पर्यटनलाई खुला आँखाले हेर्नुपर्छ


काठमाडौं–कोरोना कहर सुरु भएको ६ महिना घर्किसक्यो । तर, अझै पनि नियन्त्रणमा आउनुको साटो झन् झन् संक्रमणको दर फैलिँदै गएको छ । केही चीनको वुहान हुँदै युरोप, अमेरिका हुँदै दक्षिण एसियामा प्रवेश गरेको कोरोना संक्रमले नेपाललाई पनि अहिले जकडीसकेको छ ।

आजसम्म नेपालमा २९२ जना संक्रमित फेला परिसकेका छन् । परीक्षणको दायरा बढाउने हो भने, संख्यात्मक दर अझै बृद्धि हुने देखिन्छ । आजसम्म दुई जनाले कोरोनाबाट ज्यान पनि गइसकेको छ । केही हुँदैन भन्दाभन्दै कोरोनाले नेपालमा दुई जनाको ज्यान लिइसकेको छ ।

बाँच्नु पहिलो प्राथमिकता हो । तर, बाँच्नका लागि आवश्यक रोजगारी, उत्पादन र वितणरणका कुरा पनि छन् । अहिले दुई महिनादेखि जारी लकडाउनका कारण यो सबै ठप्प भएको छ । दैनिक अत्यावश्यक वस्तु वितरणमा केही लचकता अपनाए पनि नागरिकले सहजै पाउन सकेका छैन् ।

सरकारसँग पनि परीक्षणको दायरा बढाउनुको साटो लकडाउन बढाउनुकै विकल्प देखिँदैन । केही दिनअघि मात्र सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याएको छ । यस्तो स्थितिमा सरकारबाट विशेष राहत प्याकेज आउने अपेक्षा सबैमा थियो । तर, सरकारले नयाँ बोतलमा पुरानै रक्सी भनेझै पुरानै मोडेलमा बजेट ल्याएको देखिन्छ ।

लकडाउनले सबैभन्दा पर्यटन क्षेत्रलाई असर गरेका छ । नेपालमा आर्थिक गतिविधि चलायमान गराएको नै पर्यटन क्षेत्रले हो । पर्यटन भनेको कुनै निश्चित स्थानमा घुम्नुमात्रै होइन । यससँग धेरै पक्षहरु जोडिएका छन् । व्यवसाय, कृषि उत्पादन, रोजगारी र बैंकिङ कारोबारको अधिक क्षेत्र पनि यसैसँग जोडिएका छन् ।

पर्यटन व्यवसाय ठप्प भएसँगै यससँग जोडिएका पर्यटन क्षेत्रका सवारी साधन पनि अहिले लकडाउनमै छन् । अहिले सवारीको स्थिति के छ, कसरी यो लकडाउनको सामना गरिहनुभएको नेपाल पर्यटक यातायात ब्यबसायी संघका अध्यक्ष रामहरी शर्मा, सँग आजको शृंखलामा कुराकानी गरेका छौं ।


व्यवसाय तहसनसह नै भयो

नेपालमा केही व्यवसाय गर्ने वातावरण बनेदेखि यति धेरै ठूलो आपत आइलागेको यो पहिलो पटक नै हो । सबै व्यवसाय बन्द छन् । हामीले पनि हाम्रा सवारी ठप्प पारेर राखेका छौं । मेरो आफ्नै कम्पनीमार्फत पनि करिब ५० बढी पर्यटक सवारी सञ्चालत छन् । मासिक रुपमा मलाई मात्रै ५० लाख जतिको घाटा भइरहेको छ ।

नेपाल पर्यटन यातायात व्यवसायी संघमा आवद्ध ८० सदस्यका सवारी मात्र करिब २८ सयको संख्यामा छन् । यस्तै देशभरीमा करिब ५८ सय पर्यटक क्षेत्रका सवारी साधन सञ्चालित छन् ।

सबैको सरदर हिसाब गर्दा मासिक एउटा सवारीमा ७० हजार माथिको घाटा भएको छ । अब केही वर्षसम्म यो घाटा पूर्ति हुने सम्भावना देखिँदैन । सबैभन्दा पहिला त बाच्नुप¥यो ।

तर, बचाउने भन्दै गर्दा पनि आर्थिक गतिविधिका आधारभूत पक्षहरुलाई बहिस्कार गर्नु पनि त भएन । व्यवसाय जोगाइराख्न सक्यौं भने पो भोली हामी माथि उठ्न सक्छौं । सरकारले यसतर्फ ध्यान दिएको देखिँदैन । यसपटकको नयाँ नीति तथा कार्यक्रममा हाम्रा लागि केही सहुलियतका कार्यक्रमहरु आउँछन् कि भन्ने अपेक्षा थियो । तर, सरकारले पुनः आपतमा स्वयं आफैं लड्नुपर्छ भन्ने भान गराएको छ ।

पर्यटनलाई खुला आँखाले हेर्नुपर्छ


अहिलेसम्म पर्यटन भनेको राज्यले सिमित आँखाले हेरेको देखिन्छ । कमाइ बढी भएकाले फुर्मास गर्ने क्षेत्रका रुपमा राज्य र त्यहाँ नेतृत्व गर्नेहरुले हेर्दै आएको पाइन्छ । तर, पर्यटन खाली घुम्नेसँग मात्रै सम्बन्धित छैन ।

