पाँच वर्षसम्म नेपाली पर्यटकलाई विदेश जान रोकौं

काठमाडौं–कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ । करोडौंले रोजगारी घुमाएका छन् । भने अर्बौं लगानीका उद्योग कलकारखानाहरु बन्द भएका छन् । नेपालमा पनि कोरोना कहरका कारण लकडाउन जारी गरिएको दुई महिना पुगिसक्यो । दुई महिनाको अवधिमा दुई जनाले ज्यान पनि गुमाइसकेका छन् ।
सारा नेपाली यतिबेला लकडाउनमै छन् । केही सिमित गाउँ घरतिरका किसान खेतीमा व्यवस्थ भए पनि सहरिया जीवन पुरै बन्द कोठाभित्रै छ । नेपालमा कोरोनाका कारण धेरै प्रभावित बनेको क्षेत्र भनेको पर्यटन व्यवसाय नै हो ।
पर्यटनभित्र पनि होटल व्यवसाय सबैभन्दा ठूलो क्षेत्र हो । यहाँ लाखौंले रोजगारी पाएका छन् । मासिक अर्बौंको कारोबार हुने होटल व्यवसाय लकडाउन सुरु भएदेखि नै बन्द छन् । र लकडाउन अन्त्य भएपछि मात्रै खुल्नेछन् ।
आजको शृंखलामा हामीले लकडाउनपछि पर्यटन र होटल व्यवसाय माथि उकास्न के कस्ता योजनाहरु आवश्यक हुन सक्छन् भन्ने विषयमा होटल सेन्ट्रल प्लाजा कोहलपुरका सञ्चालक देव अर्यालसँग कुराकानी गरेका छौं ।

कर्मचारीको सुरक्षा प्रथामिकतामा


यो कोरोना कहरले सबैलाई प्रभावित पारेको छ । नेपालको सबैभन्दा धेरै आर्थिक गतिविधि हुने पर्यटन र होटल व्यवसाय झनै त्यसबाट प्रभावित हुने नै भयो । ६ महिनादेखि सबै होटलहरु बन्द छन् ।
यसबीचमा सबै होटलहरुले आफ्ना कर्मचारीलाई बिदा गरेका छन् । म यस्तो निर्णयमा होल व्यवसायीहरुसँगै असन्तुष्टि राख्ने गरेको छु । किनकी सँधै यही स्थिति रहँदैन । कमाइ हुँदासम्म उनीहरुको श्रम लिने र अहिले आपत्मा उनीहरुको साथ छाड्ने अवस्था त हुँदैन नि ।
दुई चार जनाले सानो लगानीमा सञ्चालन गरेका हुन्छन् । जुन एक दुई दिन बन्द हुनेबित्तिकै सबै कारोबार बन्द हुने स्थितिका होटलका लागि अलग कुरा हो । तर, अर्बौं लगानी गरेर खर्बौं फाइदा लिइसकेका होटलहरुले यस्तो आपत्कालीन स्थितिमा कर्मचारीलाई बिदाइ गर्नु उचित होइन ।
बढीमा एकसय जनासम्म कर्मचारी नै राखिएका हुन्छन् । त्यस्तोमा मासिक २० लाखसम्म खर्च हुन्छ । बरु केही तलबमा तलमाथि भए पनि पूर्ण रुपमा बिदाइ गर्ने कुरा सरासर गलत हो ।

सरकारको नीतिले निराश बनायो


बाहिरका देशहरुले आफ्ना नागरिक व्यवसायीका लागि विभिन्न राहतका प्याकेजहरु ल्याएका छन् । तर, हाम्रो सरकारले ल्याएको नीति तथा कार्यक्रममा आशलाग्दो कुनै पनि कार्यक्रम आउन सकेको छैन ।
हामीले सरकारसँग राहतस्वरुप पैसा मागेका पनि होइननौं । तर, नीतिगत रुपमा हुने कुरालाई सहज बनाइदिन माग गरेका थियौं । यसपटकको नीति तथा कार्यक्रमले निराशा छाएको छ । दुःखका साथ भन्नुपर्दा । बैंक नै व्यवसायीका सहयात्री साहु हुन् । तर, यतिबेला यी सहयात्रीले पनि आफ्नो बाहेक अरुको हित हेर्न सकेका छैनन् ।
राष्ट्र बैंकले दुई प्रतिशत व्याजदर घटाउने कुरा पनि मान्न सकेका छैनन् । यो देशको सरकारी निकायको निर्देशन नै उल्लंघन गर्ने बैंकर्स के सरकारभन्दा ठूला हुन् र ? बरु भएका समस्या सरकारसमक्ष राख्नुपर्छ । यस्तो अवस्थामा अरु सबै उद्योगधन्दा डुबिरहेका छन् । बैंकर्सहरु भने आफूहरु कमाउँ नै भन्नेतिर छन् ।

