लकडाउनपछि पर्यटन माथि उकास्न

काठमाडौं–नेपालमा लकडाउन भएको करिब डेढ महिना पुगिसकेको छ । यो बीचमा सरकारले केही हजार मानिसलाई पीसीआर टेस्ट गर्ने बाहेक अन्य कुनै काम गर्न सकेको छैन । सबै नागरिक लकडाउन पालना गर्दै घरभित्रै बसेका छन् ।
एक पटकको राहतले यति लामो समयसम्म जनताको चुल्हो बल्न सकेको स्थिति हुँदैन । विश्व नै आतंकमा हुँदा आ–आफ्ना नागरिकका लागि सबै देशका सरकारले केही न केही राहतका कार्यक्रमहरु ल्याएका छन् । अर्थतन्त्र चलायमान बनाउन पनि कुनै न कुनै विशेष प्याकेज पनि ल्याएकै छन् ।
तर, हाम्रो सरकार पनि लकडाउनलाई लम्बयाउनेबाहेक अन्य कुनै काम गर्न सकिरहेको देखिँदैन । सुरक्षाका लागि लकडाउन अहिलेको स्थितिमा उपयुक्त पनि हो । तर, देश र जनताको दैनिकी वर्षौंससम्म अस्तव्यस्त हुनेबेला सुधारका केही कार्यक्रम ल्याउन नसक्नु सरकारको गम्भिर कमजोरी हो ।
अहिले विश्वकै अर्थतन्त्र थिलोथिलो बनेको छ । यस्तो अवस्थामा सबै कुनै नयाँ रणनीति ल्याउन नसके लकडाउनसँगै अर्को महामारी आउने निश्चित छ । त्यो हो भोकमरी । राज्यका लागि करोडौं कर तिर्ने व्यवसायी पनि हात जमाएर बस्नुपरेको अवस्था छ ।
नेपालको कुरा गर्दा सबैभन्दा सहज र आकर्षक आम्दानी भनेको पर्यटन व्यवसाय नै हो । पर्यटन भन्नाले राज्यले पर्यटकबाट लिने राहत मात्रै होइन, त्यस क्षेत्रसँग जोडिएका व्यवसायका कुरा पनि हुन् । लाखौं युवा यही क्षेत्रमा रोजगार बनेका थिए । अहिले तीनि सबै बेरोजगार बन्नुपरेको छ ।
कामदार बेरोजगार हुँदा तीनीसँग आश्रित परिवार पनि समस्यामा परेका छन् । पर्यटकमात्र होइन, पर्यटन क्षेत्रसँग जोडीएका विभिन्न क्षेत्रका व्यवसायीले वार्षिक अर्बौं कर तिर्ने गर्थे । अहिले बन्दाबन्दीले सबै ठप्प भएपछि उनीहरुले पनि न कर तिर्न सक्ने अवस्था नै छ । न त रोजागरी दिने नै ।
आज हामीले कोरोनाले ठप्प भएका र नियन्त्रणमा लिन सफल भएका राष्ट्रले के गरेर आफ्नो जनताको रक्षा र अर्थतन्त्र चलाउन प्रयास गरेका छन् भन्ने विषय उठान गर्दैछौं । हामीभन्दा नजिकै रहेको मकाउ सरकारले कसरी कोरोना भाइरसको नियन्त्रण गर्नसक्यो र अहिले त्यहाँ पर्यटन क्षेत्र चलयमान बनाउन कस्ता योजना अगाडि सारेको छ र हामीले त्यहााबाट सिकेर हाम्रो अवस्था सुधार कसरी गर्न सक्छौं भनेर गैह्र आवासीय नेपाली संघ मकाउ, अन्तरास्ट्रिय समन्वय परिषद सदस्य मंगल राईसँग कुराकानी गरेका छौं ।

