सांसदहरुको कोरोना परीक्षण शुरु

काठमाडौं–प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको स्वाब परीक्षण शुरु भएको छ । भोलि (शुक्रबार)देखि संघीय संसदको वर्षे अधिवेश शुरु हुने भएकाले सांसदहरुको आज कोरोना परीक्षण शुरु भएको हो ।

राष्ट्रियसभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदैछ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । सोही आग्रह अनुसार स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । आजै सबै सांसदहरुको स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।

सूचना अधिकारी धमलाका अनुसार सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने छ ।


Facebook Comment


No ads found for this position