लकडाउनपछि नेपालको पर्यटन माथि उकास्न…
काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएको करिब पाँच हहिना भइसक्यो । यति लामो अवधिमा यसले पूरै विश्वलाई नै चपेटामा लिइसकेको छ । सारा विश्व नै यसविरुद्ध लड्न कोशिस गरिरहेको छ । तर, पनि पूर्ण रुपमा निर्मुल पार्नसक्ने उापयको खोजी हुन सकेको छैन ।
यसलाई पूर्ण नियन्त्रणमा ल्याउन भ्ािक्सनको आविस्कार नै हो । विश्वका दर्जनभन्दा बढी कमपनीहरु लागि पनि अहिलेसम्म भ्याक्सिनको आविस्कार भइसकेको छैन । सबैभन्दा ठूलो असर अर्थतन्त्रमा नै परेको छ । करोडौं युवा बेरोजगार बनेका छन् । लाखौं व्यवसायिक कम्पनीहरु बन्द भएका छन् ।
यो फैलिन नदिने अहिलेको एकमात्र उपाय भनेको लकडाउन नै हो । नेपालमा लकडाउन लागू भएको आज ४५ दिन भइसकेको छ । ४५ दिनको अवधिमा एक सय भन्दा संत्रमित देखिएका छन् । समयमै सचेत नभए यसको स्थिति झन भयावाह हुने देखिन्छ ।
कोरोनाले सबैभन्दा बढी असर गरेको नेपालको पर्यटन क्षेत्र नै हो । नेपालका ठूला व्यवसायीदेखि ऋणमा उद्योग चलाउनेहरुले पनि पर्यटन क्षेत्रमै लगानी गरेका छन् । लकडाउनकै कारण नेपाली पर्यटन क्षेत्र कम्तिमा पनि दुई वर्षसम्म माथि उस्कन नसक्ने अवस्थामा पुगेको छ ।
हामीले लकडाउनपछि नेपाली पर्यटन क्षेत्र माथि उकास्न र अहिलेको स्थितिमा जोगाइराख्न के कस्ता उपाय अपनाउनुपर्छ भनेर यस क्षेत्रका विभिन्न व्यवसायी, सरोकारवालासँग कुराकानी गर्ने गरेका छौं । आजको शृंखलामा पर्यटन व्यवसायी तथा हेलिकप्टर व्यवसायी तथा टानका पूर्व अध्यक्ष सिताराम सापकोटासँग कुराकानी गरेका छौं ।
किस्ता तिर्ने मिति सारौं
अहिले हामी मात्रै होइन, पूरै विश्वको अर्थतन्त्र नै ध्वस्त बनेको छ । लाखौंले आफ्नो काम गुमाएका छन् । यो भाइरसको कहर यतिबेला अन्त्य हुन्छ भन्ने अवस्था छैन । भ्याक्सिन नबन्दासम्म जोखिम रहीरहन्छ ।
सबैभन्दा नेपाली पर्यटन व्यवसायी मारमा परेका छन् । त्यसमा पनि करोडौं ऋण लिएर व्यवसाय गरेकाहरु बढी समस्यामा छन् । हामी निजी हवाइ कम्पनीहरुलाई त झनै अब बाँच्नैसक्ने स्थिति पनि छैन । त्यसैले हामीले हाम्रो व्यवसाय भविष्यका लागि जागाइ राख्न के गर्नेभन्ने छलफल गरिराखेका छौं ।
अहिले भएका व्यवसाय जोगाइराख्न सकेनौं भने लकडाउनपछि हाम्रा पर्यटन माथि उकास्न दुई वर्ष हैन दशक नै लाग्ने देखिन्छ । पर्यटन क्षेत्रमा ८ वटा निजी हवाई कम्पनीहरु छन् । तीनमा अहिले ३३ जहाज सञ्चालनमा छन् । तीनि सबै ठप्प भएका छन् । हामीले एक दिनमा एक जहाजको एक लाख रुपैयाँ विमाको किस्ता तिर्नुपर्छ ।
बाहिरबाट लाखौं आम्दानी हुने देखिए पनि यो रनिङवाला व्यवसाय हो । हामीले पाएको रकम बिमा कम्पनी, हेलिकप्टरको किस्ता तिर्देमा जान्छ । अहिले केही पनि तिर्न पाएका छैनौं सबै लोनमा नै कारोबार हुँदै आएको थियो ।
सरकारले लकडाउनको स्थिति हेरे असारसम्म किस्ता तिर्ने मिति होल्ड गरेको थियो । यदि यो मिति थपिएन भने हामीले हाम्रा व्यवसायका तालाचावी सबै बैंकलाई बुझाउने अवस्था आउँछ । यसले व्यवसायी मात्र होइन, लाखौं मजदुर र राज्यलाई नै घाटा हुन्छ ।
