खस्केको पर्यटन व्यवसाय उकास्न राज्यले आन्तरिक पर्यटनमा जोड दिनु पर्दछ

काठमाडौं–कोरोना महामारीको फैलावट नियन्त्रणमा आउनुको साटो झ्न दिन दुई गुणा, रात चौगुणाका हिसावले फैलिँदैछ । आजको प्रविधियुक्त युगमा विभिन्न प्रकारका अनुसन्धानहरु तीव्र गतिमा हुने गरे पनि कोरोनासामु सम्पूर्ण विश्व समुदालयले घुँडा टेकेको अवस्था छ । सबैभन्दा यसबाट महाशक्ति राष्ट्र र सम्पन्नशाली देशहरु पनि नतमस्तक भएको अवस्था छ ।
सना देशमा धेरैको ज्यान नगए पनि नेपालजस्तो देशको जनताको दैनिकी अस्तव्यस्त बनाएको छ । मानो रोपेर मुरी उब्जाउने सिजन हो नेपालीहरुका लागि । केही किसानले जबरजस्ती भए पनि बालीनाली लगाउने प्रयास गरिरहेका छन् । तर, अधिकांश घरभित्रै थन्किएर बस्नुपरेको अवस्था छ । नेपालको सबैभन्दा प्रभावित क्षेत्र भनेको पर्यटन क्षेत्र हो । यस वर्ष नै सरकारले् २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरेको थियो । तर, त्यो पूरा हुन नपाउँदै लकडाउनका कारण बीचैमा तुहिएको छ ।
केही आएका पर्यटक पनि फर्किसकेका छन् । केही भने, लकडाउन खुल्ने प्रतिक्षामा छन् । यो महामारीको कहर पर्यटन व्यवसायमाथि धेरै खनिएको छ । खर्बौं लगानी डुब्ने संकटमा परेको छ । केहीगरी तीन चार महिनामै कोरोना नियन्त्रणमा आए पनि यसको कहरबाट मुक्ति पाउन अझै केही वर्ष लाग्ने देखिन्छ । त्यतिमात्र नभइ बिग्रेको अर्थतन्त्र सुधारका लागि पनि कम्तिमा पाँच वर्षजति लाग्ने जानकारहरु बताउँछन् ।
लाखौंको रोजीरोटी र सहज आम्दानीसँग जोडिएको पर्यटन क्षेत्रलाई पनि सामान्य अवस्थामा आउन दुई÷तीन वर्ष लाग्ने पर्यटन क्षेत्रका जानकार बताउँदै आएका छन् । यस्तो अवस्थामा अब नेपालको पर्यटन व्यवसायको भविष्य के त ? खर्बौं लगानी भएको यस क्षेत्रलाई माथि उकास्न कसरी सकिन्छ र पर्यटन व्यवसायको रक्षाका लागि नेतृत्व गरिरहेकाहरुसँग सुधारका योजना के के छन् । सरकारसँग के कस्तो पहल भइरहेको छ भन्ने विषयमा हामीले छलफल गर्ने गरेका छौं । आजको शृंखलामा अब पर्यटनको भविष्यको दिशा के हो त भन्ने विषयमा नेपाली कांग्रेस सम्बद्ध नेपाल पर्यटन ब्यबसायी संघ (निट) का अध्यक्ष दीपक महत सँग कुराकानी गरेका छौं ।


