गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्ष माथि हातपात

हुम्ला, १७ बैशाख । हुम्लाको सर्केगार्ड गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाँउपालिका ५ का वडाध्यक्ष कर्णजंग शाही माथि हातपात गरेका छन् ।

गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाही माथि हातपात गरेका हुन् ।

रुद्रबहादुर शाही

वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वैशाख ६ गते आफनो व्यक्तिगत फेसबुकबाट सर्केगार्ड गाउँपालिकामा केही कर्मचारीहरु हिटलरको स्वरुपमा राजनीति गरिरहेको र त्यसैले हाम्रो वडामा सबै कामहरु हुँदाहुँदै पनि बजेट फ्रिजमा हाल्ने प्रयास गदैछन् भन्दै स्ट्याटस् लेखेका थिए ।

स्ट्याटस्बाट क्रुद्ध बनेका प्रमुख प्रशासकीय अधिकृत शाहीले कार्यपालिकाको बैठकमा आफ्नो माग पत्र पेश गर्ने बेला वडाध्यक्ष माथि हात हालेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।

वडाध्यक्ष कर्णजंग शाही

कार्यपालिकाको बैठकमा वडाध्यक्ष शाहीसहित पाँच वटा वडाका अध्यक्षले देश कोरोना भाइरसले आक्रान्त भएको बेला मेरो तेरो केही नभनि उद्धार राहत कोष, विपद् व्यवस्थापन कोष, विपन्न लक्षित कोष, भैपरी आउने खर्च, पदाधिकारी बैठक भत्ता, भम्रण खर्च, कहाँ, कति, केका लागि खर्च भयो भन्ने लगायतका अन्य जानकारी दिनुपर्ने भन्दै संयुक्त माग पत्र पेश गरेका थिए ।

वडा नम्बर ५ वडाध्यक्ष कर्णजंग शाहीको नेतृत्वमा ,वडा नं. ८ अध्यक्ष टयारे रोकाया, वडा नम्बर २ अध्यक्ष बिसे महतारा, ७ वडाध्यक्ष कृष्ण प्रसाद जोशी ४ अध्यक्ष बलि थापा र सदस्यहरु रामसरा खड्का, बाँचे बिक, जसपुरी कामी, तिर्था बिकले मागपत्र पेश गरेका थिए ।

माग पत्र पेश गर्ने क्रममा भनाभन भएपछि प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले आफुमाथि हातपात गरेको वडाध्यक्ष कर्णजंग शाहीले न्यूज २४ लाई बताए । यसबारेमा प्रमुख प्रशासकीय अधिकृत शाहीसंग सम्पर्क गर्दा उहाँसंग भने सम्पर्क हुन सकेन ।

विगतका दिनमा कस्को के कस्तो कमीकमजोरी रहयो त्यो थाहा नभए पनि कार्यपालिका वैठकमा नै वडाअध्यक्ष माथि हात हाल्नु प्रमुख प्रशासकीय अधिकृत शाहीको कमजोरी भएको अध्यक्ष रोकायाले बताउनुभयो ।जनकबहादुर शाही,


Facebook Comment


No ads found for this position