हामी आफैं सुध्रिनुपर्ने समय हो यो

कोरोना अर्थात COVID-19का कारण अहिले सबै गतिविधिहरु शून्यतामा छन । लकडाउनका कारण पूरै अर्थतन्त्र स्थिर र भंडारण गरियका हिजोका प्रतिफलहरुबाट चलयमान बनिरहेको छ ।

त्यसमाथि पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । खर्बौं लगानी भएका क्षेत्रहरु डुब्ने अवस्थामा छन् । न त सरकारले नै ती क्षेत्रको रक्षाका लागि कुनै ठोस योजना ल्याउन सक्ने अवस्था छ न नीजि क्षेत्र नै अबको बाटो कस्तो हुने भन्नेबारे छलफल र सोच्न सक्ने अवस्थामा नै छन् ।

केहि व्यवसायीहरु यो अवस्थामा राज्यले आर्थिक र नीतिगत सहयोग माग्दै हिँडेका छन् । भने, केहीले राहत भन्दा पनि नीतिगत रुपमा सहुलियत प्रदान गर्नुपर्ने माग गरेका छन् ।

केही पर्यटन व्यवसायीको मत भने, फरक छ । उनीहरु आफैंमा भएका कमि कमजोरीहरु सुधार समय हो यो भनिरहेकाछन ।

त्यस्तै मध्येका एक पर्यटन व्यवसायी ज्योति अधिकारी । उनी यो समय व्यवसायी र सरकारका आफैंभित्रका केही कमीकमजोरी सुधार्ने अभुतपुर्व अवसर भएको बताउँछन् । आजको शृंखलामा पर्यटन ब्यबसायी एव टानका पूर्व अध्यक्ष ज्योति अधिकारीसँग हामीले कुराकानी गरेका छौं ।

हामी सुध्रिने अवसर हो

अहिले सबै शून्य जस्तै छ । हामी सबै शून्यताका अवस्थामा छौं । अहिले कसैले भनेर या चाहेर पनि सबै समान्य हुने पनि होइन । त्यसैले अहिले जे योजना बनायपनि पर्यटनलाई सामान्य अवस्थामा ल्याउन सकिदैन । यो असामान्य अवस्थानै हो ।

यो असामान्य अवस्थानैमा ब्यबसायी र राज्यले बेलुकाको खाना भन्दा भोलिको पर्यटनको नक्सामा केन्द्रि रहन सक्नु पर्दछ ।यसका लागि हामिले गर्नुपर्ने कामहरु धेरै छन् । हरेक संकटले अप्ठ्यारो मात्रै पार्दैन, अवसर पनि संगै लियर आयको हुन्छ । अहिले ऋइख्क्ष्म्(ज्ञढ आम मानव समुदायमा ल्याएको अद्भ्त संकट र चेतनालाई हामीले पुर्ण सदुपयोग सक्नु पर्दछ।

नेपालको पर्यटनको चर्चा गर्दा राम्रा र मिठा तथा वाहा भन्ने विलासि संग संबन्धित धेरै दृष्यहरु बाहिर आउने गर्दछन । शंसारभर का रंग, भाषा, धर्म र भेषभुषा, उत्पादन र सभ्यता बोकेर पृथ्विनै हाम्रा घर दैलोमा आय जस्तो लाग्ने गर्दछ ।

यसमा सत्यका धेरै अंश पनि छ । सायद हिमाल र जंगल अनि खोला नाला र यि शुन्दर पहाड मा हाम्रा पुर्खाले थपिदियका कला, संस्कृत र अति मेहनतमा पनि मुस्सुक्क हांस्न सकिने हाम्रा पर्मपरा नभयका भय ५० वर्ष भन्दा कम समयमा नेपाल र नेपाली को कथा र ब्याथा तथा जिवनशैलि यति छिट्टै विश्वब्यापिकरण संभव पनि थियन नै ।

तर छाडाखुल्लापनले ल्यायको भद्दा ब्यबसायिकरणले हामिलाई मात्र हैन हाम्रा प्रकृति र गौरवमय परमपरालाई ध्वस्तमात्र गर्दैछैन भविस्यपनि सर्लक निल्दै छ । यसमा एक अर्कालाई दोष भन्दा पनि हाम्रा काम गर्ने शैलिहरु र ईमान्दारिता नै मुलरुपमा दोषि छ । जसरि पनि पैसा कमाउने र आम जनमानसले नेपालका पर्यटनकर्मिलाई दियको ईज्जत र सम्मानको हामि ध्वजि उड्डाई रहेको अवस्थामा हामि छौ ।

