Topitalia Casino No Deposit Bonus 100 Free Spins: This is a bit incomprehensible, because PayU has a rich offer that it could easily satisfy the expectations of the most demanding foreign customers.
  • Play Games Online Rummy Uk - Is Aladdins Gold is a Mobile Casino.
  • Lady Hammer Casino Login App Sign Up: PlayNJ will continue monitoring the situation.
  • Slots reel frontier

    Blackjack Online Rules
    Riddle to be trained by Louis Feustel.
    Uk Online Casino Developers
    Where we get to take part in some mysterious features that await there.
    However, this reward is subject to a 5x wagering requirement.

    Crypto Casino apps for android phone

    Largest Canada Casino
    Tribes that operate multiple casinos can operate multiple sportsbooks under the same license.
    Play Free Casino Slots Online For Fun
    Even the most well-known names in the online casino industry have teamed up with them because they are as serious as can be.
    Blackjack Video Casino Game

    कोरना र लकडाउनले खस्केको पर्यटन उकास्न ….

    काठमाडौं–काठमाडौं–कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरेको आज ४० औं दिन हो । यस अवधिसम्म नेपालमा सबै कोरोबार ठप्प भएका छन् । ठूला व्यवसायिक घरानादेखि साना मजदुरसम्मलाई यसले नराम्ररी थला पारेको छ ।
    लाखौंले रोजगारी गुमाएका छन्, भने व्यवसायीक संस्थाहरु पनि धरासायी हुने स्थितिमा पुगेका छन् । मानो रोपेर मुरी उब्जाउने सिजन हो यो नेपाली किसानका लागि । किसानले पनि ढुक्कसँग खेती लगाउन पाएका छैनन् ।
    यस्तै, किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिन थालेको छ । विपन्न बस्तीमा भोकमरी नै लागेको छ । लामो समयदेखि काममा जान नपाउँदा ज्यालादारी मजदुरको परिवारमा बिहान के खाउँ र साँझ के खाउँ भन्ने स्थिति सिर्जना भएको छ ।


    उत्पादनका माध्यम सबै ठप्प छन् । सरकारले राहतका कार्यक्रम ल्याए पनि सबैको पहुँच पुग्न सकिरहेको छैन । त्यसैमाथि केही नेता र कर्मचारी भने यही बिपत्तिमा कसरी कमाउने भन्ने ध्याउन्नमा उद्धत देखिन्छन् ।
    यो कलडाउनले नेपालको सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र भनेको पर्यटन नै हो । नेपाली पर्यटनका लागि मुख्य सिजन हो यो । हिमाल आरोहणदेखि विभिन्न पदमार्गीका लागि घुम्ने मुख्य सिजन हो । तर, चार महिनायता पर्यटकीय क्षेत्र पनि सुनसान बनेका छन् । त्यस कारण यस क्षेत्रसँग जोडिएका व्यवसायी कामविहीन बनेका छन् भने, मजदुर पनि रोजगारी गुमाउँदै हात थापेर बस्नुपरेको छ ।
    अहिले खस्केको पर्यटन माथि उकास्न त्यति सजिलो पनि छैन । यो महामारीले पूरै विश्वलाई नै आतंकित बनाएकाले सबै आर्थिक कारोबारमा प्रभाव परेको हो । केहीगरी छिट्टै कोरोना नियन्त्रण भइहाले पनि नेपालको पर्यटन व्यवसाय माथि उस्किन सक्ने अवस्था छैन ।
    अब पुरानै तरिकाले काम गर्दा पनि सामान्य अवस्थामा फर्किन एक दशक नै लाग्ने देखिन्छ । त्यसैले लकडाउनपछि नेपाली पर्यटन क्षेत्रलाई नयाँ मार्ग दिन उपयुक्त हुन्छ । पर्यटन व्यवसायलाई कसरी जोगाइराख्ने र यसलाई छिट्टै सामान्य अवस्थामा ल्याउन के गर्ने भन्ने विषयमा विभिन्न बहस चलिरहेका छन् ।
    हामीले पनि केही सातादेखि अब लकडाउनपछि नेपाली पर्यटनको भविष्य के हुने त भन्ने विषयमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल र कस्ता योजना उपयुक्त हुन्छन् भनेर विकल्प खोज्ने काम गरेका छौं ।
    अहिले धेरैले अबको बाटो ग्रामीण पर्यटन नै हुने बताउँदै आएका छन् । कम लगानी र प्रभाव छिट्टै पर्ने भएकाले केही समयका लागि ग्रामीण पर्यटनलाई फोकस गर्नुपर्ने कुराहरु आइरहेका छन् ।
    पर्यटन माथि उकास्ने बहस अन्तर्गत आज हामीले ग्रामीण पर्यटनका विषयलाई केन्द्रित गरेका छौं । आजको शृंखलामा हामीले अबको विकल्प ग्रामीण पर्यटन कसरी हुनसक्छ त भन्ने विषयमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) का अध्यक्ष ध्रुव सिंखडासँग कुराकानी गरेका छौं ।