वर्गीकरण गरेर सहुलियत दिनुपर्छ


अहिले संसारै ठप्प छ । सबैभन्दा धेरै क्षति त एयरलाइन्स कम्पनी र होटल व्यवसायीले नै व्यहोर्नुपरेको छ । एयरलाइन्स तर लकडाउनपछि नै आफ्नो स्थितिमा आइहाल्छन् । तर, होटल व्यवसाय भने संसार सामान्य नहुँदासम्म पूर्ववतः अवस्थामा आउँदैन ।

होटल व्यवसाय कृषिदेखि पशुपालन र उपभोक्ताको दैनिकीसँग पनि जोडिएको छ । अब होटल व्यवसाय माथि उकास्न आजको भोली सकिँदैन ।
जबसम्म पूरै संसारबाट कोरोना उन्मुलन हुँदैन तबसम्म निर्बाद रुपले होटलहरु सञ्चालन हुने अवस्था आउँदैन

अलिकति समय लाग्छ नै । व्यवसायमा केही यस्ता पक्षहरु छन् जसलाई राज्यले औंल्याउनुपदर्छ । हिजो नाकाबन्दी हुँदाका समयमा जसले तेल बेचेरै घर लगाए उनीहरुले नै पछि राहत पनि पाए । कतिले व्यवसाय डुब्दा घर नै बिक्री गरी ऋण तिर्नुपर्ने अवस्था पनि आयो ।
अब अहिलेको यो लकडाउनमा पनि यस्तै अवस्था सर्जन हुँदैछ । दैनिक अत्यावश्यक कारोबार गर्नेहरुलाई त बन्द छैन् । अझै विगतको भन्दा महँगोमा बिक्री गरिरहेका छन् । त्यसैले सरकारले व्यवसायीलाई अनुदान होइन कि, वर्गीकरण गरेर सुविधा दिनुपर्छ ।
यहाँ कसैले दिनरात मनग्य कमाइराखेका छन् भने, कोही भोकै मर्नुपर्ने स्थिति आउँदैछ । सरकारले एउटा मेकानिजम बनाउनुप¥यो । त्यो मेकानिजमले आर्थिक अनुसन्धान गर्नुपर्छ । कुन क्षेत्रमा कति क्षति भएको छ अनुगमन गरिनुपर्छ । त्यसपछि क्षतिको मूल्यांकन गरेर वर्गीकरण गरेर मात्रै सहुलियतका कार्यक्रमहरु ल्याउनुपर्छ ।

आर्थिक गतिविधि चलायमान हुने क्षेत्र हो


आर्थिक गतिविधि चलायमान हुने क्षेत्र नै होटल व्यवसाय हो । यो कृषिदेखि पशुपालन र उपभोक्ताको दैनिकीसँग पनि जोडिएको छ । अब होटल व्यवसाय माथि उकास्न आजको भोली सकिँदैन ।
जबसम्म पूरै संसारबाट कोरोना उन्मुलन हुँदैन तबसम्म निर्बाद रुपले होटलहरु सञ्चालन हुने अवस्था आउँदैन । अब लकडाउनपछि होटलहरु खुलेको अवस्थामा यसलाई माथि उकास्न केही निश्चित कामहरु गर्न अत्यावश्यक छ ।
सेवा दिने क्षेत्र पनि हो । जस्तै, अस्पतालले उत्पादन प्रयोग गर्दैन । तर, यो स्थानीय उत्पादन होटलले प्रयोग गर्छ । होटल व्यवसायले अरुभन्दा धेरै मार्जिनमा सेवा दिन्छन् । पर्यटक भित्र्याउन सक्यो भने, सिधै डलर आम्दानी गर्ने क्षेत्र पनि हो ।
नेपालको अर्थमन्त्रीज्यूले पर्यटनको योगदान ग्राहस्थ उत्पादनमा पाँच प्रतिशत मात्रै छ भन्नुभएको छ । तर, उहाँहरुको अल्पज्ञान हो । पर्यटकले तिरेको र होटलले तिरेको कर मात्रै हुर्नुहुन्छ । त्यसबाहेक रोजगारी, उत्पादन उपभोगको कुरा त कसैले देख्दैन ।

