पर्यटकलाई रोयल्टीमा सहुलियत दिनुपर्छ

अहिले कोरोनाले विश्व नै प्रभावित बनेको छ । यसमा सबैले यसविरुद्ध लड्ने प्रयास गरीरहेका छन् । हालसम्म करिब तीन लाख २९ हजारभन्दा बढीको जयान कोरोना संक्रमणबाटै
गइसकेको छ । भने, ५१ लाख बढी संक्रमित छन्, र नेपालमा पनि आजसम्म साढे चार सय संक्रमित र र तीन जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको संक्रमण दैनन्दिन बढ्दै गएको छ । कारोनाको संक्रमण गत पुस अन्तिम सातादेखि चीनको वहाुनबाट सुरु भएको छ । तीन महिनाभित्रै यसले पूरै विश्वलाई नै चपेटामा लियो । सबैभन्दा प्रभावित आर्थिक क्षेत्र बन्यो ।
त्यसमध्ये पनि पर्यटन र होटल व्यवसायले धेरै क्षति व्यहोर्नुपरेको छ । यो क्षत्रि लकडाउन अुला भएर कोरोनाको संक्रमण पुनः सामान्य अवस्थामा नआउँदासम्म माथि उठ्न सक्दैन । नेपालमा पनि कोरोनाले पर्यटन क्षेत्रलाई पनि सबैभन्दा पहिलो चपेटामा लियो ।
र अबको कम्तिमा दुई वर्षसम्म पर्यटनले आफ्नो गति लिन सक्नेछैन । अहिले पर्यटन व्यवसायीलाई कसरी लगानी सुरक्षा गर्ने भन्ने चिन्ता छ । पर्यटनभित्रको पनि पर्वतारोहण क्षेत्र झ्न ठूलो संकटमा परेको छ । वर्षको एक सिजनमा मात्र हुने यो व्यवसाय अब चार वर्षपछि धकेलिएको छ ।
कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभाव, पर्वतारोहण क्षेत्रको अवस्था र लकडाउनपछि पर्यटनलाई माथि उकास्न के गर्नुपर्छ भन्ने विषयमा हामी निरन्तर लागि रहेको छौ । आज हामीले नेपालमा लामो समय देखि हिमाल सग नजीक रहेर काम गरिरहेका हिमाल क्षेत्रका ज्ञाता तथा पर्यटन व्यवसायी आङछिरीङ शेर्पासँग कुराकानी गरेका छौं ।

पर्वतारोहण्मा सबैभन्दा ठूलो असर

नेपालको पर्यटनमध्ये सबैभन्दा जोखिम र संवेदनशील भनेकै पर्वतारोहण हो । यो केही सिमित व्यक्तिले मात्रै गर्छन् । यसमा बाह्य पर्यटन नै सरिक हुन्छन् । फेरि पर्वतारोहणका लागि मुख्य समय भनेकै स्प्रिङ सिजन हो ।
अहिलेको वर्षमा अब यो घर्किसक्यो । यसले हामीलाई दुई तीन वर्ष पछि धकलेको छ । लकडाउनपछि पर्वतारोही नअउँदा पर्यटन व्यवसायीलाई मात्र घाटा भएन, त्यस क्षेत्रमा रोजगारी पाएका कामदार पनि बढी मर्कामा परेका छन् ।

व्यवसायीलाई आफ्नो लगानी सुरक्षाको चिन्ता छ भने, श्रमिकलाई रोजीरोटीको । यतिबेला सरकारले लगानी सुरक्षाका लागि नीतिगत सहजता र श्रमिकका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ

चार महिना काम गरेर वर्षभरी घरपरिवारको खर्च जोहो गर्ने व्यवसाय हो । फेरि हिमाली क्षेत्र भनेको वर्षमा एक पटक मात्रै खाद्यान्न उत्पादन हुने क्षेत्र हो । यहाँको उत्पादनले तीन महिना पनि खान पुगदैन । आम्दानीका अन्य विकल्पहरु अपनाउनुपर्छ ।
त्यसैले पनि पर्यटन हिमाली क्षेत्रका लागि उपयुक्त थियो । अहिले कोरोनाका कारण सबैभन्दा ठूलो प्रभाव त हिमाली जनजीवनमा परेको छ । व्यवसायीलाई आफ्नो लगानी सुरक्षाको चिन्ता छ भने, श्रमिकलाई रोजीरोटीको । यतिबेला सरकारले लगानी सुरक्षाका लागि नीतिगत सहजता र श्रमिकका लागि विशेष राहत प्याकेज ल्याउनुपर्छ । हिमाली क्षेत्रको जनजीवन ८० प्रतिशत पर्यटनमै निर्भर छ ।

