सरकारले लकडाउनपछि पर्यटनलाई एक नम्बर प्राथमिकतामा राख्नु पर्छ

सारा विश्व सँगसँगै हाम्रो मुलुक पनि कोरोना भाइरससँग लडिरहेको अवस्थामा छ । कोरोना र लकडाउनसँगको यो लडाइँमा अरु देशको तुलनामा सानो अर्थतन्त्र भएको हाम्रो मुलुकको आर्थिक अवस्था धरासयी हुने खतरा बढी छ । यो सही समय हो मुलुकको बागडोर सम्हालेको सरकार प्रमुख र अर्थमन्त्रीको परीक्षामा खरो उत्रिने र डुब्न लागेको अर्थतन्त्रलाई बचाउने । अब हेर्न बाँकी छ हाम्रा पाइलटहरूसँग यो संकटको घडीबाट मुलुकलाई सेफ लेन्डिङ गराउने कुनै योजनाहरू छन या छैनन् ?
विश्वको अर्थतन्त्रलाई ध्वस्त पार्ने गरी विश्वव्यापीरुपमा पैmलिएको कोरोनाको मारले कुनै पनि देश बच्न सकेको छ्रैन भने, हाम्रो मुलुकको त झन कुनै पनि क्षेत्र पनि बच्न सकेको छैन खेती किसानी मजुदुरी गरेर आफ्नो गुजारा गर्ने साना–साना किसानदेखि व्याबसायिक खेती गर्ने किसान पनि धरासयी भएका छन् । ठूल्ठूला उद्योगपतिदेखि साना–साना उद्योगधन्दा गर्ने कसैलाई पनि यो महामारीले छोडेको छैन


अझ व्यवसायमा पनि सबैभन्दा बढी धरासायी पर्यटन उद्योग भएको छ र अब सबैभन्दा बढी गाह्रो यो व्यवसायसँग जोडिएका चिया पसले, भरिया र यो व्यवसायसँग जोडिएका होमस्टे र साना–साना उद्यमीहरूलाई भएको छ भने पर्यटनमा आफ्नो र मुलुकको भविष्य देख्ने व्यवसायी जसले बैंकबाट ऋण लिई ठूला ठूला तारे होटल खोलेका छन् र निर्माणको अन्तिम चरणमा थिए तिनीहरूको भविष्य अन्धकार हुने हो कि के हुने हो सरकारको नीतिले निर्धारण गर्ने छ । कसैलाई छाक टार्ने समस्या होला भने कसैलाइ बैंकको साँवा ब्याज बुझाउनेदेखि होटलमा काम गर्ने कामदारको समस्या कसरी समाधान गर्ने भन्ने चिन्ताले रातदिन सताएको होला ।


सबैलाई आ–आफ्नो हैसियतअनुसारको चिन्ता र दुःखले हतास पक्कै पनि गरिरहेकै होला । यती बेला मुलुकमा नागरिकको सरकार सक्षम र जनताप्रति उत्तरदायी भएको भए थुप्रै राहतका प्याकेजका साथै यो चक्रभ्युबाट व्यवसायी र नागरिकलाई निकाल्ने रणनीतिमा लागि सकेको हुन्थ्यो तर सरकार आफ्नै कुर्ची, पद र प्रतिष्ठाको पछाडी नै आफ्नो ध्यान केन्द्रित गरेर समय खेर फालिरहेको देखिन्छ । यतीबेला सरकार भनेको त नागरिकको अभिवाहकको भूमिकामा देखिनुपर्ने हो तर व्यवहारले त्यो देखाइरहेको छैन । मौका यही हो भनेर यस्तो संक्रमणको बेलामै आफ्ना र आसेपासेहरूको इसारामा काम गरेर उनीहरूको भुडी भर्ने काममा लागेर भ्रष्टाचार लाई मलजल दिने काममा सरकारका केही मन्त्रीहरू लागि रहेको सप्रमाण देखियो यो कुनै पनि कोणबाट हेरे पनि राम्रो संकेत होइन ।