पूरै देश नै लकडाउन गर्न आवश्यक छैन


विश्व नै लकडाउनमा छ यतिबेला । सबैलाई संक्रमणको भय पनि छ । तर, भय हुँदैमा सबै कारोबार ठप्प पार्ने कुरा नि त भएन । त्यसैले सरकारले आफ्ना नागरिकको रक्षा र व्यवसायीको व्यवसाय सुरक्षाका लागि नयाँ रणनीति अवलम्बन गर्नुपर्छ । त्यो हाम्रो सरकारले गर्न सकेको छैन ।
म एक वर्षदेखि मकाउमै छु । आज यहाँको बारेमा कुरा गर्छु । मकाउ चीनसँग जोडिएको देश हो । नेपाल भन्दा पनि धेरै जोखिम छ । तर, पनि यहाँ नेपालजस्तो पूरै काम ठप्प भएनन् । लकडाउन त भयो तर, निश्चित क्षेत्रका लागि मात्रै ।
दुई साताका लागि कार्यालय, सार्वजनिक स्थल र भीडभाड हुने क्षेत्र पूर्ण रुपमा लकडाउन गरियो । तर, जनताको दैनिकी भने निरन्तर चलिरह्यो । मानिसहरुले आफ्ना काम निरन्तर गरिरहे । जसले गर्दा सरकारले राहत बाँड्नुपर्ने स्थिति आएन ।
गत मे १९ तारिकको राति १२ बजेदेखि लकडाउन जारी गरिएको थियो । यहाँ आन्तरिक बन्द नभई बाह्य आवतजावत बन्द गरिएको थियो । सीमा क्षेत्रमा कडाई गर्दै यहाँबाट न कसैलाई बाहिर जान दियो न त कसैलाई भित्र नै आउन दियो ।


जतिबेला चीनमा कोरोना भाइरसको महामारी उत्कर्षमा थियो । त्यतिबेला नै यहाँ १० जना संक्रमित देखिएका थिए । सबैलाई क्वारेन्टाइनमा राखेर सुरक्षित उपचार गरियो । जसकारण ती १० जनाबाट अरुमा सर्न पाएन । यहाँका नागरिक पनि यस विषयमा सचेत नै छन् ।
अस्ति तीन दिनअघि लकडाउन अन्त्य गरिएको छ ।

लकडाउनका बेला सरकारले विदेशमा रहेका आफ्ना नागरिक फिर्ता ल्यायो । फिर्ता ल्याएका नागरीकहरुलाई सरकारले आफै बुकिडगरेका १५ वटा होटलमा १४ दिनसम्म त्यहीँ राखियो । फिर्ता गरे ल्याएका आफ्नो नागरीकसग उनीहर अत्तिरिक्त कुनै पनी शुल्क लगेन तर मकाउका नभएर अन्य नागरीकको हकमा भने दुई हप्ताको ५ हजार ६ सय मकाउ पताका लियो । उनीहरुबाट लिएको पैसाको लागि खर्च गरेको थियो । मकाउ आएको १४ दिनसम्म आफ्नो निगरानीमा राखेर कुनै पनी लक्षण देखिएन भने जान दियो भने यदी केही लक्षण देखिएमा अस्पताल लग्यो ।

हाम्रो देशमा अहिले सबै जनतालाई अनिवार्य लकडाउनको पालना गर्न भनिएको छ । नेपाली किसानको मानो रोपेर मुरी उब्जाउने सिजन पनि यही नै हो । यतिबेला काम गर्न पाएनन् । लामोसमयसम्म भोकमरीको सामना गर्नुपर्ने हुन्छ । यसतर्फ हाम्रो सरकार सचेत देखिँदैन ।

हाम्रो देशमा अहिले सबै जनतालाई अनिवार्य लकडाउनको पालना गर्न भनिएको छ । नेपाली किसानको मानो रोपेर मुरी उब्जाउने सिजन पनि यही नै हो । यतिबेला काम गर्न पाएनन् । लामोसमयसम्म भोकमरीको सामना गर्नुपर्ने हुन्छ । यसतर्फ हाम्रो सरकार सचेत देखिँदैन ।

हाम्रो देशमा अहिले सबै जनतालाई अनिवार्य लकडाउनको पालना गर्न भनिएको छ । नेपाली किसानको मानो रोपेर मुरी उब्जाउने सिजन पनि यही नै हो । यतिबेला काम गर्न पाएनन् । लामोसमयसम्म भोकमरीको सामना गर्नुपर्ने हुन्छ । यसतर्फ हाम्रो सरकार सचेत देखिँदैन ।
कोरोना संक्रमण देखिएका क्षेत्र बाहेक अन्यत्र सामाजिक दूरी कायम गर्दै दैनिक कामकाज गर्न दिनुपर्छ ।

