एक किलो नुनको मूल्य ६० रुपयाँ !

जाजरकोट-बारेकोटमा एक किलो नुनको मूल्य ६० रुपैयाँ पर्ने गरेको छ । सदरमुकाममा ९ रुपैयाँमा पाइने आयोडिनयुक्त आयो नुन बारेकोटमा ६० रुपैयाँमा किनबेच भइरहेको हो । जिल्लाको सबैभन्दा विकट बारेकोट गाउँपालिकामा नुन बिक्री डिपो नहुँदा स्थानीय चर्को मूल्य तिर्न बाध्य हुन् ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकिलो नौ रुपैयाँमा पाइन्छ ।

ब्यापारीले अनुदानकै ननु मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । प्रहरीका आँखा छल्दै आधाबाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा खच्चडमा लगेको नुन व्यापारीले मनोमानी रुपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मौन छ ।

दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयको गुनासो छ । बारेकोटमा व्यापारीले निजी लगानीमा खरीद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको हो ।

सदरमुकाममा ९ रुपैयाँ पोका पाइने नुन बारेकोटमा ६÷७ गुणा बढी मूल्यमा किन्नुपर्ने बारेकोट–२ ध्यारगाँउका मनवीर परियारले बताए । ६० रुपैयाँ हाल्दा पनि नुन पाउन मुस्किल हुन्छ ।


Facebook Comment


No ads found for this position