अन्नपूर्ण पहिरोमा हराएका सबैको शव भेटियो

पोखरा–अन्नपूर्ण आधाशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका ४ कोरियन पर्यटक र ३ नेपाली सबैको शव फेला परेको छ ।

यसअघि पटक–पटक गरी ३ कोरियन र २ नेपाली भेटिएकोमा शुक्रबार बाँकी एक कोरियन महिला पर्यटक र नेपाली गाइड छिरिङ भोटे भेटिएसँगै तीन महिनापछि सबैको शव फेला परेको हो ।

हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा शुक्रबार दिउँसो अन्तिम दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

तीन÷चार दिनदेखि नियमित रूपमा हिउँमा खोजी गर्दा १४÷१५ फिट तल शव फेला परेको उनले सुनाए ।

प्रतिकुल मौषमको कारण शव भने पोखरा ल्याउन नसकिएको उनले बताए । दुई कोरियन पर्यटकको शनिबार शव फेला परेको थियो ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिलका वडा नम्बर ११ हिमालय र देउरालीको बिचमा पर्ने हिङ्कुखोलामा गएको पहिरोमा परि ४ कोरियन पर्यटक, ३ नेपाली सहित ७ जना हराएका थिए ।

त्यही क्षेत्रको हिमपहिरोमा हराएका नेपाली पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव बुधवार फेला परेको थियो । यस अघि नेपाली गाईड सरोज परियारको शव गत चैतमा फेला परेको हो ।


Facebook Comment


No ads found for this position