सुरक्षा बलियो बनाउँदै अन्तर्राष्ट्रिय उडान खुला गर्नुपर्छ

मकाउले अहिले चीन तर्फका दुई मुख्य नाका खुला गर्ने निर्णय गरेको छ । मकाउनमा पनि ९९ प्रतिशत पर्यटक चीनबाटै आउने गर्दछन् । उनीहरुको अर्थव्यवस्थाको मुख्य आधार पर्यटन नै हो । आफू सुरक्षित रहेकाले पर्यटकलाई पनि निश्चित मापदण्ड अपनाएर आउन आह्वान गरिएको छ ।
नेपालमा अझै पनि महामारीको रुपमा फैलिसकेको अवस्था छैन । तराई क्षेत्रका केही जिल्लाबाहेक अन्यत्र सुरक्षित नै देखिन्छन् । संक्रमण देखिएका क्षेत्र शील गरी अरु जिल्लाका दैनिक क्रियाकलाप खुला गरिनुपर्छ ।
नेपाली पर्यटन व्यवसायको मुख्य सिजन पनि अब यही दुई महिना नै बाँकी छ । अहिले विदेशीहरु पनि नेपाल आउन चाहिरहेका छन् । उनीहरुका लागि आउने वातावरण बनाउनुपर्छ । त्यसका लागि विभिन्न सुरक्षा मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान खुला गर्नुपर्छ ।

लाखौं रेमिट्यान्स पठाउने नेपाली नागरिक बाहिर थन्किएका छन् ।

जहाजको व्यवस्था गर्दे सरकार हामी आफैं भाडा तिरेर आउँछौं भन्दा पनि सरकारले केही गर्न सकेको छैन ।

उनीहरु बरु मर्नुपरे पनि आफ्नै भूमिमा मर्छौं भन्दै आएका छन् ।

यतिसम्म भन्दा पनि सरकारले आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन ।


सुरुमा कोरोना भित्रिन नदिन भन्दै अन्तर्राष्ट्रिय उडानहरु पूरै बन्द गरियो । यसबाट लाखौं नेपाली विदेशमा थन्किएका छन् भने, घुम्न आउन चाहेका पर्यटक पनि आउन सकेनन् । अहिलेसम्म पनि उडान त बन्द नै छ । खै त अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि कोरोनाको संक्रमण भित्रियो नै ।
सरकारले जहाँ सुरक्षा व्यवस्था कडा पार्नुपर्ने थियो । त्यहाँ सकेन । अहिले सबै नागरिकलाई लकडाउनभित्रै बस्न मात्रै आग्रह गरिएको छ । यसले त झन् भोली मानिसहरु भोगकले अत्तालिए भने बाहिर निस्कन बाध्य हुने स्थिति आउँछ ।


हामीले नेपालका केही पर्यटकीय क्षेत्रमा कोरोना संक्रमणको जोखिम शून्य बनाएर अन्तर्राष्ट्रिय उडानहरु खुला गरिनुपर्छ । त्यसका लागि पनि कहाँका पर्यटकलाई आउन दिने भन्ने मापदण्ड बनाउनुपर्छ । जहाँ कोरोनाका संक्रमण उच्च छैन त्यहाँका पर्यटकलाई नेपाल आउन आह्वान गर्नुपर्छ ।
पर्यटकीय क्षेत्रका होटलहरु पनि सुरक्षित बनाउन सक्यो भने, थोरै भए पनि हाम्रो अर्थतन्त्र चलायमान हुन्छ ।
आन्तरिक चलहपहल बढाउनुप¥यो
लामो समयको लकडाउनका कारण नेपाली आफैं पनि दिक्क भएका छन् । यस्तो अवस्थामा लकडाउन सकिनेबित्तिकै आनतरिक पर्यटकलाई घुम्नका लागि प्रेरित गरौं । सरकारले उनीहरुलाई सहुलियत दिने कुरामा कुन्जुस्याँइ गर्नु हुँदैन ।
यसो हुँदा पर्यटकीय क्षेत्रको बजार केही चलायमान हुन्छ । र हाम्रो अर्थतन्त्र पनि पूरै तहसनहस हुनबाट जोगिन्छ । तर, निश्चित मापदण्ड भने बनाउनुप¥यो । कहाँ सुरक्षित छ त्यहाँ मात्रै घुम्नका लागि प्ररित गर्नुपर्छ ।