तर, अझै पनि सबै खतमै भइसकेको र केही गर्ने नसकिने अवस्थामा हामी पुगीसकेको म मान्न तयार छैन । अब अलि बढी नै संवेदनशील भएर दृढ इच्छाशक्ति बनाएर चौडा छाती बनाएर सरकारले बजेटमार्पmत सबै समस्याहरूलाई सम्बोधन गरेर राहतका प्याकेजको साथसाथै निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने हो भने हामी यो भुमरीबाट निस्कन सकिने कुरामा रतीभर दुभिदा छैन जस्तो कम्तिमा मलाई चाहीँ लागिरा छ ।


अब नागरिकलाई टेक्सपेयरको रुपमा मात्र हेर्ने होइन । त्यो लायक अर्थात् क्षमतावान बनाउने दायीत्व पनि सरकारको काँध माथि आएको छ । सरकार र एक जिम्मेबार अभिवाहकको नाताले अहिले नागरिकलाई केही दिने बेला आएको छ त्यो पैसा मात्र हुँदैन अरु कुरा पनि हुनसक्छन् । सरकारका लागि नागरिको भरोसा र विश्वास जित्ने मौका बारबार आउँदैन र अहिले बेला आएको यो मौका चुक्यो भने सरकारमाथि मात्र होइन यो प्रणालीमाथि नै नागरिक प्रश्नचिन्ह खडा गर्न बाध्य हुनेछन् ।


मुलुकको आर्थिक अवस्था कोरोनाको कारणले मात्र होइन, अब लकडाउनका कारण पनि धरासयी हुने लगभग पक्का जस्तै भइसकेको छ । यदी समयमै नसोचिए स्थिती भयाभव हुने र सम्हाल्न गाहे हुने निश्चित छ । कोरोना लागेका बिमारीलाई जस्तै लकडाउनका कारण धरासयी भएको नेपालको उद्योग धन्दा र व्यवसायको पनि उपचार गर्नुपर्ने ठूलो जिम्मेदारी सरकारका लागि अवश्य चुनौतीपूर्ण हुनसक्छ तर चुनौतीले समाधान र नयाँ नयाँ अवसर पनि सँगसँगै लिएर आएको हुन्छ । त्यसैले अब हचुवाका भरमा होइन रणनीति र दुरदर्शिताका साथ सरकारले कदम चाल्नुपर्ने म देख्दैछु ।


मुलुकको गत वर्षको व्यापार घाटा हेर्ने हो भने लाजैमर्दो अवस्था छ । सरकारी तथ्यांक कति भरपर्दो छ मलाइ थाहा छैन तर २६ लाख हेक्टर कृषियोग्य भूमी र ५४ प्रतिशत प्रत्यक्ष र ८० प्रतिशतभन्दा बढी कृषि पेशामा आत्मनिर्भर हामी कुल जनसंख्याको नेपालमै बसिरहेका अनुमानित दुई करोड आफ्ना दाजुभाईलाई समेत खान पुर्याउन सकिरहेका छैैनौं । यो भन्दा लाजमर्दो कुरा यो पेशामा लागेका हामी नेपालीका लागि अरु को हुनसक्छ ? ८० प्रतिशत मानिसले काम गरेर २० प्रतिशतलाई पुर्याउन नसकिने यो पेशामा कहीँ न कहीँ त अवश्य गलत भइरहेको छ भनेर सहजै अनुमान गर्न सकिर्दैन र ?


खाद्यान्नसमेत हामी बाहिर बाट आयात गर्छौं । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १३ खर्ब २१ अर्ब ४३ करोड व्यापार घाटा भएको छ । सरकारले चालू आवाको अनुमानित जम्मा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । १५ खर्बको बजेटमा १३ खर्ब घाटा भनेको डरलाग्दो स्थिति हो ।
१५ खर्बमा पनि हाम्रो आन्तरिक आय भनेको हाराहारी ९ खर्ब मात्रै छ, बाँकी त ऋण अनुदान मै निर्भर हाम्रो आर्थिक अवस्थाले सिधै इन्डीकेड गरिरेको छ तपाई आफ्नो रणनीति बदल्नुहोस होइन भने खाल्टोमा जाने निश्चित छ । अहिले पनि हामी सुध्रीएनौं भने कहिले सुध्रिने ? अर्थमन्त्री सफल कि असफल सक्षम कि असक्षम भनेर चिनिने यतिबेलै हो । भाषण त सबै राम्रै गर्छन् अब भाषण होइन साँच्चै काम गर्ने बेला आएको छ ।