आगामी योजनाबारे छलफलमा छौं

अहिले बाहिर निस्कने अवस्था छैन । हाम्रो सबै कोरोबार ठप्प भएको छ । हामी चिन्तित बनेका छौं । कोरोनाको यो कहर समयमै नियन्त्रणमा आए भने हाम्रो व्यवसायको भविष्य के हुने त ? त्यसले आजको प्रविधिलाई प्रयोग गरेर घरभित्रैबाट हाम्रा योजनाहरु के के हुने भन्ने विषयमा छलफल गर्ने गरेका छौं ।
यतिकै चुप लागेर त केही हुँदैन । लाखौं मजदुरहरु भोकै छन् । उनीहरुको अवस्था के हुने ? खर्बौं लगानी भएको छ । यो लगानी कसरी सुरक्षित राख्ने भन्ने बारे कसरी अघि बढ्न सकिन्ने भन्दै पर्यटन क्षेत्रका सबैसँग छलफल गरिरहेका छौं ।
अहिले पर्यटन मात्रै नभइ, सबै क्षेत्रमा समस्या परेको छ । लाखौं मजदुर सडकमा आइपुगेका छन् । मानिसले केही कमाउने सपना बोकेर लगानी गरेका थिए । अब त्यो लगानी के हुने भन्ने अन्योल छ । सरकारले यस्ता विषयमा खासै पहल गर्न सकेको छैन । जहिले पनि राजनीतिक खिचातानीमै नेतृत्वमा बसेकाहरु लड्न थाले । यो सयम पर्यटनको मात्रै नभइ समग्र आर्थिक क्षेत्रको संकट हो ।
हाम्रो सरकारले यतिबेलै सरकार भएको अनुभूति दिलाउनुपथ्र्यो । तर, त्यो हुन सकेको छैन । त्यसले कसरी हुन्छ सरकारलाई दबाब दिएर ठोस योजना ल्याउन माग गरिरहेका छौं । हामी व्यवसायी मात्रै होइन, यससँग जोडिएका लाखौं मजदुरहरु बाँच्ने कि नबाँच्ने भन्ने प्रश्न आजको गम्भीर बनेको छ । यो अवस्थामा सरकारलाई घच्घच्याएर राज्यको ढुकुरी खर्च नभइ व्यवसाय माथि उकास्न कसरी सकिन्छ भन्ने बारे छलफलमा छौं ।

सरकारले बजेबाट सम्बोधन गर्नुपर्छ

आर्थिक वर्ष सकिनै लाग्दा सरकारले बजेट ल्याउने तयारी गरेको छ । सबै आर्थिक गतिविधि ठप्प भए पनि सरकार सञ्चालनका लागि बजेट ल्याउनुपर्यो । अहिलेसम्म त देखिनेगरी एउटा कामबाहेक अरु केही हुन सकेको छैन । त्यो समग्रका लागि ब्याजदरका दुई प्रतिशत छुट दिने राष्ट्र बैंकको निर्णय । अब सरकारले आगामी बजेटबाट सम्बोधन गर्नुपर्छ । हाम्रो विकास निर्माणदेखि अधिकांश काम हुने सिजन यही नै हो ।
अहिलेको लकडाउनका कारण धेरै बजेट खर्च हुन सकेको छैन । यदि सरकारले चाह्यो भने फ्रिज हुने बजेटलाई पर्यटनजस्ता धेरै लगानी भएर संकटग्रस्त अवस्थामा पुगेका क्षेत्रको सुरक्षाका लागि खर्च गर्नसक्छ । तर, हामीले सरकारसँग रकम नै दे भनेका पनि छैनौं । तर, नीतिमार्फत सहयोग गर्नुपर्यो । अहिले राष्ट्र बैंकको निर्णयले राज्यको ढुकुटी त खर्च भएको छैन । हो यस्तै राज्यको ढुकुटी खर्च नहुनेगरी बिना धितो, ऋण प्रदान गर्ने, करमा छुट दिने, केही समय ऋण तिर्ने भाका होल्ड गर्नुपर्ने जस्ता काम छन् । हामीले सरकारसँग तिनै कुरा माग गरेका हौं
लकडाउनपछि पनि सामान्य अवस्थामा आउन त समय लाग्छ । त्यतिन्जेलसम्मका लागि यी मैले भनेका कुरामा राज्यले सहयोग गर्यो भने, राज्यको ढुकटी पनि खर्च हुँदैन । र हाम्रो लगानीको सुरक्षा पनि हुन्छ । पहिलेको जस्तो अवस्था छैन, अहिले लगानीकर्ताहरु थुप्र्रै बढेका छन् । भ्रमण वर्षलाई लक्षित गरी कम्पनीहरुले करिब चार खर्बजति लगानी गरेको अनुमान छ । अब त्यो लगानी के हुने छ । राज्यले तिर्दे भनेका पनि त छैनौं । तर, नीतिगत रुपमा हुने सहयोगले पनि ठूलो भूमिका खेल्छ । अब आउने बजेटमा सम्बोधन गर्नका लागि सरकारलाई निरन्तर दबाब दिने काम गरिहेका छौं ।

