स्थानीय तहलाई सहयोग गर्दै काभ्रे कांग्रेस

बनेपा-नेपाली कांग्रेस काभ्रेले जिल्लाका सबै स्थानीय निकायलार्ई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । कांग्रेस केन्दीय सदस्य शिवप्रसाद हुमागाईंको अगुवाइमा स्थानीय सरकार प्रमुखहरुलाइ पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिई) र मास्क वितरण गरिएको छ ।

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका स्थानीय तहमार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई र मास्क वितरण गरिरहेको काभ्रे कांग्रेसले जनाएको छ ।

पार्टीको ट्रेड युनियन विभागका केन्द्रीय संयोजकसमेत रहेका हुमागाईको नेतृत्वमा रहेको टोलीले पीपीइ मास्कलगायत स्वास्थ्य सामग्री विभिन्न गाउँ तथा नगर प्रमुखहरुलाइ उपलब्ध गराइएको हो ।

केन्द्रीय सदस्य हुमागाईंको समूहमा संविधानसभा सदस्य तिर्थ लामा, प्रदेशसभा उमेद्वार सुन्दरमणि आचार्य, काभ्रे कांग्रेसका सचिव दिनेश लामा, क्षेत्रीय सभापति रमेश हुमागाईं, सचिव गुणराज मोक्तान लगायत छन् ।

समूहले मंगलबार पाँचखाल नगरप्रमुख महेश खरेल मण्डन, देउपुर नगरप्रमुख टोकबहादुर वाईबा, भुम्लु गाउँपालिका प्रमुख गुमानध्वज कुँवर र चौरी गाउँपालिका प्रमुख दिनानाथ गौतमलाइ सामग्री हस्तान्तरण गरेको हो ।

आज धुलिखेल नगरपालिका उप–प्रमुख बिमला शर्मा र पनौती नगरपालिका प्रमुख भिम न्यौपानेलार्इसमेत स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रीय सदस्य हुमागाईंले बताए ।

उनकाअनुसार जिल्लास्थित १३ वटै स्थानीय तहका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणको तयारी रहेको छ । जिल्लाका विकट मानिएका खानीखोला तथा महाभारतसम्म पुग्ने उनीहरुको योजना छ ।

विपत् र महामारीका बेला राजनीतिक आस्था र सिद्दान्तलाइ बिर्सेर एकले अर्कालार्इ मद्दत गर्न र सामाजिक सद्भाव कायम होस् भनेर आफूहरु सानो मायाको चिनो लिएर स्थानीय प्रमुखलाइ भेट्न पुगेको हुमागाईंले बताए ।

संसार भरी अभाव भैरहेको बेला यति सामग्री पर्याप्त नभए पनि स्थानीय तहसँग अन्तरक्रिया गरी स्थलगत अध्यन यसलाई थप सहयोग गर्न सहज हुने भन्दै तत्काल नमोबुद्द नगरपालिकासहित तेमाल र रोशी गाउँपालिका जाँदै गरेको संविधानसभा सदस्य तिर्थ लामाले बताए ।


Facebook Comment


No ads found for this position