लगानी सुरक्षाको वातावरण

भ्रमण वर्षमामा सरकराले २० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको थियो । सोही अनुसार व्यवसायीलाई पनि लगाउन बढाउन प्ररित गर्यो । बुकिङको स्थिति राम्रो देखेपछि व्यवसायीले पनि करोडौं रुपैयाँ विभिन्न होटल, रेस्टुराँ र अन्य पूर्वाधार बनाउन लगानी गरे ।
तर, केही समयमै सुरु भएको महामारीले सबै सपना तुहाएको छ । अब व्यवसायीलाई कमाउने भन्दा पनि कसरी लोन तिर्ने भन्ने चिन्ता नै छ । महामारी भनेर साहु र बैंकले ऋण मिनाह गर्नेवाला त छैनन् । वर्षभरी कमाएर कर तिर्ने व्यवसायीलाई पनि राज्यले यस्तो आपतमा सहयोग गर्नुपर्छ ।
लगानीको सुरक्षाको ज्ञारेन्टी दिइनुपर्छ । यसका लागि राज्यले अवस्था साम्य नहुँदासम्मका लागि किस्ता तिर्ने मिति होल्ड गराउनुपर्छ । साथै ब्याजदर पनि लकडाउन अवधिभरको तिर्न नपर्ने बनाउनुपर्छ । यद्दपी सरकारले यतिबेला लगानीकर्तालाई हेर्न सकेन भने, भोलीको आर्थिक स्तर माथि उकास्न व्यवसायीहरु अग्रसर हुनेछैनन् । जसले गर्दा राज्यको आर्थिक गतिविधिमा ठूलो असर पर्नेछ ।

पर्यटकलाई रोयल्टीमा सहुलियत

पर्यटकीय क्षेत्रका विभिन्न क्षेत्रमध्ये सबैभन्दा देशलाई धेरै कर संकलन हुने भनेकै हिमाल आरोहण हो । तर, यो यति धेरै महँगो छ कि जो कोहीले हिमाल चढ्ने हिम्मत गर्दैनन् । अब सरकारले आफ्नो नीति परिवर्तन गर्नुपर्छ
विदेशमा पनि सबैले रोजगारी गुमाएका छन् । उनीहरु पनि महँगो खर्चेर नेपाल घुम्न आउने स्थितिमा छैनन् । हामीले यो कुरा बुझेर नै आफ्ना नीतिहरु बनाउनुपर्छ ।
जस्तो सगरमाथा आरोहणका लागि आउने एउटा पर्यटकलाई कम्तिमा ४० लाख रुपैयाँ खर्च हुन्छ । रोयल्टी मात्रै उसले सरकारलाई १४ लाख नेपाली रुपैयाँ बुझाउनुपर्छ । त्यस्तै सगरमाथासम्म पुग्ने भाडा, विभिन्न सामग्री खरिद आदीले झण्डै आधा करोड खर्च हुन्छ ।


यति महँगो हुँदा मन भएर पनि आर्थिैक हैसियत बलियो भएका पर्यटकहरु आउन सकेका छैनन् । हामीले हाम्रा छिमेकीले हिमाल आरोहण क्षेत्रमा कस्ता उपाय अपनाएका छन् भन्ने पनि हेर्नुपर्छ । उनीहरुकोमा हिमालको वेस क्याम्पसम्म पुगने सबै ठाउँमा सडकको पहुँच छ । तर, हामीकहाँ त्यस्तो अवस्था छैन । जस कारण खच्चडबाट बोकाएका सामानहरु धेरै नै महँगो पर्छ । सरकराले हिमाल आरोहणका लागि आउने पर्यटकलाई लिइने रोयल्टीमा केही समायोजन गर्नुपर्छ । यसो हुँदा न्यून संख्यामा आएकाबाट हुने धेरै आम्दानी भन्दा धेरैको संख्यामा आएकाबाट संकलन हुने राजश्व नै बढी देखिन्छ । यतातर्फ अब सोँच्नेबेला आएको छ ।
कतिपय हिमालहरु आरोहण नै हुन सकेका छैनन् । अब त्यस्ता क्षेत्रमा पनि शुल्क हेरफेर गर्नुपर्छ । सबै सगरमाथा नै चढ्ने भनेर आउँदैनन् । अन्यत्र पनि घुम्ने चाहना हुन्छ । तर, त्यहाँ जान महँगो पर्ने भएकाले हामीले पर्यटकको बसाइ लम्ब्याउन सकेका पनि छैनौं र आकर्षण गर्न पनि सकेनौं ।