विभिन्न ठिक या वेठिक स्रोतहरु उपयोग गरेर पैसा जम्मा गर्ने अनि पर्यटन ब्यबसायको आडमा सामाजिक प्रतिष्ठा खोज्ने परम्पराले घरजम गरेको देखिन्छ । राम्रा र ईतिहास बनायका सज्जन ब्यबसायिहरु छायामा बसेर नयांजोगिहरुका सबै चाल चलनहरु टुलु टुल हेर्नै पर्ने अवस्था आयका छन ।

हिजो सामान्य हुँदासम्म करोडौं कमाएर थुपार्ने र सिंगो समाज विर्सेर भड्किलो रवाफ देखाउने हामि अहिले केहि महिनामा नै रोइलो गर्नु नैतिक हुदैन । व्यवसायमा सँधै नाफा मात्रै हुँदैन ।

सबै खालका लुटले छुट पायका छन । लुटेराहरुलाईनै राजनिति र प्रशासनबाट पहिचान दियको भेटिन्छ । उचित तालिम का साथ जनशक्ति तयार गर्ने र क्षमता र गुणस्तरको नियमन गर्नु पर्ने सरकारका संयन्त्रहरु लुटेराहरुकै एजेन्ट जस्ता भुमिकामा देखिन्छन ।

खाना उत्पादन । पानिको गुणस्तर । शुरक्षा । बस्ने बासस्थान तथा सेवादिने संयन्रहरु अधिकांस काम चलाउको अवस्थाबाट गुज्रिरहेका भेटिन्छ । अन्तराष्ट्रय पर्यटकको आस गर्ने र उच्च स्तरको पर्यटनको वहस गर्ने हामी या हाम्रा संयन्त्रहरु भने अति तल्ला खालका र दरिद्र मानसिकताका तर्फ झरिरहेको अवस्था हो । न राम्रो चिन उत्पादनमा ध्यान दियका छौ न त राम्रा मान्छे देशभित्रा राखिराख्ने बाताबरणनै बनाई रहेका छौ ।

ऋइख्क्ष्म् ज्ञढ संभवत अरु जिवाणुहरु जस्तै हाम्रा जिवनका अभिन्न संत्रास ल्याईरहने अंग भयरै रहने सक्द छ । यस्ता अरु घातक समस्याहरु आउनेदिनमा यो भन्दा पनि भयावह भयर नआउला भन्नेछैन ।

त्यसैले यो हाम्रो समयका अभुतपुर्व अवसरहो सच्चिन या सुध्रिन भन्ने वुदां मस्तिस्कमा राखेर जिवनशैलि र सेवा तथा उत्पादन प्रकृतिमैत्रि रहन सक्यौ ं भने मात्र हामि पर्यटन मा ताथा आम रुपमा सुखि र संवृर्द रहन सक्नेछौ । हैन भने बांकि सबै एडहक खालका जिवन चलाउन र नमरेसम्म जिउन गरियका कदमा मात्र सवित हुनेछन ।

हिजो सामान्य हुँदासम्म करोडौं कमाएर थुपार्ने र सिंगो समाज विर्सेर भड्किलो रवाफ देखाउने हामि अहिले केहि महिनामा नै रोइलो गर्नु नैतिक हुदैन । व्यवसायमा सँधै नाफा मात्रै हुँदैन । कहिलेकाँही यस्ता आपतहरु पनि आउँछन् । त्यसलाई व्यवस्थापन गर्दै लैजानुपर्छ । त्सैले त सबै ब्यबसायि नबनिकन धेरै कामदार बनेर सामान्य जिवनशैलिमा सुखि र खुसि रहन तयार रहन्छ ।

ईज्जतदार उच्च सेवा र त्यसको उचित प्रतिफलको सट्टा जे पनि गर्नेस स्वस्थ र खुसि बनायर देशको भुगोर परम्पराको गर्व र ईज्जतको सट्टा विमार बनायर सप्लाई चेन ९मालिक, गाईड, हेलिकप्टर, अस्पताल र विमा एजेन्टहरु० मिलेर लुट्ने समयचक्र र त्यसको पर्तिफल बाट राज्य र पर्शासन किन बेचहुने सबै संर्चनहरु खारेज र जघन्य अपराघमा परिभाषित हुनु सक्नुपर्दछ अव ।