    अबको विकल्प ग्रामीण पर्यटन

    साँझ परेपछि चरा गुँडमै फर्किन्छ भनेझै धेरै समयको अन्तरालपछि अहिले ग्रामीण पर्यटनका विषयमा बहस भइरहेको छ । यो हाम्रो लागि खुसीको कुरा पनि हो । आपत्मै भए पनि ग्रामीण क्षेत्रलाई सम्झिएको छ ।
    अहिले शहर केन्द्रित पर्यटनको सम्भावना छैन । पहिले हामी आफूले बानीमा सुधार गरेमात्रै अरुलाई रिझाउन सकिन्छ भन्ने कुरा ढिलै भए पनि सबैले बुझेको देखिन्छ । अब सरकारले रणनीति पनि ग्रामीण पर्यटन केन्द्रित हुनुपर्छ ।
    लकडाउन अन्त्य भए पनि केही समयसम्म हामीले बाह्य पर्यटकको अपेक्षा गर्ने कुरा हुँदैन । किनकी यो महामारी हामीलाई मात्र परेको छैन । सारा विश्वले नै झेलिरहेको छ । त्यसैले युरोप अमेरिकाका पर्यटक आउनलाई पहिले उनीहरुको अािर्थक स्थिति पनि बलियो हुन आवश्यक छ । त्यसैले कम्तिमा पनि दुई वर्षसम्म बाह्य पर्यटकको आवागनको सम्भावना देखिँदैन । केही अपवादमा बाहेक ।
    यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र र पर्यटनलाई चलायमान राख्नका लागि ग्रामीण पर्यटन नै उपयुक्त विकल्प हो । यसका लागि वर्षौंदेखि हामीले सरकारसँग विशेष प्याकेजसहितको रणनीति ल्याउन माग गरिरहेका छौं ।
    अहिले सरकारले पनि यसको महत्व बुझेको देखिन्छ । अन्यजस्तो ग्रामीण पर्यटनमा धेरै लगानी गर्नु पनि पर्दैन । हामीले ग्रामीण क्षेत्रमा भएका मौलिक उत्पादन, ऐतिहासिक धरोहर र मोलिक संस्कृति देखाएर व्यवसाय गर्ने हो ।

    ” लकडाउन अन्त्य भए पनि केही समयसम्म हामीले बाह्य पर्यटकको अपेक्षा गर्ने कुरा हुँदैन । किनकी यो महामारी हामीलाई मात्र परेको छैन । सारा विश्वले नै झेलिरहेको छ ।

    त्यसैले कम्तिमा पनि दुई वर्षसम्म बाह्य पर्यटकको आवागनको सम्भावना देखिँदैन ।”

    स्थानीयको आम्दानीसँग जोड्नुपर्छ

    केही क्षेत्र विशेष पर्यटनमा त्यहाँका हालीमुहाली गर्ने व्यवसायीले मात्रै यसबाट फाइदा लिन्छन् । साँच्चिकै हामीले जनताको आर्थिक समृद्धिसँग पनि पर्यटनलाई जोड्न खोजेका हौं भने, ग्रामीण पर्यटन नै अहिलेको उत्तम विकल्प हो ।
    तर, गाउँमा हुने गतिविधिले स्थानीयको आम्दानीसँग जोडिन्छ । धेरैथोर भए पनि स्थानीयको आम्दानीले बजार पाउँछ । गाउँमा चहलपहल बढ्दा विकास निर्माणका कामहरु पनि केन्द्रित हुन्छन् । यस विषयमा योजना ल्याउन सरकारलाई पहिल्यैदेखि हामीले भन्दै आएका थियौं ।
    अहिले विभिन्न सचेतना र विकासका नाउमा गाउँको सभ्यता, संस्कृति, उत्पादन नै मेटिने अवस्था आएको छ । हामीले हाम्रो इतिहास जोगाउन सकेनौं भने हाम्रो अस्तित्व के हुन्छ । त्यसैले पनि मौलिकतासहितको ग्रामीण पर्यटनको विकास हुन आवश्यक छ । अहिलेसम्म हामीले पर्यटन भनेकै ठूला ठूला संचरना, हिमाल र तालतलैया भन्नेमात्रै बुझ्यौं ।
    हाम्रा योजना पनि त्यसैमा केन्द्रित भए । तर, गाउँमा तीबाहेक मानव सम्भ्यता, संस्कृति, कसरी समाज विकसित हुँदै आयो भन्ने मियो कुराहरु छन् । तीनलाई उजागर गर्नतिर कसैको ध्यान गएको छैन । अब ग्रामीण पर्यटनको योजना ल्याउँदा यी कुरालाई पनि ध्यानमा राख्न आवश्यक छ ।

