तल्फीमा एकरात…

अछुत कोपिला
करिब चार महिनापछिको जन्मुभूमि आगमनको पहिलो दिन निकै स्मरणीय बन्यो । काम विशेषले जुम्ला आएको थिएँ, केही समयका लागि । जुम्ला आएको पहिलो दिन लगभग सबै सहकर्मीहरूसँग भेटघाट भयो भाद्र १९ गते । भाद्र २० गते बिहानै कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँगको पत्रकार सम्मेलनमा सहभागी भइयो । दिउँसो परीक्षामा । ४ बजे अकस्मात पातारासीको यात्रातय भयो ।

सारथी थिए, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई । झिमझिमे वर्षाको डरसंँगै सुरु भयो सवारी यात्रा । खंलगाबाट मोटरसाइकलमा यात्रा सुरु गर्दा अलिअलि पानी परिरहेको थियो । खलंगादेखि पातारासीको सीमाक्षेत्र भाङखोलासम्मको यात्रामा परीक्षा प्रणालीदेखि पेशागत र व्यक्तिगत कुरामा भलाकुसारी भयो ।

झिमझिम पानी परिहेको थियो । भाङखोला नजिकै बाइक पुनेरी (सप्तरंगी)को फोटो खिचे पूर्ण दाइले । त्यसको करिब ५ मिनेटमा उर्थू बजार पुगियो । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने उर्थू पातारासी गाउँपालिकाको बजार हो । केही वर्ष पहिलेसम्म सुनसान उर्थू क्षेत्र विस्तारै बजारीकरणको चरणमा छ । सडक सञ्जाल जोडिएकाले त्यहाँसम्मको यात्रा सहजै रह्यो ।

उर्थूबाट फलामको पुल तरेर लाग्यौं आफ्नो गन्तव्य तल्फीतिर । उर्थूबाट केही अघि पुगेका थियौं, एकजना भोटे दाई भेटिए, मोटरसाइकलबाटै मैले तल्फी जान कति समय लाग्छ भनेर सोधेँ । उनले मोटरसाइकलमा करिब दुई घण्टा लाग्ने बताए । तुमीहरू नरेश मुन्त्री गएको ठाउँ जाने हो ? भोटे समुदायले बोल्ने भाषाको लवजले हामीलाई प्रतिपश्न गरे तीँ दाइले ।

भोटे दाईले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई भन्न खोजेका होलान् । नरेश मुन्त्री भनेपछि सजिलै बुझ्न सकिन्थ्यो । तर, तल्फीमा मन्त्री भण्डारी सवार थिएनन् । उर्थूबाट कच्ची सडक छ । करौडौ खर्च गरेर निर्माण गरिएको ।

सायद वर्षायाम भएर होला । बाटोमा हिलोले सतायो । त्यहाँ मानिस बिरामी पर्दा, सुत्केरी हुँदा बजार ल्याउनु परेमा निकै सकस हुने अवस्था थियो सडकको । बीचमा बाइकबाट ओर्लिदै, चड्दै पातारासीको मुकाम डिल्लीचौर पुगियो, ५ बजे । त्यसपछि पनि हिलाम्य सडकसंँग लड्दै यात्रा निरन्तर चलिरह्यो ।

केही अघि पुग्दा स्याउ लोड गरेर सदरमुकाम आउदै गरेको ट्याक्टर भेटियोे । नदीमाथि काठको फराकिलो पुल बनेको रहेछ, पंक्तिकार ६ महिना अघि त्यस क्षेत्रमा जाँदा पुलको राम्रो व्यवस्था थिएन । एकातिर हिलोसँगै कष्टकर यात्रा अर्कोतिर त्यसको क्षेत्रको सुन्दर प्रकृति, लटरम्मै फलेका स्याउका रुख, ठूला ठूला सडा (बारी) मा फलेका मकै फलेका ।

बाटोमा रहेका केही मनोरम दृष्यले थकान मेटाइरहेका थिए । देख्दा मात्रै पनि रमाइलो लाग्ने ती बारीहरू त्यहाँको जनताको जिविकोपार्जनको माध्यम पनि हो । हिलोले दुवै जनाका जुत्ता निकै फोहोर भएका थिए । पूर्ण दाईले मैले जुत्तामा लागेको हिलो पखाल्ने प्रयास गर्दासमेत दिएनन् । ती जुत्ता मुख्यमन्त्री र अन्य मन्त्री र मेयरलाई देखाएर मात्र पखाल्ने दोहो¥याइरहेका थिए ।

