दिल्ली आए पनि इरफानको प्रवेश एनएसडी (नेसनल ड्रामा स्कूल) मा हुन सकेन । त्यसैबेला उनको बुवाको निधनसमेत भयो ।
यस मुस्किल समयमा इरफानको सहयोग एक महिलाले गरिन् । पछि इरफानले साथीसँग मिलेर एक टेलफिल्म बनाए । यो देखेपछि फिल्म निर्माता गोविन्द निहलानीले उनलाई काम दिए ।

दिल्ली वाली ती महिलाले इरफानको साथ छोडिनन् । यी महिला अरु कोइ नभएर सुतपा सिकंदर हुन् । जोसँग पछि इरफानले विवाह गरे । त्यसपछि पनि इरफानको अन्तिम समयसम्म साथ दिइन् । सुतपाले दिल्लीमा सहयोग गर्ने यात्रा सुरु गरेकी थिइन् र अन्त्यसम्म पनि साथमै रहिन् ।

त्यसपछि इरफानले टिभी, बलिउड र हलिउड फिल्ममा धेरै काम गरे । र विश्वका कुना कुनामा आफ्नो अभिनयले दर्शकलाई आकर्षित गर्न सफल भए । तर, यहाँसम्म पुग्ने सपना पूरा गर्न पत्नी सुतपा सिकंदरले पूरै साथ दिइन् । इरफानको लामो समयदेखि उपचार भइरहेको थियो ।

तर, मंगलबार उनको अचानक स्वास्थ्यमा खराबी देखियो । उनलाई त्यतिबेलै मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना गरियो । जहाँ बुभबार उनले अन्तिम स्वास फेरे । एजेन्सीको सहयोगमा


Facebook Comment


No ads found for this position