आन्तरिक पर्यटनमा जोड

पर्यटन भनेको आवागमन हो । कोरोना केही समयपछि नियन्त्रणमा आउला । त्यसपछि पनि पूरै कोरोनामुक्त भयौं भन्ने अवस्था हुँदैन । भ्याक्सिन उपलब्ध भए पनि प्रयोग गर्न सक्दैनौं । कोरोनाको डर चाहीँ यसपछि पनि रहनसक्छ । लकडाउन खुल्यो भने पनि करैले रोजीरोटीको सवालमाबाहेक मन रमाएर घुम्ने वातावरण हुँदैन । पर्यटन भनेकै मनोरञ्जन हो । सुरक्षित हुन नसकिने स्थितिमा आनन्दको क्षण आउन तत्काल सम्भव छैन । यस कारणले गर्दा मान्छे यात्रा गर्न डराउँछन् । २० लाख पर्यटकको अपेक्षा गरेका थियौं । अब तीन लाख भए पनि धेरै मान्नुपर्ने हुन्छ ।
हामी मोममेन्टको स्थितिमा घरेलु पर्यटकको उस्थितिलाई जोड दिनुपर्छ । यदि यसो भो भने, विभिन्न होटल रिसोर्टलाई सहयोग पुग्छ । आन्तरिक चहलपहल बढ्यो भने बाह्य रुपमा सन्देश जान सक्यो । भने बाहय पर्यटकको आवागमन बढ्छ ।

यदि आन्तरिक पर्यटनमा चहलपहल बढ्यो भने, अहिले बन्द भएका पर्यटकीय क्षेत्रमा केही उपस्थिति बढ्नेछ ।

जसकारण आर्थिक कारोबार पनि चलायमान हुन्छ ।


स्थिति सामान्य हुनेबित्तिकै पर्यटक झोला बोकेर नेपाल घुम्न आउने स्थिति त छैन । त्यसैले सरकारलाई हामीले अहिलेदेखि नै पछिका लागि योजना बनाउने अनुरोध गरेका छौं । हामी आफ्नो तयारीमा पनि छौं । तर, त्यसबेला हाम्रो स्थिति पहिलेको जस्तो हुँदैन । लाखौंले रोजगारी गुमाएका छन् । उनीहरुलाई तत्काल काममा लगाएर मनग्य दिनसक्ने स्थिति पनि त हुँदैन । त्यसैले लकडाउनपछि नेपालको पर्यटन क्षेत्र माथि उकास्ने सबैभन्दा ठूलो अस्त्र नै आन्तरिक पर्यटन हो ।
पहिले हामी आफैं सुरक्षित भएको सन्देश दिन सके पो बाहिरबाट घुम्न आउँछन् । वातावरण सुरक्षित भए पनि बाह्य पर्यटकको आवागमन सहज हुने देखिँदैन । त्यसैले मुख्य कुरा भनेकै आन्तरिक चहल पहल बढाउनुको विकल्प हुँदैन ।
कोरोनाको जोखिम अहिले कम हुने स्थितिमा देखिँदैन । भ्याक्सिन नबनेसम्म यसले जकडीरहनेछ । त्यसैले हामीले कम्तिमा पनि दुई वर्षपछि के गर्नसकिन्छ भन्ने विषयमा सोँच्नुपर्छ । सरकारले पनि आन्तरिक पर्यटकलाई नै जोड दिनुपर्छ । आन्तरिक पर्यटकका लागि विभिन्न योजनाहरु ल्याउनुपर्छ । हामीले पनि यसबारे सोँच्न आग्रह गरिरहेका छौं ।


यदि आन्तरिक पर्यटनमा चहलपहल बढ्यो भने, अहिले बन्द भएका पर्यटकीय क्षेत्रमा केही उपस्थिति बढ्नेछ । जसकारण आर्थिक कारोबार पनि चलायमान हुन्छ । न्यूनतम खर्चमा घुम्ने वातावरण बनाउनसक्यो भने हामीलाई सामान्य अवस्थामा आउन केही समय लाग्छ । भूकम्प जस्तो संकट होइन, त्यसबेला हामीलाई मात्र आपत् परेको थियो । त्यसैले सबैको सहयोग प्राप्त भयो । तर, अहिले सम्पूर्ण विश्व नै आक्रान्त छ । करोडौं बेरोजगार भएका छन् । उनीहरुको स्थिति सामान्य नहुँदासम्म हामीले बाह्य पर्यटकको अपेक्षा गर्नुहुँदैन । त्यसैले पहिले आफू सुरक्षित भएमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ ।