अलि पर पुगेपछि पाहुनालाई स्वागत गर्न हरियो रङको गेट बनाइएको थियो । मुख्यमन्त्री नआएको संकेत त्यहाँ टाँगिएको ब्यानरले दिन्थ्यो । दुबै जना मुख्यमन्त्री आएको या नआएको विषयमा आफूलाई लागेका तर्क विर्तक दिँदै गयौं । छुमचौर जाने मूल बाटो र अर्को तर पट्टी बाटो कुनबाट जाने अलमल भयो । केही अगाडीबाट कुखुराको चल्ला बोकेको गाडी हामी पछि थियो ।

स्वास्थ्यका दृष्टिले बोइलर खुकुरा उपयुक्त नभए पनि जुम्लाका गाउँगाउँ सम्मै पुगेका छन् । दुई बाटोमध्ये तल्फी जाने बाटो कुन हो भन्दा तलको बाटो रहेछ । हिँडेम् । दुई भाई रमाईलो गर्दै गईरहेका थियौं । ठूलो पानीसहितको खोला भेटियो । पानी बढी भएकाले डो¥याएर लिने कि चडेरै लिने कुरामा हामी दुवै जनाको मत एउटै भएन । मैले पूर्ण दाईलाई डो¥याएर लिनुपर्ने मत राखेँ । खोलामा पानी ठूलो मात्रामा बगिरहेकोले पूर्ण दाईले पनि सहमति जनाइसकेका थिए ।

तर, ती गाडीका डाइभरले दुवैजना बाइक चडेर जाँदा सजिलो हुने सल्लाह दिए । पूर्ण दाईले पनि जुम्लामा घर छ हाम्लाई केको डर छ भन्दै बाइक मै चडेर खोला पार गर्ने तय भयो । अफसोच ! बाइकले पानीमा तर्न सकेन । बाइक पानीमा पल्टियो, म पनि पल्टिएँ, निथुक्र्क भिजेँ, पूूर्ण दाई पनि त्यसैमा पल्टिए बाइकसँगै । खोला तर्न नसकेपछि हाम्रो पछि आएका दाइहरूको सहयोग निकै मिहेनत गरेर पानीभन्दा बाहिर निकाल्यौं ।

मोटरसाइकल पूर्ण रुपमा भिज्यो । ब्रेक र ऐना भाँचिए । सुरक्षित रुपले गन्तव्यमा पुग्ने हाम्रो यात्रामा पूर्णविराम लाग्यो । पूरै पानीले भिजेको बाइक स्टार्ट गर्ने प्रयास असफल भयो । एक त बाइक बिग्रेको, दुर्घटनामा परेको दुःख, क्षति छँदै थियो । त्यै बेला एक जना मदिरा सेवन गरेका, रगतले रक्ताम्मे भएका, करिब ६० कटेका बुढा आए ।

बौलाह पारामा बाटोमा हिँडिरहेका ती वृद्ध मन्त्रीको नाममा मर्ने बताउँदै थिए । आफ्नै पारामा, ‘अद्दई मुन्त्री आयाछुन, तिनुन सुम्मान गन्या, हामी न गन्र्या, के गर्या छुन तिनीहरूले मो मुन्त्री कै नाममा मर्छु’ भन्दै हामी वरीपरी घुमिरहेका थिए । स्थानीय सरकार आएपछि जनतामा देखिएको उदाहरण थियो त्यो ।

मैले पूर्ण दाई म बाइक स्टार्ट गर्छु तपाइँ ती वृद्धलाई खोला तारदिनु भनेर पठाए । केही गर्दासमेत सीप चलेन अन्नत डो¥याएर लैजाने कुरा भयो । धेरै मान्छे आफ्ना घर फर्किँदै थिए । तल्फीमा आयोजित कार्यक्रमका प्रमुख अथिति नन्दसिंह बुढा, राजनितिककर्मी र एक जना गाउँपालिका अध्यक्षसहित अन्य पनि थिए । पछि बाइकलाई मकैको बारीमा सुरक्षित राखेर त्यहाँबाट तल्फी साँझ साढे ६ बजे तल्फी पुग्यौं ।