व्यापार घाटामा खाद्यान्न पनि समावेस गरिएको छ जुन हाम्रो जस्तो देशका लागि लाजमर्दो नै हो । हाम्रो पहिचानसँग जोडिएको गुन्द्रुक पनि बाहिरबाट आयात भइरहेको तितो यथार्तले यति धेरै नागरिक कृषिमा जोडिएको देशका लागि लाजमर्दो नै हो अझ हामी हिन्दुहरूले लगाउने जनेउसमेत चाइनाबाट आउँछ भनेको सुन्दा त हामी व्यापारी नै होइनौं कि जस्तो पनि लाग्यो ।
मैले माथिका मोटामोटी यतार्थ कुराहरू यसकारण यहाँ उल्लेख गरेँ कि अब सरकारले गहिरियर सोच्ने बेला आइसकेको छ । अब पनि ढिला भयो भने मुलुकको आर्थिक अवस्था यति खराब भइसक्ने छ कि राज्य र नागरिक सबै लागे पनि मुलुकलाई उठाउन सकिने छैन । त्यसकारण सरकारले मुलुकको आर्थिक अवस्था उठाउनका लागि के–के कुरालाइ प्रथमिकता तोक्ने हो ढिला गर्नु नै भएन । सरकारका प्राथमिकता के–के हुन एक, दुई, तीन तोक्नुपर्यो ।
सरकारको तथ्यांकले के भन्छ ? के–के सम्भावनाहरू छन ? हाम्रो भौगोलिक बनावटले के भन्छ ? हाम्रो धर्म संस्कृति र रहन–सहनले के भन्छ ? आदी सबैकुराहरूको हामीसँग भएको सबै तथ्यांकको सुक्ष्म तरिकाले अध्ययन गरी जे निर्देश गर्छ त्यहीअनुसार हिँडे अवश्य पनि गन्तव्यमा पुगिने निश्चित छ, होइन भने कोरोना र लकडाउनले ध्वस्त हाम्रो अर्थतन्त्र केही गरे पनि माथि उठ्नेवाला छैन । तर, अब पनि लापरबाही र ढिला गर्नुभएन ।


मेरो निश्कर्षः मैले आफ्नै तरिकाले गरेको अध्ययन र देश दर्शनबाट जानेको बुझेको भनेको हाम्रो सबैभन्दा प्राथमिकताको क्षेत्र भनेको एक नम्बरमा पर्यटन दुई नम्बरमा कृषि र तेस्रो नम्बरमा जलस्रोत नै हो । पर्यटनलाई सबैभन्दा बढी सम्भावनाको क्षेत्र किन देखे भन्ने विषयमा म आफैं पनि होटल व्यवसायी भएको कारण मैले जाने बुझेका कुरा यहाँ उल्लेख गर्न चाहे ।

पर्यटन :


पर्यटनमा यसकारण सम्भावना छ कि यो यस्तो व्यवसाय हो जहाँ सपना पनि बेचिन्छन् तर, हामीसँग त पर्यटकहरूका लागि यति धेरै गन्तव्यहरू छन् कि हामीले सपना बेच्दै पर्दैन । यति ठूलो बजार र यति धेरै पर्यटकिय गन्तव्यहरू भएको मुुलुक संसारमा थोरै मात्र होलान् । हाम्रो जस्तो हिमाल, पहाड, तराई जस्तो भौगोलिक बनावट, जाडो गर्मी र अति जाडो जस्तो मौषम जहाँ नरिवलदेखि यार्सागुम्बा पाइन्छ ।
विविध सांस्कृतिक भेषभूसाले भरीपूर्ण, धार्मिक हिसाबले पनि बुद्धको जन्मस्थल, चारधाममध्ये एक धाम पशुपतिनाथ र विश्वका सबैभन्दा बढी बौद्ध धर्मावलम्बी भएका देशमध्ये १० वटा देशहरू एसिया महादेशमै छन् ।

