रोल्पामा एक युवकको आइसोलेसनमा मृत्यु

रोल्पा–रोल्पा नगरपालिका–१ सानो लिबाङका एक युवकको अस्पतालको आइसोलेसनमै रहेकाबेला सोमबार दिउँसो मृत्यु भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन् ।

२२ वर्षीय युवक मृगौलाको डाइलासिस गराएर गृह जिल्ला फर्काइएको पारिवारिक स्रोतले जनाएको छ । टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे दश वजे रोल्पा अस्पताल रेउघामा विरामी युवकलाई भर्ना गरिएको थियो ।

घरमा भन्दा गृह जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल पु¥याएका थिए । युवकलाई आइसोलेसनमा राखिएको थियो । आईसोलेसन मै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा। धनमाया घर्तीमगरले जानकारी दिईन् ।

दुई वर्षयता युवक मृगौला समस्याले थलिएका थिए । पटकपटक डाइलासिस गराउँदै आएका उनको राजधानीको अस्पतालबाट फर्किएपछि मृत्यु भएको हो । मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो । आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको जाँच गरिने मेडिकल सुपरिटेण्डेट डा. घर्तीमगले वताईन् ।

अस्पतालमा युवको आरडिटी जाँच गर्दा नेगेटिभ आएको जनाईएको छ । पिसिआर संकलन गरि परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
लामो समयदेखि मृगौला पीडित रहेकाले परिवारले शव बुझेर सुरक्षित रुपमा अन्त्यष्टि गर्ने भएका छन् । अस्पतालले मृतक युवकको शव सुरक्षित रुपमा ¥याप गरेर परिवारलाई हस्तान्तरण गर्ने भएको छ ।


Facebook Comment


No ads found for this position