कार्यक्रममा सहभागी स्थानीय आ–आफ्नो घर फर्किँदै थिए गाडीमा । तल्फी पुग्न बित्तिकै नेपाल टेलिभिजनकर्मी कर्ण भण्डारी र जनता टेलिभिजनका संवाददाता दीपक बुुढ्थापासँग भेट भयो । दुुवै जनाले अभिवादन ग¥र्यौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तेस्रो केन्द्रीय बैठकको कार्यक्रम थियो ।औपचारिक कार्यक्रम सकिसकेकोेले ७७ वटै जिल्लाबाट आएका पाहुनाहरूको लागि बासस्थानको व्यवस्था गर्दै थियोे आयोजक । पत्रकारहरूका लागि भने अगाडी नै व्यवस्था भइसकेको रहेछ ।

अनौपचारिक रुपमा नाचगानको कार्यक्रम हँुदै थियो । केही समय दर्शकको रुपमा मनोरञ्जन लिइयो । पछि भने खुल्ला आकाशकर्मी मान बहादुर कुवँरले नाच्ने कुरा गरे । मैले पनि हुन्छ भनेँ । आयोजक केही साथीलाई अनुरोध गरियो पनि । तीन जना स्थानीय भेषभुषामा सजिएका किशोरीसँग नाच्नुपर्ने भयो । २० वर्ष नपुगेका थिए उनीहरू ।

गीतको बोल थियो ‘तिम्रो जती माया त लालुमै’ पछि सयौंको संख्यामा रहेका केटा केटीहरूसँग खुव रमाइलो भयो । भूगोलका हिसाब निकै ग्रामीण क्षेत्र भए पनि आधुनिक शैलीले प्रवेश गरिसकेको रहेछ । धेरै दर्शकहरूको अगाडि नाच्ने केटाकेटीहरूको ¥याप, रक र आधुनिक लोकगित हुन्थ्यो ।
त्यस्ता खालका थुप्रै गीतमा हामी पनि नाच्यौं । समय घर्किदै थियो । पूर्ण दाई कोठामा जान बारम्बार आग्रह गरिरहेका थिए ।

२०–२२ वर्षे जवानी न हो नाच्न खुब जाँगर आइरहेको थियो । त्यतिकैमा हामीलाई बोलाउन कारोबारकर्मी मित्र सागर परियारको इन्ट्री भयो । सागर आउँदा त्यहीँ ९ बजेको थियो । उनी हामीलाई बोलाउन आएका रहेछन् । हामी तीन जना भने नाचगानमा व्यवस्त थियो । सागर पनि के कम साल पा टपरी हुने भन्ने गीतमा उनी पनि नाचेँ । सबै आफ्नै पारामा नाचिरहेका हुन्थे । मेरो भने एक जना बहिनीसंँग कुराकानी गर्ने अवसर मिल्यो ।

उनी समेर १६–१७ वर्ष जतिको थिइन् । परिचय नदिइ÷नलिइ कनै घर र जाने समय सोधेँ ? उनले साढे १० बजे जाने अवगत गराइन् । तल्फीबाट उनीहरूको घर पुग्न दुई घण्टाको बाटो हिड्नुपर्दो रहेछ । मलाई मनमनै लाग्यो यति रातिसम्म घरमा गएका छैनन् उनीहरूका अभिभावकले के भन्छन् होला छ ? उनी जस्तै पचासौंको संख्यामा थिए केटाकेटी । जिल्लामा सबैभन्दा बढी बाल विवाह यही क्षेत्रमा हुने गरेको छ ।

त्यहाँ केही केटा र केटी साथी (लवर÷लवर्नी)पनि थिए सायद । उनीहरूका व्यवहार, बोल्ने शैली र हाउभाउ हेद्रा थाहा हुन्थ्यो । त्यस क्षेत्रमा बढी बाल विवाह हुनुको कारण जिम्मेवार अभिभावक नहुनु पनि रहेछ । त्यसले गर्दा सानैमा प्रेममा परी विवाह हुँदो रैछ त्यस क्षेत्रमा । पछि नाचगान कार्यक्रम सकियो सागर सहित हामी चार जना पत्रकारहरू बस्न बनाईएको घरमा गयौ‌ ।

त्यहाँ नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाही, राष्ट्रिय समाचार समितिका कर्णाली प्रदेश प्रमुख सुरबहादुर सिंहलगायतका साथीहरू थिए । कर्ण अंकल भने सुतिसकेका थिए । केही समय हस्यौली र ठट्यौली गर्दै बस्यौं । त्यो घरकी दिदी भने घोवा (मकै) को रोटी हाल्दै थिइन् । पछि आयोजकले खाना खान बोलाए ।