व्यवसायमा लागेको सिन्डकेट तोड्नुपर्छ


देश त अहिले कोरोनाका हिसाबले लकडाउनमा छ । तर, काठमाडौंले त हामीलाई शताब्दीऔंदेखि सबै कुरामा लकडान लागू गरेको छ । न व्यवसाय, न विकास, न त नेतृत्व नै कुनै पनि क्षेत्रमा केन्द्रले चाह्यो भने मात्रै पश्चिमले पाउने अवस्था छ ।
यस्तै पर्यटन व्यवसायमा पनि राज्यले कर्णाली र पश्चिमलाई सिन्डिकेट लगाएका छन् । त्यो सिन्डकेट लगाउन केन्द्रका केही ठूला व्यापारी नै उद्दत छन् । पहिलो कुरा त कोरोना सिध्याउनै पर्छ । तर, कोरोनासँगसँगै केन्द्रबाट लादिएको सिन्डकेट पनि तोड्न सक्यौं भने मात्रै पश्चिमको पर्यटन विकास हुन्छ ।
पश्चिमा पर्यटन आउनुको मुख्य कारण नै हवाइ भाडामा महँगी हो । नेपाली भन्दा विदेशीलाई पाँच÷सात गुणाम्म महँगो लिइन्छ । यसले त एकपटक आएको पर्यटक न आफू फर्किन्छ न आफ्ना आफन्तलाई नै आउन दिन्छ ।
हामीले विगत लामो समयदेखि पर्यटक भाडामा सहुलियत दिन भनिरहेका छौं । तर, यहाँ समस्या कहाँनिर छ भने, जुन हवाइ कम्पनीहरुले पर्यटक बोक्छन् । उनीहरुकै पोखरा, काठमाडौं, चितवन र लुम्बिनीजस्ता क्षेत्रमा लगानी छन् । उनीहरुले पर्यटकलाई त्यहाँ केन्द्रित गर्नका लागि पनि पश्चिममा हवाइ भाडा अत्यधिक महँगो गराएका हुन् ।


दुर्गम भन्ने त बाहना मात्र हो, यदि पश्चिममा पर्यटकको संख्या बढ्यो भने, आफूहरुको व्यवसाय बन्द गर्नुपर्छ भन्ने उद्देश्यले नै हवाइ कम्पनीहरुले यस्तो योजना बनाएका हुन् । हामीले पर्यटन मन्त्रालयसँग धेरै पटक कुरा गरिसकेका छौं । अब लकडाउनपछि पश्चिमको पर्यटन प्रवद्र्धनका लागि यो सिन्डिकेट तोड्नु पहिलो आवश्यकता हो ।
यस्तै, होटलहरुमा पनि अत्यधिक महँगो छ । विदेशीहरु त पश्चिममा आउँदा लुटिन आएको जस्तो महशुस गर्छन् । हामीले उनीहरुलाई खुशी बनाएर आम्दानी गर्ने हो । प्रदेश सरकारका मुख्यमन्त्रीलाई पनि आग्रह गरेका हौं । तर, उहाँलाई यस्ता कुराहरुको कुनै चासो छैन ।
नेतृत्वमा बस्ने मानिसहरु नै बमतलवी भएपछि केही लाग्दैन । उनीहरुको सोँच पनि व्यवसायीहरु भनेका सामन्ती नै हुन् भन्ने नै छ । अब सरकारले अहिले कर बढाउने कुरा गरिरहेको छ । अब अहिलेसम्म कर तिरेर जनताले के पाए त ?
उत्पादन बढाउने कुनै योजना नै आउँदैन । जहिले पनि वितरणमुखि र अशुल्ने मात्रै योजनाहरु आउँछन् । यसले हाम्रो देशको आर्थिक स्थिति कहाा पुग्छ होला । त्यसैले सरकारले अब उत्पादनमुखि योजनाहरु ल्याउनुपर्छ ।

