रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पा–रोल्पामा बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा बिहीबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताए ।

‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने। घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।


Facebook Comment


No ads found for this position