कर्णाली प्रदेशलाई कुमारी ट्रस्टले दिने भयो एक करोडको स्वास्थ्य सामग्री

काठमाडौंःकुमारी ट्रस्टले कर्णाली प्रदेशका दशैवटा जिल्लाका लागि एक करोडभन्दा बढीको स्वास्थ्य सामाग्री दिने भएको छ । दिन प्रतिदिन कोरोनको प्रकोप बढ्दै गएपछि अति जोखिममा रहेको भन्दै कर्णाली प्रदेशका लागि कुमारी ट्रस्टले स्वास्थ्य सामाग्री दिन लागेको हो ।
कुमारी ट्रस्टका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटरसहित तत्काल आवश्यकक्ता भएका स्वास्थ्य सामग्रीहरू झण्डै सत्तरी लाख रुपैयाँ र बाँकी प्रदेशका जिल्लाहरूका अस्पतालाई ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिनेछ ।’
स्वास्थ्य सामग्रीहरू प्रदान गर्नुअघि जिल्लाका अस्पतालका डाक्टहरूसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरू प्रदान गर्न लागेको अध्यक्ष शाहले बताए ।

जिल्ला अस्पतालको मागअनुसार प्रत्येक जिल्लाहरूमा फरक–फरक समानहरू रहेको बताउँदै उनले भने, ‘केही जिल्ला अस्पतालहरूले सुत्केरीको लागि बेडहरू माग गर्नु भएको छ, भने केहीका लागि अक्सिजनका समानहरू छन् ।’
कर्णाली प्रदेशका दशवटा जिल्लालाई हेर्ने हो भने जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेत केन्द्रबिन्दु पर्दछ ।

यी दुई अस्पतालाई नै केन्द्रित गरेर आफूहरूले स्वास्थ्य सामग्री प्रदान गर्न लागेको उनले बताए । ‘तत्काल सबै जिल्लाहरूको हकमा आईसीयु राख्न सक्ने अवस्था छैन । यही भएर हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल रोज्नु परेको हो,’ उनले भने ।
कर्णालीको वर्तमान अवस्था हेर्ने हो भने कोरोनाबाट केही असर परेको छैन तर, भोलीको दिनमा केही नहोला भन्न सक्ने अवस्था छैन । यही कुरालाई मध्यनजर गर्दै आफुले सवस्थ्य सामग्री प्रदान गर्न लागेको अध्यक्ष शाहले बताए । यी सामग्रीहरू अहिले मात्र नभएर दिर्घकालीन रुपमासमेत उपयोगी हुने उनको भनाइ छ ।


उनले थपे, ‘अहिले हामीले एकवटा भेन्टीलेटरसहित ५ वटा आईसीयु बेड प्रदेश अस्पतालमा तयार गर्न लागेको छौं ।’ यस्का लागि सम्बन्धित निकायसँग छलफल गरेर लिएको उनले बताए । यी सामाग्रहरू स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी माया राणाले आफ्नो बुबाको नाममा वर्षदिनको पुण्यतिथिको अवसरमा कुमारी ट्रससँग सहकार्य गरेर किनेको अध्यक्ष शाहले जानकारी दिए ।
जाजरकोटमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसेकेका शाह समाजसेवामा क्रियाशील छन् । उनले व्यक्तिगत पहल तथा कुमारी फाउन्डेसनमार्फत जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरीसकेका छन् ।
६ करोड लगानीमा निमार्ण गरीएको अस्पतालमा २५ शड्ढयाको रहेको छ ।

सामुदायिक अस्पतालमा ओपीडी, अप्रेसन, एक्सरे, प्रसूति, ल्याव, फार्मेसी डाक्टर तथा नर्स क्वाटर प्रशासन, शौचालयलगायत सेवा सञ्चालन गर्न सकिने गरी पूर्वाधार तयार रहेको छ । सामुदायिक अस्पताल निमार्णका लागि छेडागाड नगरपालिका–५ का स्थानीयले ५ रोपनी जग्गामा निःशुल्क प्रदान गरेका थिए ।


कर्णाली प्रदेशमा सुविधाका हिसावले हेर्ने हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेत रहेको छ । प्रदेश अस्पतताल सुर्खेतमा ५ वटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा ५ वटा र जिल्ला अस्पताल दैलेखममा एक वटा गरी कर्णाली प्रदेशभर ११ वटा भेन्टीलेटर रहेको प्रदेश अस्पतालका वरिष्ठ डाक्टर रविन खड्काले बताए ।


उनले भने, ‘कर्णाली प्रदेशभरी १७ वटा आईसीयु बेड छन्, हालसम्म आरडीटी टेस्ट ७ हजार ३ सय ७२, पीसीआर २ हजार ६ सय ७१ जनाको परीक्षण भसकेको छ ।’ लकडाउन अवधिमै सीमा नाकाबाट ८ हजारको हाराहारीमा कर्णाली प्रदेश फर्किसकेका थिए ।


Facebook Comment


No ads found for this position