लकडाउन खुकुलो पार्दै अब …..

कृष्ण बहादुर महरा

संचालक समिति सदस्य, नेपाल पर्यटन बोर्ड

सरकार भनेको नागरिकको अभिभावक हो यस्मा कसैको दुई मत छैन । सरकारले ब्यबसाय गर्ने होईन व्यवसाय गर्ने नागरिकलाइ सहयोग तथा सहज वातावरण बनाइदिने हो । सकुन्जेल आफुपनि कमाउने र आफूले कमाएको रकमबाट सरकार लाइ पनि कर तिर्नु हरेक नागरिक को कर्तव्य हो तर असहज परिस्थिति का कारण सकुन्जेल कर तिर्ने त्यही नागरिक नसक्ने भएपछि छि छि दुरदुर भनेर राज्यले नागरिकको बेवास्ता गर्न कदापि मिल्दैन ।

लडेको मानिसलाइ उठाउनु अभिवाहकको कर्तव्य हो अहिले ब्यावसायिको अवस्था भनेको लडेको जस्तै हो फेरि २० वर्स सम्म काम गरेवापत कर्मचारी लाइ पेन्सन र उपदान दिन मिल्छ भने सधै कर तिर्ने ब्यबसायि बिचमै अहिलेको जस्तो दैविप्रकोपले डुब्ने परिस्थिति आएमा सरकार ले भरण पोसणको जिम्मा लिनसके मात्र राज्यप्रति नागरिकको आशा भरोसा बढ्नसक्छ ।

सरकार को यो कदमले ब्यावसायिलाइ पनि इमानदार हुन प्रेरित गर्नसक्छ । कर र टेक्स पनि बढि उठ्थ्यो होला । यसले कर भनेको मैले आफ्नै लागि तिर्ने हो भन्ने भावनाको बिकास सबै करदातामा जाग्थ्यो होला । यो भावना जगाउन अहिले सरकारले ने पहल गर्नु पर्ने देखिन्छ । यस्ता आपत बिपत त आइरहन्छ्न आएपनि नागरिक वा व्यवसायीको रक्षा गर्नु राज्यको पहिलो र प्रमुख दायित्व हो ।

जीवनभर सकुन्जेल कर तिर्ने र करदातालाई अप्ठ्यारो परयो भने सरकारले अभिभावकत्वको भूमिका निर्वाह नगरे व्यवसायीहरु कहाँ जाने ? यो त जवानि छउन्जेल पढाएर लेखाएर पालन पोसण गर्ने बृद्ध आमाबुवालाई छोराले वृद्धाश्रम पठाएजस्तो भएन र , त्यसकारण लगानी र लगानीकर्ता बाट कर लिने राज्यले अप्ठ्यारो परेका बेला सुरक्षाको ज्ञारेन्टी पनि लिनु पर्दछ । यदि राज्यले सबै जिम्मेवारी लिनसके मात्र लगानीकर्तालाई नेपाल लगानीका लागि उपयुक्त र सुरक्षित छ भनेर सन्देश दिन सकिन्छ । यसो गरियो भने स्वदेशी मात्र होइन बिदेशि लगानी पनी भित्राउन सकिन्छ । नत्र लगानी भित्राउछु भन्ने नाममा हुने लगानी सम्मेलन खालि नारा र हात्तिका देखाउने दातमा मात्रा सिमित हुन्छ र भएका छन पनि ।

करको दायरामा चाहि बाटोमा मकै बेचेर गुजारा गर्ने देखि श्रमीक, किसान, व्यवसायी, सबै नागरिकलाई ल्याउन मिल्छ भने अप्ठ्यारो परेको बेला ति कर दाताप्रतिको दायित्व पनि सरकारले निर्वाह गर्न सक्नु पर्छ । हाम्रो नेपाली उखान नै छ लिने जान्नेले दिन पनि जान्नुपर्छ ।

अब कुरा गरौं पर्यटनका

राज्यले पर्यटन रणनीति २०१७–२०२५ ल्यायो तर यसलाई कुनै पनि सरकारका अङ्गहरुले एक पटक पल्टाएर पनि हेरेका छ्न भन्ने मा मलाइ शन्का छ । कार्यान्वयन त धेरै परको कुरा हो । यसलाई कार्यन्वयनमा ल्याउनु थिएन भने किन बनाइयो । यो रणनिति त्यत्तिकै बनेको छैन यसमा बिज्ञयहरुले दिमाग खियाएका छन , समय खर्चिएका छन । यत्री मात्र नभएरु राज्यको लाखै रुपैया खर्च भएको छ । यसरकाण उचित ध्यान दिन जरुरी रहेको छ । पर्यटन नै मुलुकको आर्थिक सम्बृद्धिको बाटो हो भनेर किन जब सम्म निति निमार्ण कर्ताले बुझ्दैनन तब सम्म देशले फड्को माछ जस्तो मलाई लाग्दैन । हाम्रो मुलुकको भौगोलिक बनावट जनसख्या र बजार हेरेर जे कुरा मा सम्भव छ त्यसमा लगानी नगरेर राज्यले आफ्नो वरीपरी घुम्ने तथा हावादारी बिद्वानका पछाडि लागेर नै मुलुकको आर्थिक अवस्था मा सुधार आउन नसकेको मेरो ठम्याई छ ।