पाँच वर्षसम्म नेपालीलाई विदेश घुम्न जान रोकौं


सबैभन्दा पहलिे त बाँच्नु नै अहिलेको ठूलो उपलब्धी हुनेछ । तर, सँगसँगै आर्थिक कोरोबार पनि त चलायमान गराउनुपर्छ । त्यसका लागि सरकारले ब्याजदर घटाउनैपर्छ । अहिले कृषिमा पाँच प्रतिशत व्याजदर कायम गरिएको छ ।
केही समयका लागि पर्यटन क्षेत्रमा लगानी गर्नेलाई पनि पाँच प्रतिशतमा ऋण उपलब्ध गराउनुपर्छ । अहिले बैंकर्सले लोन तिर्नका लागि तोकता गरेका ग¥यै छन् । सरकारले केही समयका लागि यसलाई पनि रोक्नुपर्छ ।

जुनदिनबाट लकडाउन भाको छ । त्यही दिनबाट होटल पूर्ण बन्द छन् । बैंकले पनि होटलहरु सम्पूर्ण रुपमा नखुल्दासम्मको अवधिको ब्याज लिनुहुँदैन । हामी भने डुब्दै जाने बैंक भने फाइदा उठाउँदै जाने पनि कही हुन्छ । बैंकको भूमिका बचत उठाउने बाहेक अन्य कुनै छैन । अब यीनलाई पनि लगानीका लागि प्रेरित गर्नुपर्छ ।
सबैभन्दा मुख्य कुरा त लकडाउन खुलेपछि काठमाडौंका केही होटलहरु त चल्छन् । तर राजधानी बाहिरकालाई पूर्ववतः अवस्थामा आउने केही समय लाग्छ । त्यसैले सरकारले अब नेपालबाट विदेश भ्रमण, विभिन्न भेला तथा सभामा जाने नेपाली पर्यटकलाई रोक्नुपर्छ ।
अहिले पनि तथ्यांक हेर्ने हो भने, नेपालमा आउने विदेशी पर्यटकको तुलनामा नेपालबाट विदेश जानेहरुको संख्या नै धेरै छ । यसले हाम्रो रकम आम्दानीभन्दा पनि बढी बाहिर गइरहेका छ । अबको पाँच वर्षसम्म नेपालबाट प्राविधिक तालिम लिनेबाहेक अन्य कुनै पनि भ्रमण, भेला जस्ता कार्यक्रमहरुमा बाहिर देश जान दिनु हुँदैन ।
बाहिर गरिने त्यस्ता कार्यक्रमहरु पनि देशभित्रै गरिनुपर्छ । यसले आन्तरिक आम्दानी वृद्धि मात्रै होइन, बाहिर जाने रकम पनि जोगिन्छ । यहीँ त्यस्ता गतिविधि हुँदा होटल, र पर्यटकीय क्षेत्रको चहलपहल बढ्छ । पछि स्थिति सुधार हुँदै जाँदा खोल्दा पनि खासै फरक पर्दैन ।
लकडाउनले नयाँ संस्कार जन्माएको छ । मानिसलाई घरबस्ने नसा लाग्यो । अब सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वर्षमा १५ दिने अनिवर्या घुम्नैपर्ने नीति बनाउनुपर्छ ।
सात दिन गर्मी सिजन र सात दिन जाडो सिजनमा । अबरु अन्य बिदाहरु कटौटी गरी कर्मचारीलाई घुम्ने वातावरण दिनुपर्छ । यस अवधिमा पूरै नेपाल होलिडे बनाउने संस्कार बसाउनुपर्छ । विभिन्न प्याकेजहरु निर्माण गरेर सहुलियत दिने हो भने, हाम्रो पर्यटन क्षेत्र माथि उस्किन खासै समय लाग्दैन ।


Facebook Comment


No ads found for this position