नेपाल सरकार लाई प्रबासि नेपालीको तर्फबाट सुझाव
नर बहादुर टन्डन ,क्यानडा
कोराना भाईरसबाट सन्सार रोहिरहेको बेला आफ्नो मातृभुमिमा सरकारको बच्पना देखि दुख लागेर दुई चार शब्द लेख्न बाध्य भयको छु, संसार भरि कोराना भाईरस को सङ्क्रमण बाट छ्ट्पटियको मानव जाती लाई अरु देशको स्थानीय सरकारले कुनै कसुर नराखी आफ्नो नागरिकलाई कसरि बचाउने र जोखिम मुक्त गर्न को लागि अहोरात्र खटिरहेको हामी सबैलाइ अबगत छदैछ,तर दुर्भाग्य बस हाम्रो देशका नेताहरु लाई जनता भन्दा आफ्नो पद आफ्नो कुर्ची प्यारो लागिरहेको हामी सबैले जगजाहेरै छौ ।
दिन प्रतीदिन कोराना भाईरसबाट सक्रमीतको संख्या बढीरहेको छ , तर नेपाल सरकारको कोराना भाईरस नियत्रणको लागि गरेका कार्य र शैली हेर्ने हो भने कछुवाको तालमा दौडिरहेको छ अर्थात भन्न्ुपर्दा मस्तले निदाइरहेको छ ।
आफ्ना देसका नागरिक हरु देश मात्र नभएर विदेशमा समेत भोक भोकै मरिरहेका छ्न भने मानिसको आधारभुत आवश्यता समेत नहुदा आत्माहत्या गर्न बिबस भयका समाचार हरु बाहिर आइरहेका छन् । यो सुन्दा अन्यन्त दुख साथ भन्नु पर्दा स्वदेश विदेशमा नेपाली नागरीकहरु अभिभावक विहीन जस्तै भएका छन् । यती हुदा हुदै पनी अझैपनी सरकारले तल्काल यस्ता आन्तरिक खिचातानी लाई ब्यबस्था गर्दै तल्काल शिक्षा स्वास्थ तथा विभिन्न निम्न कुरामा ध्यान दिन जरुरी छ,
१.तत्काल गर्नुपर्नी काम हरु- बिदेशमा रहेका नेपाली राजदुताबाँस हरु तत्काल बन्द गर्न र तेहा स्थित महाबाणिज्य दूतहरुलाई आधिकारिक बनाइ दुई देश बिचको समन्वय गराउने यश कार्य बाट देशको ढुकुटी धेरै बचत हुने मेरो बिश्वास छ ।
२. बर्तमान परिवेशलाई ध्यानमा राखेर मन्त्री परिसद सानो गर्ने हाललाई रक्षा ,गृह ,अर्थ,स्वास्थ ,परराष्ट्र ,सामान्य प्रसासन मन्त्रालय ६ मन्त्रालय बाट प्रमुख रुपमा सन्चालन हुने बाकी तिनै मन्त्री परिसद ले पनि काम चलाउन सकिन्छ,यो स्थितिमा माननीय सम्सद हरुको जिम्मेवारी कुनै नभयको हुनाले केन्द्रका र परदेशका सरकार का सम्सद हरुको सेवा सुबिधा कटौती गरि राज्यको ढुकुटी संचित गर्ने प्रदेस सरकार को तत्काललाइ सबै स्थानिय तह र केन्द्रको ६ ओटा मन्त्रालयबाट काम काज चालाइ अरबौ रुपैया बचाउन सकिन्छ ।
३. पूर्वप्रधानमन्त्री ,प्रधान्न्ययाधिस समेत विभिन्न ब्यक्तिहरु लाई प्रदान गर्दै आयको सुरक्षागार्ड सुबिधा कटौती गरि उनिहरुलाइ सिमाक्षेत्रमा खटाइ ,अनियंत्रित आगन्तुक हरुलाइ रोक्ने काममा लगाउने
४ . हाम्रो नेपालको मुख्य आयस्रोत भनेको रेमिटान्स ,पर्यटन ,र दातृ सहयोग भयकोले आगामी केही बर्ष कुनै पनि पैसा नेपाल भित्र्याउन सकिने संभावना नदेखिएको हुनाले ,माथिका निम्न कुरा हरु लाई यथासिध्र ध्यान दिन जरुरि ठान्दछु
५. अहिले को समय भनेको covid 19 बाट देश तथा जनतालाई बचाउनु र देश भाइरस मुक्त बनाउनु हो,यस संकटकालिन अबस्थामा आफ्नो पाबर र पदलाई जनताको जिबनमा सुरक्षाको निम्ति काम गर्नु नै ठुलो धर्म हो
६. बिदेश मा बस्ने नेपाली नागरिक हरुलाइ आफ्नो देश तथा नेपालमा रहनु हुने आफन्त हरुलाइ अर्को ब्यवस्था नभय सम्म आर्थिक सहयोग को अपिल गर्ने र जो रकम सहयोग बाट प्राप्त हुन्छ त्यो रकम नागरिक अघुवाइको रोहबरमा खर्च गर्न लगाइ मानव कल्याणकारी काममा सघाउने ,र सहयोगी मन हरुलाइ उच्च सम्मान गर्ने,जसले यो आपातकालिन घडिमा आफ्नो नेपाल आमा रोइरहदा सक्नी भयर पनि सहयोग गर्दैनन् भने उनिहरुको लेखाजोखा गरि नेपाल स्थित अचल सम्पती राज्यले जफत गरि उक्त सम्पत्ति मानव कल्याणकारी काममा लगाउन समेत अनुरोध गर्न चाहान्छु, जय देस जय पसुपती नाथ सेबा नै धर्म हो आफू बाचौ र अरुलाइ पनि बचाउ ।