त्यो पनि नेपालकै वरीपरि हुनु हाम्रा लागि सकारात्मक साथै अवसर पनि हो । अझ सबैभन्दा बलियो पक्ष भनेको विश्वका सबैभन्दा बढी जनसंख्या भएका देश र आर्थिक हिसाबले पनि उदयमान भारत र चीन हाम्रै छिमेकी हुनु पर्यटन व्यवसायका लागि सबैभन्दा सकारात्मक र सबल पक्ष हो ।
कोरोनाले ध्वस्त भएको अर्थतन्त्रलाई फेरी ट्रयाकमा ल्याउन अब सरकारले केही नीति नियमहरूमा खुकुलो गरेर निजी क्षेत्रलाई सहयोग गरेर सँगसगै लिएर हिँडे हाम्रा लागि यो समय वरदान हुने सम्भावना म देखिरहेको छु ।

“कोरोनाले ध्वस्त भएको

अर्थतन्त्रलाई फेरी ट्रयाकमा

ल्याउन अब सरकारले केही

नीति नियमहरूमा खुकुलो

गरेर निजी क्षेत्रलाई सहयोग

गरेर सँगसगै लिएर हिँडे हाम्रा

लागि यो समय वरदान हुने

सम्भावना म देखिरहेको छु”

पर्यटन मन्त्रालयले जारी गरेको २०१८ को मोटामोटी तथ्यांक अनुसार, हाम्रा पर्यटक भनेका हाम्रै छिमेकी भारत र चीनका नागरिक हुन जुन पोहोरको यो तथ्यांकले पनि प्रमाणित गरेको छ । पोहोरको तथ्यांकले भन्छ हवाइ मार्गबाट मात्र आउने भारतीय पर्यटकको संख्या जोड्दा पनि सबैभन्दा बढी अर्थात १,९४,३२३ जना पर्यटक भारतीय नै थिए । स्थलमार्ग बाट आउने भारतीय पर्यटक पनि लाखौंमा हुन सक्छन् तर त्यसको रियल डेटा हामीसँग छैन ।


त्यस्तै हवाइमार्ग बाट आउने चिनियाँ पर्यटक पनि पोहोर साल १,५३,६३३ जना आए । बुद्धको जन्मस्थल लुम्बिनीलाई राम्ररा प्रचार प्रसार गर्न सक्यौं र त्यहाँ उचित बसोबास र पर्यटकको बसाइलाई लम्ब्याउन सकिने वातावरण बनाउन सके अहिलेको भन्दा दश गुणा चिनियाँ पर्यटकको संख्या बढाउन सकिन्छ । त्योबाहेक पनि अमेरिका ब्रिटेन जर्मनी श्रीलंकालगायत जम्मा १७ देशबाट नेपाल घुम्न पर्यटकहरू आएका थिए ।


यहाँ घुम्न आउने पर्यटकहरू औषतमा ३१ देखि ४५ वर्षका उमेरका थिए । उनीहरूको बसाई औषतमा जम्मा १३ दिनमात्र थियो भने एकजना पर्यटकले दैनिक औषतमा जम्मा ४४डलर मात्र खर्च गर्ने रहेछन् । आउने पर्यटकहरूमध्ये ६० प्रतिशत पर्यटक छुट्टी मनाउन नेपाल आउने रहेछन् । यो तथ्यांक कति भरपर्दो हो मलाई थाहा भएन तर अब योजना बनाउँदा त यही तथ्यांकलाई आधार मानेर बनाउनुपर्छ ।

अब सरकारले गर्नुपर्ने कामहरू :

१–सबैभन्दा पहिले मुलुकको आर्थिक समृद्धि पर्यटनबाट मात्र सम्भव छ भनेर पर्यटनलाई सबैभन्दा पहिलो प्राथमिकता राख्नुपर्यो । बजेट मात्र होइन उक्त व्यवसायका लागि अत्यन्तै लचिलो नीतिहरू बनाएर निजी क्षेत्रलाई त्यतातिर आकर्षण गराउन सक्नुपर्यो । यदी सरकारको लचिलो नीतिका कारण पर्यटन व्यवसायमा बढीभन्दा स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गराउन सक्यो भने यो नै सरकारको सफलता हुनेछ ।


