लकडाउनमा यस्तो देखिन्छन् विश्वसम्पदा स्थल, चोक र गल्लीहरू (फोटो फिचर)

अरु बेलाको जस्तो छै‌न पाटन । सधैँजसो स्थानीय तथा आन्तरिक र बाह्‍य पर्यटकले खचाखच भरिने पाटन दरबार स्क्‍वायर होस् या हनुमानढोका । कोरोनाभाइरस संक्रमणसँगै मुलुक लकडाउन भएपछि यस क्षेत्रमा चहलपहल शून्यप्रायः छ ।

केही मान्छेको आवतजावत भए तापनि प्रहरीले सोधपुछ गरिरहेको देखिन्थ्यो । प्रहरीहरू व्यक्तिगत सुरक्षा साधन (पीपीई) मा ड्युटीमा थिए । मानिसको आवतजावत नहुँदा चराचुरुंगी र कुकुरहरू भने निष्फिक्री देखिए ।

पाटन हस्पिटलको दृश्य चाहिँ शान्त थियो । सधैँ बिरामीको भिडभाड हुने अस्पतालमा ओपीडी सेवा बन्द गरिएपछि अस्पताल पनि सुनसान छ । यसरी नै लकडाउनको पालना गरियो भने नेपालमा कोरोना संक्रमण चाँडै नियन्त्रण हुने आशा गर्न सकिन्छ ।रसिक महर्जनर/नेपाल म्यागजिन

हेर्नुस् तस्बिरहरू


Facebook Comment