    विशेष सुविधा प्रदान गर्नुपर्छ

    हाम्रो अहिलेको माग भनेको ग्रामीण पर्यटनको नारा दिएर मात्रै हुँदैन । त्यहाँसम्म पुग्ने मार्ग निर्माण र जाने मान्छेलाई आकर्षक योजना सरकारले ल्याउनुपर्छ । नत्र त्यसै कोही जाँदैनन् । त्यहाँ जाने मान्छेलाई उपलब्धमुलक हुने खालेको योजना बन्नुपर्छ ।
    अहिले हाम्रा लागि आन्तरिक पर्यटक भनेका सरकारी कर्मचारी, व्यवसायी र विभिन्न क्षेत्रमा रुचि भएका अनुसन्धानकर्ताहरु नै हुन् । उनीहरुका लागि सहुलियपूर्ण योजना सरकारले अघि सार्नुपर्छ । केही छुट र बिदा दिने गर्नुपर्छ । जसमा उनीहरुले भरपुर सदुपयोग गरी ग्रामीण क्षेत्रलाई बुझ्ने प्रयास गरुन् ।
    घुम्ने जाने भनेकै माथिल्लो निकायका मानिसहरु नै हुन् । यदी हामीले ग्रामीण क्षेत्रमा पर्यटनलाई केन्द्रित गर्यौैं भने, त्यहाँको चहलपहल मात्रै बढ्दैन । उनीहरुले गाउँको महत्व पनि बुझ्नेछन् । साथै गाउँलेले कसरी जीवन बिताइरहेका छन् भन्ने अनभूति पनि गर्छन् । निर्णायक तहमा माथिल्लो वर्ग नै हुने भएकाले आगामी योजना निर्माणमा ग्रामीण क्षेत्रको ऐतिहासिक महत्वको रक्षा गर्दै विकास कसरी गर्ने भन्ने योजना बनाउन पनि महत्वपूर्ण भूमिका हुनेछ ।

    अव्यवस्थित विकास चुनौती

    दुई वर्षता स्थानीय तहमा सरकार गठन भएपछि विकासको लहर नै चलेको छ । तर, विकासका नाममा विनास भइरहेको उनीहरुलाई नै भान छैन । हामी पर्यटनको कुरा गर्दैगर्दा गाउँका ऐतिहासिक धरोहर मासिरहेका छन् । त्यहाँका सुन्दर चुचुरा खनेर सबै पहिरोमा परिणत भएका छन् ।
    यसमा स्थानीय सरकारसँग संघीय सरकारले समन्वय गरी आवश्यकता अनुसार मात्रै विकास निर्माणका कार्यक्रमहरु अगाडि बढाउने नीति बनाउनुपर्दछ । नत्र भोली हामीले फलानो ठाउँ थियो रे भन्ने दिन नआउला भन्न पनि सकिँदैन ।
    जनतालाई पनि विकास भनेकै बाटो निर्माण भन्ने लागेको छ । बाटो बनाउनु त पर्छ नै । तर स्थानीयको आम्दानीसँग जोडिएका कुराहरु अरु पनि छन् । तीनमा जनप्रतिनिधिको ध्यान जानसकेको छ । न कर्मचारीकै । उनीहरु कसरी हुन्छ, छिटो काम सकेर रकम सिध्याउने ध्याउन्नमै छन् ।
    हामीले स्थानीय सरकारलाई पनि आवश्यकताका आधारमा मात्रै यस्ता संरचना निर्माण गर्न आग्रह गरेका छौं । विकास गर्ने भन्दै पुरातात्विक महत्वका धरोहर हरु नासिने काम नगर्न सुझाएका छौं । नत्र भोली हामीले बाटोघाटो देखाएर त पर्यटन प्रवद्र्धन हुँदैन ।

    स्थानीय तहले पनि पर्यटन विकासका लागि भन्दै धेरै बजेट छुट्याएका छन् । त्यो बजेट सही सदुपयोग हुन सकेको छैन । एउटा मन्दिर वा एउटा कुनै धारो निर्माण होइन कि भोली त्यसले प्रत्यक्ष रुपमा स्थानीयलाई लाभ हुने ठाउँमा खर्चिनुपर्दछ ।
    संघीयस सरकारले नै मापदण्ड बनाएर पर्यटनका नाममा विनियोजित बजेट कहाँ खर्च गर्ने भन्ने मापदण्ड बनाउनुपर्दछ । बरु धेरै पालिकाहरु मिलेर एक कुनै ठाउँलाई विशेष क्षेत्र बनाउन सकिन्छ । कनिका छरेझै बजेट छर्नुभन्दा एकीकृत गर्नसक्यो भने हामीले सोँचेको ग्रामीण पर्यटनको परिकल्पना पूरा हुनसक्छ । अहिलेको स्थितिमा नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्ने एकमात्र विकल्प भनेकै ग्रामीण पर्यटन नै हो । यसका लागि सबै व्यवसायी, सरकार र यससँग सम्बन्धित सरोकारवालाले विशेष प्याकेजसहित लकडाउनपछि ग्रामीण क्षेत्रमा पस्ने योजना बनाउनुपर्छ ।


    Facebook Comment


    No ads found for this position