पर्यटन पछिको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भनेको कृषि पनि हाम्रो देशको हावापानी र पानीको अपार स्रोत भएको मुलुकका लागि कृषि व्यवसायमा पनि आम्दानी र स्वरोजगारको हिसाबले अत्यन्तै सम्भावना छ । तर सिचाईमा सरकारले धेरै लगानी गर्नु पर्ने र एउटा सिचाई योजना संचालन हुनजेलसम्म जग्गा माफियाका कारण खेतियोग्य जमिन सबै खण्डिकरण भइसक्ने अहिलेको नियतीले यसमा केही समय लाग्ने देखिन्छ र आकाशे पानीको भरमा गरिने खेती र समयमा उपलब्ध नहुने रासायनिक मल बिउका कारण किसानका खेतहरू अहिले बाँझै छन् ।यसका लागि सरकारले कडा मेहनत र इमान्दारिताका साथ होमवर्क गरे र अर्गानिक खेतीतिर किसानलाई आकर्षण गर्न सकियो भने कृषिबाट पनि समृद्धि ल्याउन नसकिने होइन तर समय लाग्छ ।

त्यसपछि अर्को सम्भावना भएको क्षेत्र यदी समय र परस्थितीले साथ दिएमा जलविद्युत् प्रशस्त उत्पादन गर्न लगानी जुटाउन सकियो र भारत बंगलादेशलाई निर्यात गर्ने बाटो सहज भएको खण्डमा यो नै हाम्रो समृद्धिकोे बाटो हुन सक्ला । तर, अहिले नै निर्यात गर्न मेगा परियोजनाका लागि न राज्यसँग पैसा छ न लगानी कर्ताले नै चासो देखाएका छन् कारण हाम्रो बजारको नै ठेगान छैन ।
त्यसैले अझै केही वर्षसम्मका लागि पर्यटन नै मुलुकको समृद्धिका लागि सही बाटो हो कि भन्ने मेरो तर्क हो । पर्यटन व्यवसायका लागि सरकारले भौतिक पूर्वाधार जस्तै बाटो घाटोमा मात्रै लगानी गरे पुग्ने बाँकी केवल खुकुलो नीति मात्र बनाइदिए स्वदेशी र विदेशी लगानीकर्तालाई भित्रयाएर विदेशी मुद्रा आर्जन गर्न सकिने प्रमुख माध्यम पर्यटन बाहेक अरु हुनै सक्दैन । यो यस्तो व्यवसाय हो जसका लागि कच्चा पदार्थ हामीले बाहिरबाट ल्याउनु पर्दैन । कच्चा पदार्थको रुपमा हाम्रा हिमाल, पहाड, तराई नदीनाला, हाम्रो भेषभूसा, संकृति, खानपान, हावापानी, मठ मन्दिर कतै बाहिरबाट हामीले झिकाउनु पर्दैन । यी सबै प्रकृतिले हामीलाई बरदान नै दिएको छ भने जानीजानी अरु बाटोमा हामी किन हिँडिरहेका छौं मैले बुभ्mन नसकेको हो कि शासकको लापरवाही हो या चासो नै नदिएको हो मलाई थाहा भएन ।
२–सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल आउने तथ्यांकले पनि भनिरहेको छ भने उनीहरू किन नेपाल आउछन यो कुरालाई मध्यनजर गरी यहाँका लगानीकर्ता र सरकारले उनीहरूका लागि गन्तव्य तयार गर्नुपर्यो । दुई थरिका पर्यटक मात्र नेपाल आउँछन् । छुट्टी मनाउने युवाहरू र धार्मिक उद्देश्यले आउने अधबैंसे बृद्धहरू ।
