जवरजस्तीकरणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ

कैलाली–कैलालीमा जवरजस्तीकरणी आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीया युवतीमाथि जवरजस्तीकरणी गरेको भन्दै उनका १७ बर्षीय श्रीमान् र जेठाजु पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार नियन्त्रणमा लिएको हो । १६ बर्षीया युवती र ति युवकले १ बर्ष अगाडि भागेर विवाह गरेका थिए।

युवती र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।


Facebook Comment


No ads found for this position