सामुदायिक वनका अध्यक्ष ५० हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं–लकडाउनका कारण सबै कामहरु ठप्प छन् । तर, यही मौकाको फाइदा उठाउँदै एक सामुदायिक वन समूहका अध्यक्ष कमाउने ध्याउन्नमा लागेको पाइएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–१० उदासिपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिर्ख बहादुर धामी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

त्यो पनि वनसम्बन्धी मुद्दामा नभइ घरयासी झगडा मिलाउने नाममा सेवाग्राहीसँग घुस मागेको आरोपमा रकमसहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीको घरयासी झगडासम्बन्धी उग्र बनाई इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले धामीलाई ५० हजार घुसबापतको रकम लिसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उक्त रकमसहित गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट आज बिहान नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


Facebook Comment


No ads found for this position