त्यसैले कम्तिमा पनि एक वर्षसम्म किस्ता तिर्ने मिति होल्ड गरौं । सबै सरोकारवाला बसेर छलफल गरौं । हामीले छुट दिन पनि भनेका छैनौं । तर, लकडाउन समान्य नहुँदासम्म किस्ता तिर्ने मिति होल्ड गर्ने र ब्याजदरमा सहुलियत दिने हो भने व्यवसाय बचाइराख्न सकिन्छ ।
“पर्यटन क्षेत्रमा ८ वटा निजी हवाई कम्पनीहरु छन् ।
तीनमा अहिले ३३ जहाज सञ्चालनमा छन् ।
तीनि सबै ठप्प भएका छन् । हामीले एक दिनमा एक जहाजको एक लाख रुपैयाँ विमाको किस्ता तिर्नुपर्छ ।
बाहिरबाट लाखौं आम्दानी हुने देखिए पनि यो रनिङवाला व्यवसाय हो “
चहलपहलका लागि हतार नगरौं
अहिले सबै व्यवसायीहरु आत्तिनुभएको देखिन्छ । तर, स्थिति नियन्त्रणमा आएन भने, भोली झन भयावह हुनसक्छ । त्यसैले अहिले नै राहत र आन्तरिक चहलपहलका लागि हतरा नगरौं । अहिले हामीले २० अर्ब राहत भनौंला भोली त्यही बढेर गर्यो भने फेरि थप राहतका लागि राज्यसँग झगडा गर्दै हिँड्नु पनि त भए न नि ?
त्यसैले स्थिति सामान्य हुँदासम्म कुरेर बस्नुको विकल्प छैन । पहिले कोरोना नियन्त्रणमा आयो भने हामीले केही वर्षका लागि आन्तरिक चहलपहल बढाउनुपर्छ । नत्र, पर्यटन भनेको घुमफिर गर्ने क्षेत्र हो । यसबाट संक्रमण फैलिने जोखिम झ्न बढी हुन्छ ।
अहिले हिमाल सफाइका कुरा पनि उठेकै छन् । तर त्यो समय गथइसक्यो । यसबाट सिमित मजदुरले मात्रै काम पाउँछन् । लकडाउन अन्त्य भयो भने सरकारले सबै क्षेत्रको लगत संकलन गरेर बृहत योजना ल्याउनुपर्छ । रकम बाँडेर मात्र समस्या समाधान हुँदैन । कसरी टिकाइराख्ने भन्ने योजना महत्वपूर्ण हो । यसका लागि सरकारले सहुलियतपूर्ण योजनाहरु ल्याउनुपर्छ ।
लकडाउनपछि हामी तयार रहनुपर्छ
यो स्थिति यत्तिकै सामान्य हुने देखिँदैन । तर प्रविधि र विकासको यो युगमा यस्तो भाइरसको कहर सँधै रहरिहन्छ भन्ने पनि हुँदैन । ढिलोचाँडो नियन्त्रणमा आउला नै । नियन्त्रणमा आए पनि पनि दुई वर्ष त हामी स्टेब हुनै समय लाग्छ । त्यस अवधिमा हामीले हाम्रा कमीकमजोरी सुधार गनुपर्छ ।
तीन÷चार वर्ष बाह्य पर्यटकको आश गर्नु पनि हुँदैन । किनकी ६ महिना काम गरेर बचाएको पैसाले नै उनीहरु घुम्न आउने हुन् । अहिले उनीहरु सबैले रोजगारी गुमाएका छन् । उनीहरु आफू सक्षम नहुँदासम्म घुम्ने आउँदैनन् ।
त्यसैले स्थिति सामान्य भएपछि आन्तरिक चहलपहल बढाउँदै हाम्रो पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्छ । त्यसपछि मात्रै बाह्य पर्यटकका लागि के कस्ता सहुलियत दिने र आकर्षणका योजना ल्याउने भन्नेबारे सोँच्नुपर्छ ।
तर, अहिलेको मुख्य समस्या भनेकै भएका व्यवसायलाई जोगाइराख्नु नै हो । त्यसैले राज्यले ब्याजदरमा सहुलियत र किस्ता तिर्ने मिति कम्तिमा पनि एक वर्ष होल्ड गर्नुपर्छ । यदि राज्यले पर्यटनबाट समृद्धिको सपना देख्ने हो भने, अहिले तत्काल यो काम अभिवार्य नै हो । हामीले पनि छलफल गरिरहेका छौं ।