जस्तो घिनलाग्दो भयपनि पर्यटन गन्तब्य घोषणा हुने । जस्ता होटल पसल र ब्यक्तिहरु पनि पर्यटकि बन्ने परमपरा अव तोड्न सक्नु पर्दछ । सांच्चै नेपाल पर्यटनमय बनाउन चाहने हो भने ।

हाम्रा गन्तव्यहरुको सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्छ । अहिलेसम्म हामीले जे जति व्यवसाय गरिहेका छौं त्यो सबै पहिलाको पुस्ताले बनाइदिएको हो । हामिअधिकांसले त्यसको दोहन बाहेक अरु केहि गरेका छैनौ । हामीले प्रकृतिले दिएको उपहारलाई देखाएर या बेचेर खाइरहेका मात्र छौं उा हौं। यसको संरक्षणका कथा र भाषणपनि आफै एक ब्यापरिक चाल र नाटक जस्तो बनेको छ ।

यतिसम्म विकृति छ कि जुन ठाउँम हामि व्यवसाय गर्छौ त्यही ठाउँलाई कुरुप बनायर पैसाको बोरा सहित हामि पलायन हुन अवस्था आईरहेको छ ।

राज्यको दायित्वको त आशै नगरौं । अनुगमनका खटिएका कर्मचारीहरुको ध्यान मेजमान र खाममा हुन्छ । प्रकृति र संरचनाको सुरक्षा, सेवाको गुणस्तरीयतालाई ध्यान नदिइ औपचारिकता पूरा गर्छन् नियमनकारि निकायहरु । एक किसिमले भन्नेहो भने ति पनि दलाल ब्बयसायिकै एज्नेट जस्तो भुमिकामा हुन्छ । बरु सज्जनलाई संजाई दिन उन्मुख हुन्छन। व्यवसायी पनि राज्यले खुला छाडेपछि या राज्यका अंगहरुलाई आफ्ना वहसमा राखेपछि आफू मनलाग्दी गर्छन् ।

त्यसैले त काहि नभयको जात्रा याहा छ । सबै पाटि र नेताका एजेन्टहरुले पर्यटन क्याप्चरनै गरेको जस्तो देखिन्छन । एक कौडिको काम नगरेपनि तिनै स्थाई पर्वक्ता जस्ता बन्दछन पर्यटनका । हेर्नुहोस न पछिल्ला २० वर्षमा पर्यनमा चर्चा पायका अनुहार तिनका ब्यबसाय, दियका रोजगार र तिरेका ट्याक्स । सैब छर्लङ्गनै देखिन्छ । नाङ्गैहुन्छ छट्टुहरुका अनुहारहरु ।

त्यसैले अवरोकिनु पर्दछ यि सब चाल र माहाजालहरु पर्यटनका । भोलिलागि गर्वहुने र अनन्तकाल सम्म रहि रहने जगभित्र नेपालको पर्यटन जान सक्ने बलियो विम्बहरु देखिन थाल्नु पर्दछ यो संकटबाट हाम्रो पर्यटनमा ।

त्यसका लागि

नेपाल पर्यटन बोडको वर्तमान संरचनामा आमुफ परिवर्तन गरिनु पर्दछ । तारा गाउं लगायतका निकायलाई यसमा संयोजन गरेर दुई बलिया निकायहरु बन्नु पर्दछ । एक पर्यटन गतिविधिहरुमा सहयोग र नियमन गर्ने र अर्को उक्त निकायले दियको पर्यटन उत्पादनलाई बजारिकरणा गर्ने ।

अव हाम्रो पर्यटन कस्तो हो स्पस्ट हुनु पर्यो । हामिले चाहेको या सेवा दिनखोजेको मान्छेहरु हामि भन्दा गय गुज्रेका हुनकि हामि भन्दा शभ्य र उन्नत खालका हुन त्यसमा एक मत रहन सक्नु पर्यो राज्य र ब्यसायिक संयन्रहरु ।
त्यसपछि कस्तो गन्तब्य बनायउने । हाम्रा पुर्खाले छोडेका मठ मन्दिर चोर्ते गुम्बा या डांडाकांडाहरुमा फरफराउने झन्डाहरुले पनि स्रोत पाउन सक्नु पर्यो,अरु चम्कन । धारा पाटि पौवा र परम्परागत बाटाधाटाहरु नसिनु भयन बरु अरु आकर्षक बन्न थाल्नु पर्यो । चौतारि र भन्झाङ्गिका कथा र भाकाहरु मेटिनु भयन बरु पर्सकृत हुन थाल्नु पर्यो ।

