नेपालमै पहिलो पटक हातले नछोएरै सावुन र धारा खोलिने हातधुने मेसिन निर्माण (भिडियोसहित )

काठमाडौं–सम्भवतः नेपालमै पहिलो पटक हातले नछोएरै सावुन र धारा खोलिने हातधुने मेसिन निर्माण गरिएको छ । शितलथोपा सिंचाई प्रविधि उद्योगले कोरानाबाट बच्नका लागि हातको सहयताबिना नै धारा खोल्न मिल्ने र सावुन प्रयोग गर्न सकिने गरी मेसिन निर्माण गरेको हो ।दिनप्रतिदिन नेपालमा कोरानको प्रभाव बढ्दै गएको छ । यसबाट सबैभन्दा बढी जोखिम भनेको मानिसहरु अत्यधिक भीडभाड हुने स्थानका लागि उपयोगी हुने शितल थोपा सिंचाईका कार्यकारी निर्देशक रोहित थापाले बताए ।
उनले भने, ‘अहिले कोराना महामारीलाई न्यूनीकरण गर्न यसले सहयोग गर्ने हामीले विश्वास लिएका छौं । यो मेसिन निर्माण गर्न करिब १० दिन लागेको हो । हामीले यो मेसिन निर्माण गरेलगत्तै आफ्नो उद्योग भएको स्थान ग्वार्को वरीपरीको सार्वजनिक स्थल र केही अस्पतालहरुमा प्रयोग गर्यौं ।’
प्रयोग सफल भएपछि अहिले अत्यधिक संख्यामा निर्माणको प्रक्रियामा रहेको उनले बताए । यसको मूल्य भने निर्धाण भएको छैन । ‘अहिले नै यसको ठ्याककै मूल्य कति पर्छ भनेर भन्न सकिने अवस्था छैन । तर, सबै सामग्रीहरु हाम्रै उद्योगमा रहेकाले यसको मूल्य धेरै महँगो भने हुँदैन,’ उनले भने ।
उनले तत्काल धेरै भीडाभाड हुने क्षेत्र, जोखिमपूर्ण क्षेत्र, सार्वजनिक स्थान, विद्यालयमा प्रयोग गर्नेगरी मेसिन निर्माण गरिरहेको निर्देशक थापाले जानकारी दिए । ठाउँ हेरेर तीन प्रकारका मेसिन निर्माणको चरणमा रहेको उनको भनाइ छ । कार्यलयहरु कोही पनि आउदा हातको सहयताबिना खुट्टाले थिचेर स्यानिटाइजर निस्कने मेसिनको विशेषता छ । मेसिनको प्रयोगले हातबाट एक अर्कामा कोरोना भाइरस सर्ने जोखिमबाट मुक्त भइने निर्देशक थापाको भनाइ छ ।