३–नेपाल घुम्न आउने सबैभन्दा बढी भारतीय पर्यटकहरू हिल स्टेसन भनेपछि हुरुक्क हुन्छन् । भारतको जनसंख्याको अनुपातमा उनीहरूसँग घुम्नका लागि हिल स्टेशनको संख्या एकदमै थोरै छन् । हामीकहाँ जति पनि हिल स्टेशनहरू छन तर भौतिक पूर्वाधार र उच्च जोखिमका कारण निजी क्षेत्रले यसमा लगानी गर्ने हिम्मत गर्न सकीरहेका छैनन् । भारतको बोर्डरबाट २०० किमी भित्र पर्ने मध्य पहाडी क्षेत्रमा हिल स्टेशन बनाउने र त्यहाँ होटल रिसोर्ट र अरु पर्यटकिय एक्टिभिटी निर्माण गर्न खुकुलो नीति बनाउने ।
४–व्यवसायलाई उच्च प्राथमिकता दिन चीन र भियतनाम जस्ता कम्युनिस्ट देशलेसमेत व्यापार गर्न आउने जो सुकै लगानीकर्ताका लागि जमिन ९९ वर्षका लागि लिजमा दिने गरेको छन् । सरकारको त्यो नीतिका कारण आज कम्युनिज्म देश भएर पनि त्यहाँ वैदेशिक लगानीकर्ताहरूको ओइरो नै लागेको छ भने हामी कहाँ पनि व्यापार व्यवसाय गर्ने ठूला लगानीकर्तालाई सरकारले सहज तरिकाले लामो समयका लागि जग्गा लिजमा उपलब्ध गराउनुपर्दछ तर वातावरणलाई असर नपर्न दिन सेवा र सर्तहरू भने कडा बनाउनुपर्ने हुन्छ ।
५–लोन सहज र पर्यटकसँग जोडिएका व्यवसायमा बढीमा ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने नीति बनाउनु पर्छ ।
६–कोरोना त्यतिकै जन्मिएको होइन, वातावरण र इकोसिस्टमलाई ध्वस्त गर्ने मानिसकै कारण आज सारा विश्व त्यसको सजाय भोगिरहेको छ । त्यसैले दिगो पर्यटन र पर्या पर्यटनलाई विषेश जोड दिन यी कुरालाई अनुसरण गर्ने पर्यटन उद्योगलाई सरकारले सब्सिटी दिनुपर्ने नीति अवलम्बन गर्नुपर्नेछ ।
७–तुलनात्मक हिसाबले यहाँ कुनै पनि व्यवसाय गर्नुपर्दा छिमेकी राष्ट्रहरूको तुलनामा लगभग तीन गुणा बढी लगानी गर्नुपर्ने हँुदा १० करोड भन्दा बढी लगानी गर्ने कम्पनीलाई कम्पनीको खुद मुनाफामा कम्तिमा पनि २० वर्ष टेक्स फ्री गर्नुपर्छ ।
८–मूल्य अभिबृद्धि करमा पनि पुनरावलोकन गर्नुपर्छ । रेष्टुरेन्ट, बार र लजमा सरकारले फरक–फरक भ्याट दर लागू गर्नुपर्छ यस्तो प्रचलन अन्य देशहरूमा पनि छ त्यसैले मेरो विचारमा लजमा ५ प्रतिशत मात्र भ्याट लागू गर्नुपर्छ ।
९–पर्यटनको क्षेत्रमा लगानी गर्न आउने बिदेशी तथा स्वदेशी लगानी कर्तालाई एकद्धार प्रणालीअन्तर्गत पर्यटन उद्योग संचालन गर्नका लागि सहज नियम कानुन बनाउनुपर्छ ।
१०–कानुनमा दश वटा छिद्र बनाएर व्यवसायीलाई हरेश गर्ने खालका नियमहरू तुरुन्त संसोधन गर्नुपर्छ ।
११–निकुञ्ज क्षेत्रभित्र पर्यटकिय सेवा सञ्चालन तथा नियमन कार्यविधि तीन वर्षदेखि त्यतिकै थन्किएको छ उक्त कार्यविधि मन्त्रिपरिषदले पास गरेर यथासिघ्र लागू गर्नुपर्छ ।
१२–आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न सरकारी गैर सरकारीका साथै निजी क्षेत्रको स्वामित्व रहेका कलकारखाना र कम्पनीमा पनि हप्ताको दुई दिन बिदा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ जसले नजिकका डेस्टिनेसनको प्रमोशन हुने र थोरै भए पनि आर्थिक गतिविधि चलायमान हुनेछ ।