अवसर

हरेक चुनौतीले अवसर पनि सङ्सङ्गै लिएर आएको हुन्छ । जसरी कमल फूल हिलोमै फूल्छ भने झै जस्तै कोरोना को संक्रमणले मुलुकको अर्थब्यबस्था धरासायि बनाएको जगजाहेरै छ । अव यसपछि को समय हाम्रा लागि अवसर हुन सक्छ । यदि हामिले यो सक्रमण बाट एक जना पनि मर्न दिएनौ र सच्चिकै कसैको मृत्य भएन भने यसैलाई प्रचारप्रसार गरी विश्वका पर्यटक र अनुसन्धान कर्ताका लागि नेपाल एक रिसर्च डेस्टिनेसन हुन सक्छ । हामिले त्यहि रुपमा प्रचार प्रसार गरि भएभरका ठुला ठुला अनुसन्धान कर्तालाइ पर्यटक को रुपमा ल्याउन सकिन्छ ।

” जसरी कमल फूल हिलोमै फूल्छ भने झै जस्तै कोरोना को संक्रमणले मुलुकको अर्थब्यबस्था धरासायि बनाएको जगजाहेरै छ । अव यसपछि को समय हाम्रा लागि अवसर हुन सक्छ “

यहाँका मानिस लाइ किन कोरोना भाइरसले केहि असर गर्न सकेन , कसरी नेपाली को इम्युनिटी सिस्टम बलियो छ र यिनीहरु के खान्छन, हिमालको जडीबुटी, शुद्ध हावा पानी सेवनकै कारण नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको हो त , भनेर औशतमा १२ र १३ दिन बस्ने पर्यटक अनुसन्धान गर्न भनेर आफ्नो बसाइ दुई महिनासम्म लम्ब्याउन सक्छन् । यहाँको हिमाल, पहाड, तराई जस्तो भौगोलिक बनावट प्रचण्ड गर्मि देखि माइन्स २५देखि ३०डिग्री सम्म जाडो पनि यहि हुन्छ । यति सानो देशमा नरिवलदेखि यार्सागुम्बा पाइनु पनि बाह्य पर्यटकका लागि आकर्षणको विषय बनाउन सकिन्छ ।

अहिलेको अवस्थामा अब हाम्रा पर्यटक भनेका भारतीय र चिनिया हुन । हाम्रो निति र भौतिक निर्माण पनि यिनै पर्यटक प्रति नै लक्षित हुनुपर्छ । भारतीय पर्यटक लाइ लक्षित गर्दै हिल स्टेसनहरु बनाउने र ति स्थानमा पर्यटकहरुलाई चाहिने आधारभुत आवश्यत्ता भएका होटेल तथा रिर्सोटहरु मा लगानी गर्न निजी क्षेत्रलाइ प्रोत्साहीत गर्नुपर्छ । सरकारले यस्का लागि आफ्ना नितिहरु लचिलो बनाएर मध्यपहाडी भागलाइ उनिहरुका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।

अब लकडाउन पनि खुकुलो बनाउदै लानुपर्छ

लकडाउन ले भाइरसलाइ यताउता जान त रोक्ला तर कहिले सम्म । अब अलि अलि खुकुलो तर सतर्कता साथ नयाँ रणनिति अपनाउदा बेस होला । जस्तै सार्वजनिक यातायात पूर्ण बन्द गर्ने, स्थानीय र प्रदेश सरकार ले सल्लाह गरेर लकडाउन लाइ एरियावाइज डिभाइड गर्ने ,निजी यातायात सञ्चालन गर्न दिने । बैंकहरु खुला गर्ने, साना, मझौला कृषिसँग सम्बन्धित उद्योग लगानी गर्न प्रोत्साहन गर्ने ,अर्गानिक उत्पादन लाइ प्रोत्साहन गर्ने र सोही अनुसार सरकारले खुकुलो नीति निर्माण गर्ने , यसमा ब्याज पनि न्यून हुनुपर्ने र किस्ता पनि कम गर्ने राम्रो उपाय हुनसक्छ ।

यसले थोरै भए पनि गाँउघरमा आर्थिक गतिबिधि सन्चालन हुन्छ र गाँउको उत्पादन पनि शहर सम्म पुग्नेछ । जे कुरा जहाँ सम्भव छ, त्यहाँ त्यही कुरालाई नै अगाडि बढाउने हो देशले विकासको गति लिन्छ । हामीहरु सामान्यतया असम्भव कुराको पछाडि लाग्दा समय पनि खेर जाने र रिस्क पनि बढि हुने भएकोले सहि पहिचान गर्न सकेको छैनौ । जहा जे कुराको सम्भव छ त्यही गर्यो भने स्थानीय नागारिकको जिवनस्तर उकास्न सहज हुनेछ भने उत्पादनको पनि बजारीकरण हुनेछ ।


Facebook Comment


No ads found for this position