जहाज चाडर्ड गरे घर फर्किए हुम्ली

हुम्ला–लकडाउनका कारण घर जान नपाएका हुम्लाका नागरिक आफैंं विमान चाटर्ड गरी घर फर्किएका छन्। सुर्खेत र नेपालगन्जमा रहेका हुम्लाका नागरिक शनिबार विमान चार्टर्ड गरी घर फर्किएका हुन्।

सीता एअरको विमानले हुम्लाका नागरिकलाई गाउँ लैजान शनिबार सुर्खेतबाट तीन वटा उडान गरेको छ। सुर्खेतमा विमान चार्टर्डका लागि संयोजकत्व गरिरहेका कार्चोन लामाका अनुसार चाटर्ड विमानकालागी प्रतिव्यक्तिले १० हजार रुपैयाँ र नेपालगन्जबाट प्रतिव्यक्तिले १० हजार ५ सय रुपैयाँ तिरेर घर फर्किएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हुम्लामा विमान उडानको अनुमति दिएपछि नागरिक आफैंले विमान चार्टर्ड गरेर गाउँ फर्कन थालेका हुन् । लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा अलपत्र परेका नागरिकको उद्धारका लागि मन्त्रालयले तीन दिनका लागि उडान भर्ने अनुमति दिएको छ ।

मन्त्रालयले अनुमति दिए लगत्तै शनिबार सुर्खेतबाट ४५ जना नागरिक हुम्ला पुर्‍याइएको छ। लामाका अनुसार लकडाउनका कारण नेपालगञ्ज र सुर्खेतमा सयौं नागरिक फसेका छन् । नेपालगन्जबाट शनिबार सिता एयरले १२, ताराले १७, गोमाले १५ र सिम्रिक एयरमार्फत् १५ गरी ५९ जनालाई हुम्ला सदरमुकाम पुगेको लामाले जानकारी दिए।


Facebook Comment


No ads found for this position