यसको अन्य क्षेत्रसँग पनि अन्योन्याश्रित सम्बन्ध छ । उत्पादनदेखि रोजगारीसम्म पर्यटन क्षेत्रको ठूलो योगदान छ । राज्यले त हामीलाई करोडौं कमाउँछन् भन्ने नै ठानेको छ । तर, बैंकको लोन र कर्मचारी पाल्दै ठिक हुन्छ ।


फाइदा धेरै नहुँदा व्यवसाय नै नगरे भइहाल्यो नि भन्ने पनि कतिको तर्क छ । तर, आर्थिक गतिविधि चलायमान गराउन यस्ता व्यवसायहरु सञ्चालित हुन अनिवार्य छ । राज्यले चाह्यो भने सबैभन्दा बढी मुनाफा पर्यटन क्षेत्रबाटै लिन सक्छ ।

त्यसैले हाम्रो अहिलेको माग भनेकै बैंकर्सका कारण समस्या भएकाले कम्तिमा एक वर्षसमम्म किस्ता होल्ड गर्न भनेका छौं । हामी स्टेवल हुँदै गएपछि तिर्दै जानेछौं ।

अन्य देशले नागरिक र

व्यवसायीका लागि

छुट्टाछुट्टै राहत

प्याकेजहरु लिएर

आएका छन् ।

तर, हाम्रो सरकार भने

अझै कर बढाउने कुरा

गर्दैछ


आपत्मा राज्यले मुख फे¥यो

अहिले तत्काल बाँच्नलाई नै समस्या छ । मजदुरलाई पनि बचाउनुप¥यो । हामीसँग पैसा छैन । एक प्रतिशत भए पनि सामाजिक सुरक्षा कोषमा जम्मा भएको थियो । कोषमा अहिले अर्बौं रुपैयाँ छ । तर, सरकारले खोइ आपत्मा नागरिक र व्यवसायीको रक्षाका लागि पहल चालेको ?

राहतका नाममा पनि अर्बौैं रुपैयाँ खातामा जम्मा भएको छ । अन्य देशले नागरिक र व्यवसायीका लागि छुट्टाछुट्टै राहत प्याकेजहरु लिएर आएका छन् । तर, हाम्रो सरकार भने अझै कर बढाउने कुरा गर्दैछ । आखिर नागरिकलाई आपत् पर्दा राज्यले मुख फेर्ने हो भने किन कर तिर्न आवश्यक प¥यो र ?

अहिले बैंकले खातामा भएको पैसा पनि धमाधम काटिरहेका छन् । दैनिक किस्ताका लागि फोन आयरहेको छ । व्यवसायी नै विस्थापित हुने स्थिति आएको छ । सरकारले केही नगर्ने हो भने, हामीले हाथ उठाएर सडकमा आउनुको विकल्प छैन ।

पर्यटन संवेदनशील व्यवसाय हो

नीति तथा कार्यक्रममा केही पनि शब्द उच्चारण भएको देखिँदैन । सरकारमा बस्नेहरुलाई पर्यटन भन्ने के हो भन्ने नै थाह रहेनछ । राज्यको लागि ठूलो योगदान दिएको क्षेत्रलाई नै अहिले उपेक्षा गरिएको छ ।

पर्यटन अरुजस्तो व्यवसाय होइन । लकडाउन खुलेपछि सबै छिट्टै सामान्य अवस्था आउँछन् । तर, कोरोनाको पहिलो प्रभाव नै पर्यटन क्षेत्रमा परेको थियो । यो मिाथ उठ्ने पनि अन्तिममै हो । किनकी मानिसहरु सबै सामान्य भएपछि मात्रै घुम्न आउने हुन् ।

नयाँ गन्तव्यको खोजी

अहिलेसम्म नेपालका केही सिमित क्षेत्रमा मात्रै पर्यटन प्रवद्र्धन हुँदै आएको छ । अब सरकारले नयाँ गन्तव्यहरु पनि खोज्नुपर्छ । तीनको प्रचारप्रसार गर्नुपर्छ । त्यहाँ लगानी गर्न चाहनेहरुलाई सहुलियतमा ऋण प्रदान गर्नुपर्छ । मानिसहरुलाई घुम्नका लागि नयाँ गन्तव्यमा पूर्वाधार निर्माण पनि गर्नुपर्छ ।

अहिले आन्तरिक पर्यटनका कुरा त धेरै भएका छन् । तर खोइ नीति तथा कार्यक्रममा यस सम्बन्धी कुनै पनि योजना देखिएन । आन्तरिक पर्यटन भनेको केही समयसम्म चलायमान गराउन त ठिकै हुन्छ । तर, यसले ठूलो होटल व्यवसायीलाई खासै प्रभाव पार्न सक्दैन ।

त्यसैले अब लकडाउनपछि सरकारले खाली घुम्ने क्षेत्रका रुपमा मात्रै नहेरी यसलाई समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा हेरी नीति ल्याउनुपर्छ ।


Facebook Comment