क्वारेन्टाइन लैजाँदै गर्दा एक जनाको मृत्यु

बैतडी–भारतीय सीमा नाका झुलाघाटबाट उद्दार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ वर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार बिहान बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । मृतक लुहारको शवलाई प्लास्टिक बेरेर सुरक्षात्मक तरीकाले दाह संस्कारका लागि आफन्तहरुलाई भनेको पनि कुँवरले बताए ।


Facebook Comment


No ads found for this position