आन्तरिक पर्यटन र कृषि नै अवको विकल्प

काठमाडौं–कोरोना संक्रमण फैलिएको ५ महिना पुगेको छ । सारा विश्व आतंकित छ । यतिबेला मानिसको जीउज्यान कसरी जोगाउने भन्नेतर्फ नै सबैको ध्यान गएको छ ।
कोरोनाको पहिलो असर पर्यटन क्षेत्रमा परेको हो । चोह त्यो नेपालको होस वा विश्वभरकै । कोरोनापछि उत्पन्न स्थिति नियन्त्रणमा लिन जारी गरिएको लकडाउनका कारण विश्वभरका सबै पर्यटकीय क्षेत्र अहिले सुनसान छन् । नेपाली पर्यटनको त कुरै नगरौं ।
नेपालमा सबैभन्दा बढी प्रभावित बनेको र धेरै क्षति व्यहोर्नुपरेको नै पर्यटन क्षेत्र हो । अहिले पर्यटन व्यवसायीहरुले सरकारलाई विभिन्न नीतिमार्फत सहजता ल्याउन माग गरिरहेका छन् । बैंकको ब्याजदरमा सहुलियत तथा लकडाउन साम्य नहुँदासम्म किस्ता तिर्ने मिती होल्ड गर्नुपर्ने उनीहरुको माग छ ।
अहिले कोरोना नियन्त्रणमा लागि लकडाउनका कारण सबै घरभित्रै छन् । ठूलो समस्या त त्यतिबेला उत्पन्न हुनेछ । जब लकडाउन खुलेपछि मानिसको हातमा रोजगारी हुनेछैन, व्यवसायीलाई बैंकको किस्ता तिर्नमै हम्ये हम्ये हुनेछ ।
हामीले एक महिना प्रन्ध दिनदेखि शृंखलाबद्ध रुपमा कोरोना अन्त्यपछि नेपालको पर्यटन र आर्थिक स्थितिलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषय उठान गर्दै आएका छौं । आजको शृंखलामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य, नेपाली काँग्रेस सोलुखुम्बुका नेता एवं पर्यटन ब्यबसायी प्रकाशसिंक कार्कीसँग कुराकानी गरेका छौं ।

लकडाउनपछिको समस्या समाधान गर्न कठिन हुनेछ

अहिले आर्थिक क्षेत्रमा कति नोक्सान भएको छ भनेर भनिसक्ने स्थिति छैन । सबैभन्दा धेरै पर्यटन र कृषि यसको चपेटामा परेका छन् । किनकी आवतजावत बन्द भएपछि पर्यटन क्षेत्रको खर्बौं लगानी डुब्ने अवस्थामा छ भने, किसानले खेतमा बाली लगाउन पनि पाएका छैनन् ।
अहिले त मानिसहरु लकडाउनका कारण घरभित्रै छन् । तर, जब लकडाउन खुलिसकेपछि मानिसहरुसँग रोजगारी हुने छैन, आम्दानीका लागि काम हुनेछैन र व्यवसायी पनि आफ्नो उद्योगहरु पुनः सञ्चालन गर्न असमर्थ हुनेछन् त्यतिबेला नै ठूलो महासंकटको सामना गर्नुपर्नेछ राज्यले ।

सरकारले घरभित्रै थुन्नेबाहेक केही गर्न सकेन

नागरिक आपतमा हुँदा रक्षा गर्ने दायित्व सरकारकै हुन्छ । तर, हाम्रो सरकारसँग घरभित्रै थुन्नेबाहेक अन्य कुनै विकल्प देखेको छैन, यो हाम्रो तथा देशको लागि दुभाग्य हो । लकडाउन पालना गर्नु एक किसिमले सुरक्षाका लागि राम्रो हो । तर, के घरभित्रै थुनेर मात्रै समसयाको समाधान हुन्छ त ।

बाह्य पर्यटकलाई सँधै घुम्नका लागि निश्चित क्षेत्र मात्रै भए । अब नयाँ गन्तव्यको खोजी पनि गर्नुपर्छ । केही वर्ष बाह्य पर्यटकको अपेक्षा छैन । तर, उनीहरु आउन तयार हुनेबलासम्म हामीले पनि नयाँ तरिकाले स्वागत गर्न तम्तयार हुनुपर्छ


हुँदा खानेहरुलाई त सहजै होला । तर, गरिब तथा विपन्नहरुलाई खाने अन्नका संकट पर्यो भने, उनीहरुलाई सडकमा निस्कन कसैले रोक्न सक्दैन । त्यसैले यस्तो परिस्थिति आउन नदिनका लागि राज्यसँग ठोस योजना हुनुपर्छ ।
राहत वितरणको काम पनि प्रभावकारी देखिएको छैन । अहिले सरकारले देखाउने काम भनेकै यही हो । तर, यो काम त नागरिकले पनि आफ्नो तर्फबाट गरिरहेका छन् ।
अहिलेको सरकारको मुख्य काम भनेको परीक्षणको दायरा बढाउने नै हो । तर, त्यो हुन सकेको छैन । अब त नागरिकले आफैं रकम तिरेर परीक्षण गराउनुपर्ने भन्दै आएको छ । यस्तो गैरजिम्मेवारीपनले यो महासंकटसँग हामी कसरी लड्न सक्छौं ।