हामी बाहिर निस्किँदा तल्फीका केटाकेटी र डोटी जिल्लालगायतका अथितिहरूको देउडा चलिरहेको थियो । खाना खाइसकेपछि हामी पनि केही समय रेष्ट गरेपछि हामी पनि देउडामा मिसियौं । देउडा वाचन, सवाल, जवाफ फर्काउने जिम्मेवारी हाम्रै थियो । करिब ३० मिनेट जति देउडा खेलियो । पछि फेरी दोहोरी खेल्ने सहमति भयो सबैको ।

समय निकै अवेर भए पनि मानिसहरूको घुइँचो निकै थियो । केही समय अघिको बहुचर्चित तथा विवादित गित गलबन्दीबाट सुरुवात भयो दोहोरी । विषयवस्तु विवाह, बहुविवाह, पत्रकारलाई कानुन लाग्ने, नलाग्ने, मन पराएका कुरा दोहोरीको माध्यमबाट खुलेरै सवाल जवाफ भयो । निकै रमाईलो भईरहेको थियो ।

त्यति कै मा रेडियो कर्णाली एफएमका नौरते नेपाली र नयाँ पत्रिकाकर्मी मानदत्त रावल र पूर्ण दाई आए । नौरते दाइले गाउनमा साथ दिए भने पूर्ण दाईले नाचेर अनि मान दाइ भने दर्शक भएर रमाए । दोहोरी चल्दा चल्दा केही असहज वातावरण सिर्जना होला जस्तो देखेपछि नेत्र दाइले दोहोरी रोक्न आग्रह गर्नुभयो । केटी पक्षलाई धन्यावाद दिएर कोठा फर्कियौं ।

कोठामा फर्किए पछि समूह बनाएर सुत्यौं सबैजना । त्यस घरका आमाले निकै आदर सम्मानका साथ सुत्ने व्यवस्था गरिदिनुभयो । पूर्ण दाई सुरबहादुर दाइका निकै उरन्ठ्याउला गफ र ठट्याउलीले त्यो साझँ सम्झन लायक रह्यो । कोठामा पनि केही ठट्याउलीका साथ सुत्यौं १२ बजेतिर । २१ गते बिहानै सबेरै कर्ण अंकल र दिपक भाई लोडचौर र छुमचौरमा गए । त्यसको केही समयपछि पूर्ण दाइ र मान दाई पनि मर्निङ वाकमा निस्किए ।

साढे ६ बजेतिर सबै जना नजिकैको धारामा हात मुख धोएर फ्रेस भयौं, लगत्तै ब्रेकफास्ट (बिहानीको खाना) खान भयो । फाँपरको रोटी र घ्यू थियो । करिब ३ सय जनालाई । ७७ वटै जिल्लाका सहभागीले अर्गानिक फाँपरको रोटी निकै उत्सुकताका साथ खाइरहेका थिए । फाँपर स्वास्थ्यका दृष्टिले निकै लाभदायी मानिन्छ । जुम्लामा पछिल्लो समय फाँपर खेती लोप हुँदै गए पनि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

उमेरले ६०–७० कटेका बुढी आमाहरूले पाहुनाको सत्कारका लागि राति १ बजेदेखि निरन्तर विहान ९ बजे सम्म काम गरिरहेका थिए । हामी पत्रकारहरू भने महासंघको तेस्रो बैठकको घोषणा पत्रको प्रतिक्षामा थियो । अन्ततः विश्व कै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोको काखमा महासंघको २१ बुँदे जुम्ला घोषणा पत्र जारी गर्यो ।

जलवायु परिवर्तनको विश्वव्यापी असर बारे हिमाल बचाऔँ अभियान जुम्लाको पातारासीबाट सुरु भयो । जुम्लामा लगभग लोपउन्मुख अवस्थामा रहेको सम्पुर्ण बाली पातारासीमा अहिले पनि उत्पादन हुने गरेको छ । पातारासी उत्पादनका हिसाबले अर्गानिक वस्तुको हब क्षेत्रको रुपमा रहेको छ ।

बिहानको खानापछि केही समय हिँडेर अघिल्लो दिन बाईक दुर्घटना परेको स्थान सम्मको पैदल यात्रामा शुर बहादुर सिंहले सुनाएका निकै रमाईला उखान टुक्का बिर्सिनसक्ना छन् । पछि गाडीमा अलि अलि जोखिम मोल्दै र रमाईलो गर्दै खलंगा फर्कियौं ।


Facebook Comment