काठमाडौं उपत्यकाका पाँच जनासहित देशभर थपिए २७ कोरोनाका नयाँ संक्रमित

काठमाडौं–नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ। थपिएका नयाँ संक्रमित भक्तपुर र ललितपुरका ५ जना छन्।

थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन्। २४ महिला र ३ जनामा महिला रहेका छन्। झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन्।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। साथै हालसम्म पुरुष ३ सय ४० र ६२ जना महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।


Facebook Comment


No ads found for this position