१३–सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्न आफ्नै देशमा मात्र घुम्नका लागि वर्षमा कम्तीमा १५ दिन अनिवार्य बिदा लिनैपर्ने व्यवस्था गर्नु पर्ने ।
१४–धनगढी, नेपालगञ्ज, पोखरा, विराटनगर, सिमरा र काठमाडौं सहरहरूलार्ई सुरुमा कम्तिमा हप्तामा दुई फ्लाइट हवाई मार्गले जोडनुपर्ने ।
१५–सबै स्थानिय र प्रदेश सरकारहरूले पनि पर्यटनलाई प्राथमिकतामा राखी भौतिक र रणनीतिक योजनाहरू बनाउने र कम्तिमा एउटा वडा एउटा डेस्टिीनेशन अनिवार्य बनाउनैपर्ने नीति अवलम्बन गर्नुपर्ने ।
१६–नेपाल सरकारले तयार गरेको पर्यटन रणनीति २०१७(२०२५ अनिवार्य लागू गराउनु पर्ने ।
मैले जाने बुझे अनुसार माथि उल्लेखित बुँदाहरूमा सरकारले ध्यान दिएको खण्डमा साना साना खुद्रा व्यवसायी चियापसलेदेखि ठूल्ठूला उद्योगपतीहरूलाई यस व्यवसायमा आकर्षण गर्न सकिनेछ । यो आर्थिक वर्षमा देशभरी ५० वटा मात्र हिलस्टेशनको विकास गर्न सकियो भने लाखौंको संख्यामा भारतीय र आन्तरिक पर्यटकको आगमन हुनेछ र यसले स्थानीय युवाहरूका लागि रोजगारको अवसर पनि सिर्जना गर्नेछ भने सबै तहका सरकारलाई कर पनि प्राप्त हुनेछ ।
पोखरा–चितवन–काठमाडौ पटक–पटक घुमेर नयाँ गन्तव्यको खोजी गर्ने आन्तरिक र भारतीय पर्यटकहरूलाई यिँ हिलस्टेशनहरू आकर्षण गर्न सफल हुनेछन् । ट्याक्स फ्रिको कुराले अर्थमन्त्री ससंकित हुन सक्छन तर मैले कम्पनीको खुद मुनाफामा मात्र ट्याक्स फ्रि को कुरा गरेको छु तर सरकारको लचिलो नीतिका कारण उद्योगधन्दा खुलेको खण्डमा दशौं हजार मानिसले रोजगार पाउनेछन् । यसले बेरोजगारको समस्या पनि समाधान गर्नेछ भने उनीहरूले पाउने पारिश्रमिकबाट सरकारलाई महिनामा लाखौं कर प्राप्त हुनेछ साथै उद्योगहरूले लाखौं रकम भ्याट उठाएर सरकारलाई दिनेछन् ।


त्यसकारण अब धेरै कुर्ने र सोँच्ने कुनै दरकारै छैन । कोरोनाको कहरपश्चात नागरिक र व्यवसायीलाई उम्काउन यही बजेटमा कत्ति पनि ढिला नगरीकन बजेटको सही सदुपयोग नहुने र खर्च गर्ने मेकानिज्म पनि कमजोर भएको हाम्रो जस्तो मुलुकका लागि साना–साना कनिका छर्ने योजना भन्दा ठूल्ठूलासडक र हवाई यातायात जस्ता भौतिक परियोजनामा पैसा छुट्याएर नागरिकलाई हदै लचिलो नीतिका साथ यो व्यवसायको मेन स्ट्रिममा ल्याउन सके पर्यटनको क्षेत्रमा काया पलट हुने कुरामा म पूर्ण विस्वस्त छु । जय पर्यटन ।

कृष्ण बहादुर महरा नेपाल पर्यटन बोर्ड सदस्य हुन्

प्रतिक्रियाका लागि : [email protected]


Facebook Comment


No ads found for this position