चिनियाँ र भारतीय पर्यटकलाई आकर्षण

हाम्रो दोस्रो योजना भनेको हाम्रा दुई छिमेकी देशतिर हुनेछ । चीन र भारत । हामीकहाँ आउने पर्यटकमध्ये अधिक संख्या यी दुई देशकै छ । त्यसैले हाम्रो आन्तरिक चहलपहल बढाइसकेपछि छिमेकी देशका पर्यटक भित्र्याउनतर्फ लाग्नुपर्छ ।
स्थिति पहिलेको जस्तो रहँदैन । अलि आकर्षक योजना बनाएर चिनियाँ र भारतीयलाई लोभ्याउनुर्प । लामो समयको लकडाउनपछि उनीहरु बाहिर निस्कन चाहन्छन् । त्यो इच्छालाई हामीले क्याच गर्न सक्छौं । यदि हामीले बढीभन्दा बढी भारतीय र चिनियाँ पर्यटक भित्र्याउन सक्यौं भने, अब नेपालको पर्यटन व्यवसाय पनि सुरक्षित छ है भन्ने सन्देश विश्वसामु जान सहज हुन्छ ।
अहिले पर्यटन उद्योगले आफ्नो अस्तित्व नै जोगाउन सक्ने कि नसक्ने भन्ने स्थिति आएको छ । यो अस्तित्व जोगाउन आन्तरिक पर्यटकपछि छिमेकी देशका पर्यटकको आकर्षण नै उत्तम विकल्प हो । त्यो त्यति सहज पनि छैन । उनीहरु पनि आपत्को सामाना गरिरहेका छन् ।
उनीहरुले पनि कसरी पर्यटन व्यवसाय माथि उकास्ने भन्ने योजना बनाउँछन् । त्यो चुनौतीलाई चिर्दै नयाँ योजना हामीले ल्याउनुपर्छ । त्यसका लागि हामी नेतृत्वमा बसेकाहरु सरकारलाई सहयोग गर्न तयार छौं । निजी क्षेत्रले पनि सहयोग गर्छ । चिनियाँ र भारतीय पर्यटक नै तत्कालीन अवस्थामा हाम्रा लागि उपयोगी बन्नेछन् । त्यसैले हाम्रो प्रचार छिमेकी देशमा केन्द्रित गर्नुपर्छ ।

एग्रेसिप मार्केटिङ गर्नुपर्छ

लकडाउनपछि हाम्रो तेस्रो र मुख्य विकल्प भनेको अन्तर्राराष्ट्रिय मार्केटिङ नै हो । छिमेकी पर्यटक प्रवेश गर्न थाले भने, बाहय पर्यटकको आवागमन पनि बढ्छ । सामान्य हुँदा एग्रेसीप मार्केटिङको टुल बोकेर हामी अमेरिका, युरोप पस्नुपर्छ । त्यस स्थितिमा सरकारी क्षेत्रबाट सहयोग हुनुपर्छ । कतिपय छुटहरु दिन आवश्यक छ ।
अरु मुलुकले पनि हाम्रो जस्तै योजनामा अगाडि जानसक्छन् । उनीहरुले पनि पर्यटक भित्र्याउन खोजिराखेका छन् । हाम्रीले आकर्षक प्रतिस्पर्धा गर्न जरुरी । त्यहाँका मानिसलाई नेपाल पूर्ण रुपमा सुरक्षित छ है भन्ने विश्वा दिलाउनुपर्छ । अब पहिलेको जसरी पर्यटक धमाधम आउन सहज छैन ।
त्यसैले हामीले बोलाउन आफैं जानुपर्ने स्थिति आउँछ । अन्तर्राष्ट्रिय उडानहरु सहज बनाउनुपर्छ । यही मौकामा कतिपय हाम्रा संरचना निर्माण गर्नुपर्ने पनि आवश्यक हुन्छ । हामी आफू तयारी भयौं भने न अरुलाई देखाउन सकिन्छ ।
हामीले नेतृत्वमा रहेर कसरी पर्यटन क्षेत्रलाई माथि उकास्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छौं । सायद बजेटमार्फत केही सम्बोधन हुनसक्छ । तर, अहिलेको बिग्रेको स्थिति सुधार गर्न त आन्तरिक पर्यटनमा जोड, छिमेकीलाई कसरी भित्र्याउने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारलाई कसरी तीव्र बनाउने भन्ने नै हुन् ।


Facebook Comment


No ads found for this position