आफ्ना नागरिकप्रति गैर जिम्मेवारीपन


मकाउले केही दिनमै बाहिर बसेका आफ्ना नागरिक सुरक्षित तरिकाले ल्यायो । बाहिरका नागरिक ल्याउँदा केही संक्रमितको संख्या त बढ्यो नै । ४५ को संख्यामा पुगेका संक्रमितमध्ये कसैको पनि मृत्यु भएन । उनीहरुले स्वास्थ्य संस्थामा बलियो सुरक्षा प्रवन्ध मिलाएका छन् ।
अहिले यहाँ क्वारेन्टाइन पनि छैनन् । संक्रमितमध्ये ६ जना मात्रै अस्पतालमा छन् । अरु सबै निको भएर डिस्चार्ज भइसके । तर, हाम्रो देशमा कोरोना भन्दा पनि सामान्य बिरामीलेसमेत उपचार नपाएर ज्यान गुमाउनुपरेको स्थिति ।
लाखौं रेमिट्यान्स पठाउने नेपाली नागरिक बाहिर थन्किएका छन् । जहाजको व्यवस्था गर्दे सरकार हामी आफैं भाडा तिरेर आउँछौं भन्दा पनि सरकारले केही गर्न सकेको छैन । उनीहरु बरु मर्नुपरे पनि आफ्नै भूमिमा मर्छौं भन्दै आएका छन् । यतिसम्म भन्दा पनि सरकारले आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन । जहिले पनि लकडाउन भन्दै जनतालाई घरभित्रै थुन्ने र आफू कुर्सीको लडाइँमा व्यस्त हुँदै आएका छन् ।
हाम्रा नागरिक पनि अब केही हदसम्म सचेत भइसकेका छन् । ग्रामीण क्षेत्रमा बरु सचेतनाका कार्यक्रम बढाउनुप¥यो । एक जना संक्रमित हुँदै पूरै परिवार नै तहसनहस हुन्छ भन्ने बुझेकै छन् । यस्तो अवस्थामा उनीहरुलाई सुरक्षित उपाय अपनाएर काममा निरन्तरता दिन प्रेरित गर्नुपर्छ ।


हाम्रो सरकारले त्यति गर्न गर्न सक्दैन । तर, पनि सुरक्षाका विधि अपनाएर हुनसक्ने उद्योग कलकारखाना र खेती किसानी त खुला गर्न सक्छ नि ।
म एउटा मुटुको नसाको अस्प्रेसन गरेर गतसाल यहाँ आएको हुँ । अहिले मेरो औषधि सकिसक्यो । बिदा पास भइसके पनि महिनौंदेखि यही बस्नुपरेको छ । म जस्ता कैयौं आपत परेका बिरामीहरु अन्य देशमा पनि छन् । त्यहाँका सरकारले तिमीहरुको सरकारले केही गर्न सक्दैन भन्छन् । हामीलाई पिर पर्छ । तर, हाम्रो सरकार भने जहिले पनि लकडाउनबाहेक अन्य विकल्प निकाल्न अग्रसर नै देखिँदैन ।
तर, हाम्रो लागि अहिले जे जस्तो भने पनि खस्केको अर्थतन्त्र माथि उकास्ने मुख्य उपाय नै पर्यटन क्षेत्रलाई चलायमान बनाउनु हो । केही सहरी क्षेत्रबाहेक अन्यत्र भीडभाड पनि हुँदैन । त्यस्ता क्षेत्रलाई वर्गीकरण गरी खुलाउन सकिन्छ । भीडभाड नगर्न अनुरोध गर्दै पर्यटन क्षेत्रलाई केही खुला गर्नसक्यौं भने अर्बौं लगानी गरेका व्यवसायीहरु डुब्ने स्थिति पनि आउँदैन । र लाखौं मजदुरले पनि रोजगारी पाउँछन् ।


Facebook Comment


No ads found for this position