अरबदेखि मुस्ताङसम्म (फोटो फिचर)

काठमाडौँ — नेपाल मेडिकल कलेजमा एमबीबीएसका विद्यार्थी सन्तोष बस्याल दोस्रो वर्षको परीक्षा सकाएर यसपालि घुम्न निस्किएका थिए । उनी गत फागुनमा यूएई उडेका थिए, जहाँ उनले विदेश गएजस्तो अनुभव नै गरेनन् किनभने जता गए पनि नेपाली नै भेटेका थिए ।

श्रीखर्कबाट तिलिचो जाने बाटो
आबुधाबी, रस अल खेमा, शारजाह र दुबईमा एक साता घुमेर स्वदेश फर्केलगत्तै उनी मनाङ ट्रेकिङमा निस्किए । चारदिने ट्रेकिङमा श्रीखर्कदेखि तिलिचो बेसक्याम्पतर्फ जाँदा पहिरो गएको स्थानमा उनलाई साह्रै डर लागेको थियो । ‘बाटो तल मस्र्याङ्दी नदी बगिरहेको थियो भने बाटो माथिबाट ढुंगा खसिरहेको थियो,’ उनले भने, ‘एक गल्ती भयो कि ज्यान नै गयो जस्तो लाग्ने रहेछ ।’ त्यही बाटोमा एक साथी लडे पनि उनलाई अर्को समूहले बचाएको बस्यालले बताए ।
उनी समुद्री सतहबाट ४,९०० मिटर उचाइमा रहेको तिलिचो हिमताल नजिक पुगेका थिए । तर त्यसको दुई दिनअघि एक पर्यटकको खसेर मृत्यु भएकाले हिउँले पुरिएको तालतर्फ अघि बढ्न नपाएको उनले बताए । त्यस बेला ठूलै हिमपात भइरहेको थियो । अनि बेसक्याम्प फर्किए । र, पोखरा ।
पोखराबाटै बस्याल फेरि ट्रेकिङमा हान्निए, मुस्ताङतिर । त्यसमा ६ दिन बिताएर काठमाडौं फर्केका उनी अहिले कलेजको नियमित कक्षा लिइरहेका छन् । स्याङ्जाका उनले अघिल्लो वर्ष नै च्छो रोल्पा र लाङटाङ ट्रेक पनि भ्याइसकेका थिए । उनले दुबई, मुस्ताङ र मनाङमा खिचेका केही तस्बिर।
अरब मरुभूमि
तिलिचो बेसक्याम्प
गंगापूर्ण ताल
मनाङ
कागबेनी, मुस्ताङ