पूर्वाधार विकास

अब सरकारले यस्ता क्षेत्रमा जाने सडकको पहुँचलाई सहज बनाउनुपर्छ । नयाँ गन्तव्यको कुरा पनि उठेका छन् । तर, नयाँ गन्तव्यसम्म पुगने मार्ग त सहज हुनुपर्यो नि । यो लकडाउन नेपाली पर्यटन क्षेत्रका लागि समस्या मात्रै होइन, एउटा अवसर पनि हो । हामीले यसलाई भरपुर प्रयोग गर्नुपर्छ ।
यस अवधिमा बेरोजगार पर्यटन मजदुरलाई काममा लगाएर नयाँ मार्ग निर्माण, संरचना बनाउने काम गर्न सकिन्छ । जसबाट उनीहरुको आम्दानी पनि हुन्छ र गन्तव्यसम्म पुग्न पनि सहज हुन्छ ।

कृषि र आन्तरिक पर्यटन

अबको केही वर्षसम्म बाह्य पर्यटक आउने अपेक्षा छैन । त्यसैले पनि हामीले आन्तरिक पर्यटनमै जोड दिनुपर्छ । त्यसका लागि सरकारले बाहिर जाने कर्मचारी, जनप्रतिनिधिलाई रोक्नुपर्छ । पहिले देश अनि विदेश भन्ने योजना ल्याउनुपर्छ ।
आन्तरिक पर्यटनमा जाने नेपालीलाई सरकारले पनि सहुलियत दिनुपर्छ । यस्तै, आन्तरिक पर्यटन बृद्धिका लागि हाम्रा पर्यटकिय क्षेत्रमा पनि शुल्कमा केही हेरफेर हुनुपर्छ । सामान्य अवस्थामा नफर्किँदासम्म होटल व्यवसायीले पनि धेरै मार्जिन नराखेरै सेवा दिनुपर्छ ।


र अबको नेपालको आर्थिक समृद्धि भनेकै कृषिबाट हो । हामीसँग उत्पादन नै भएन भने, पैसा मात्रै भएर पनि पुग्दै । अहिले पनि ठूला ठूला होटलमा बाहिरबाटै आएको खाद्यान्न पाक्ने गर्दछ । अब त्यसका लागि गुणस्तरीय उत्पादन देशभित्रै गराउनुपर्छ । उत्पादन बढ्यो भने, हाम्रो अर्थ बाहिर पनि जाँदैन र स्वदेशमै रोजगारी सिर्जना पनि हुन्छ ।

स्वास्थ्य र सुरक्षा

अर्को उपाय हो पर्यटकीय गन्तव्यमा स्वास्थ्य सुरक्षा । हामीले लकडाउनपछि आन्तरिक पर्यटकसँगै आकर्षित गर्ने भनेकै छिमेकी पर्यटकलाई हो । त्यसैले हामीले हाम्रा पर्यटकीय क्षेत्र स्वास्थ्यका हिसाबले सुरक्षित छन् वा छैनन् भन्ने एकिन गर्नुपर्छ ।
बाह्य पर्यटकलाई पनि अब नेपाल सुरक्षित छ है तपाइँहरु आउन सक्नुहुन्छ भन्ने ज्ञारेन्टी दिनुपर्छ । यदि हामीले यति सन्देश दिन सक्यौं भने, छिमेकी देशका पर्यटकबाटै हाम्रो तत्कालीन पर्यटन चलायमान हुनसक्छ ।
तर, यी सबै कुरा गर्न सरकारले नेतृत्व लिनुपर्छ । पर्यटनबाटै आर्थिक समृद्धि सम्भव छ भन्ने उनीहरुले पनि बुझ्नुपर्छ । किनकी पर्यटन मात्र एक यस्तो व्यवसाय हो, जसमा कुनै पनि विदेशी सामग्री उपभोग नगरी आम्दानी हुन्छ । प्रकृतिले दिएका उपहार देखाउँदै हामीले आम्दानी गर्नृ सक्छौं भने, यसलाई प्राथमिकता किन नदिने त । सबैले यसबारे एकपटक सोच्नैपर्छ ।


Facebook Comment