नेपालगन्जमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

नेपालगञ्ज–उदयपुरपछि नेपालको नेपालगन्ज कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । आइतबार नै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भेटिएका थिए ।
साँझसम्म बाँकेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि आइतवारनै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । योसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । दुई दिनअघि नेपालगञ्ज उप महानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।