अबको विकल्प कृषि र आन्तरिक पर्यटन

पर्यटनले नै नागरिकको आर्थिक गतिविधि चलायमान गरेको छ । तर, अब केही वर्षसम्म पर्यटन क्षेत्र माथि उठ्नसक्ने स्थिति छैन । त्यसैले सरकारले नयाँ रणनीतिक योजना ल्याउनुपर्छ ।
हाम्रा नेपाली दाजुभाई, करिब ३० लाख जतिको संख्यामा भारतमा छन् । खाडीमा १५ लाख जति छन् । लकडाउन समान्य हुँदाबित्तिकै कम्तिमा पाँच लाख त नेपाल आउँछन् नै । उनीहरु आफूमात्रै आउँदैनन् की त्यहाँ सिकेका ज्ञान र अनुभव पनि सँगै लिएर आउँछन् ।
सरकारले उनीहरुलाई काम दिलाउनुपर्छ । धेरै मानिसले बुझिसकेका छन् कि पैसाले मात्रै जीवन चल्दैन । खाने त अन्न नै हो । त्यसैले उनीहरुलाई उत्पादनमा लगाउनुपर्छ ।
अहिलेको अवस्थाबाट माथि उस्कन हाम्रो एक मात्र विकल्प कृषि र आन्तरिक पर्यटन नै हो । सरकारले विगतमा विभिन्न कृषि अनुदानका कार्यक्रमहरु पनि ल्याएको हो । तर, ती कत्तिको प्रभावकारी भए त भन्ने कुराको मूल्यांकन गर्नेबेला पनि हो यो ।
पुरानै प्रणालीमा होइन, कि आधुनिक उपकरणसहितको कृषि क्रान्ति हुन्छ । जम्मा १५ प्रतिशत मात्र खेतीयोग्य जमिन भएको इजरायलले आफूलाई पुग्ने उत्पादन गरेर पनि बाहिर बिक्री गर्दछ भने, हामीकहाँ त ७५ प्रतिशत खेतीयोग्य जमिन छ ।
यस्तो अवसर अरु कुनै देशमा छैन । तै पनि हामी भने अरुले उत्पादन गरेको किनेर खाने बानी परेका छौं । आन्तरिक उत्पादनमा बृद्धि गर्नसक्यौं भनेमात्रै पनि हामीले हाम्रो आर्थिक स्थिति सुधार गर्न सक्नेछौं ।
विश्वमा पाइने सबै प्रकारको हावापानी नेपालमा पाइन्छ । यो हाम्रो सबैभन्दा ठूलो सम्पत्ती हो । हामीले हावापानी र स्थानअनुसार नै खेती लगाउनसक्यौं भने, अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिन्छ । कृषि पर्यटनको सम्भावना पनि बढेर जान्छ ।
अब सरकारले बाहिरबाट आउने युवालाई आधुनिक कृषिमा आकर्षित गर्ने योजना ल्याउनुपर्छ । विगतमा जस्तो एउटाको फर्म देखाएर अर्कोले अनुदान लिने प्रणाली होइन, कि वास्तविक किसानले नै अनुदान पाउनुपर्छ ।

पूर्वाधार निर्माण र आन्तरिक पर्यटनलाई प्राथमिकता

नेपाल यस्तो देश हो जहाँ हेरक गाउँपिच्छे नयाँ संस्कृति, परम्परा पाइन्छ । यहाँको खानपान पनि समुदाय र क्षेत्र अनुसार भिन्न छ । हामीले अहिलेसम्म हामीसँग भएका यी भिन्नता देखाउन नसकेको हो कि । मैले नेपालमा ३० पटकसम्म पनि फर्केर घुम्न आउने पर्यटक देखेको छु ।
तर, त्यस्तो नगण्य मात्रमा छन् । अब हामीले हाम्रो भिन्न प्रकारको संस्कृति, परम्पार र खानपानलाई उनीहरुसामु देखाउनुपर्छ । घरमा आएको पाउनलाई सँधै एकै प्रकारको खाना खुवाउन थाल्यो भने, अर्कोपटकदेखि उ आउनै छाड्छ । हो हाम्रो प्रवृति पनि त्यस्तै भएको छ ।
बाह्य पर्यटकलाई सँधै घुम्नका लागि निश्चित क्षेत्र मात्रै भए । अब नयाँ गन्तव्यको खोजी पनि गर्नुपर्छ । केही वर्ष बाह्य पर्यटकको अपेक्षा छैन । तर, उनीहरु आउन तयार हुनेबलासम्म हामीले पनि नयाँ तरिकाले स्वागत गर्न तम्तयार हुनुपर्छ ।
कतिपय गन्तव्यमा पर्यटक जान आकर्षित भए पनि त्यहाँसम्म पुग्ने मार्ग सहज नहुँदा समस्या भएको छ । अब हामीले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै हाम पूर्वाधार विकास पनि गर्नुपर्छ । यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि नेपालीलाई नै घुम्ने बानी बसाउन सरकारले विभिन्न सहुलियत दिनुपर्छ । भारतको महाराष्ट्र सरकारले मानसरोवर तिर्थ जानेलाई सहुलियत दिने र आर्थिक सहयोग पनि गर्ने गरेको छ ।
हामीले पनि आफ्नै देशभित्र घुम्नेलाई किन सहुलियत नदिने । यसले नेपालीको घुम्ने संस्कृतिको विकास हुनेछ र हाम्रो आन्तरिक पर्यटन पनि चलायमान हुनेछ ।


Facebook Comment