पलाष्टिक, बोतल र केमिकलहरु ले हाम्रा जमिन प्रदुषित गर्ने छुट कसैलाई दिनु भयन । जुन कंपनिको उत्पादनले प्रदुषण गर्दछ त्यहि कंपनि या उत्पादकहरुनै संजायका भागि हुनु पर्यो ।
यो खालि र शुन्य रहेको समयहरुमा फोहर बनेका हाम्रा पदयात्रा मार्गहरु र आरोहण मार्ग तथा चुचुराहरु संबन्धित कंपनिका ९पछिल्ला २० वर्षलाई आधार मानेर० मालिक र कामदारहरुलाई उपयोग गरेर सफाई अभियानमा लगाउनु पर्यो र आवस्यक न्युनतम बजेट विभिन्नकोषहरुबाट उपलब्ध हुने अवस्था रहनु पर्यो । खोला र जंगल त सबै पर्यटन गतिविधि हुने स्थलहरुमा यहि खालका संयन्त्रहरु सकृय बनाउनु पर्यो ।

ऐतिहासिक संरचनाहर्ु अरु आंखा लाग्दा र शुन्दर बनाउने अभियान थाल्नु पर्यो । पछिल्ला ३० वर्षमा खुलेका विदेशि र सोझा नेपालिहरुलाई उल्लु बनाउने तथाकथित सबै धार्मिक संर्चानहरु भंग गरेर ति स्थलहरुमा अस्पताल, बिध्यालय या शिप केन्द्रहरु संचालन गर्ने अभियानै शुरु गर्नु पर्यो । धर्मका नाममा रम्न र जम्न सक्ने र खोज्नेलाई बरु संक्षर्णहुन नसकेका पुराना संर्चनाहरुु निश्चित समयकालागि लिजमा दिदा हुन्छ ।

पर्यटन क्षेत्र या पेशाले स्थानिय उत्पादन २००५ मंहगो रहेपनि त्यहि अनुपातमा खाना र बस्ने मुल्य तोकेर भयपनि किन्नै पर्ने संयन्र बनाउने पर्यो । पर्यटन केहि ब्यक्ति या परिबारको हुने र सबै आम्दानि अन्तत ठुला शहरहरुमा डम्पिङ्ग हुने तथा धनि भयर ब्यबसायि पनि पलायन हुने अनि स्रोतमा पहुच नभयर सामान्य मान्छैपनि पलायन बन्ने र अन्तत पर्यटन क्षत्र भनियका ठाउंनै भंगहुने अवस्था र समय आउनु हुदैन । पर्यटन गन्तब्यका सबैका लागि हुने र दिगो रहने बाताबरणा बनाउने समय यहिनै हो ।

खुम्बुका उपल्लो भाग तथा मुस्ताङ्ग तथा जोमसोम र मनाङ्ग जस्ता स्थलहरु समेटर उच्च पर्यटन गतिविध केन्द्रनै हुने अवस्थाको नक्सा तत्काल थाल्न सक्ननु पर्यो । तराई र ठुला शहरका नजिका नदिघांटिहरु थुनिरे लाखौं मान्छे आकर्षणहुने जलक्रिडाला लागि शुन्दर गतिविधिहरु बनाउने अभियाननै शुरु गर्ने समयहरु आई सक्यो हाम्रो पर्यटनलाई मास पर्यटनमा लैजान ।

जलविधुत र शिंचाईलाई बनाईएका नहर र वाटर क्यानलहरुलाई ट्य्ुविङ्ग र अन्य पर्यटकिय गतिविधहरुमा पिन उपयोगि बनाउन थाल्नु पर्यो ।

कृषिमा शुन्य केमिकल उपयोग सहित प्रकृतिक उत्पादन गरेर पर्यटनसंग जोड्न ढिला गिरनु हुदैन अव । विध्याल देखिनै शिप मुलक उत्पादन र पर्यटन उपयोगि शिक्षा अभियानकै रुपमा संचालन गरिनु पर्यो । अव पंडित्याई छाट्ने नलेजको समय हैन शिपले प्रगति गर्ने युग गुगल लगायत का ईन्टरनेटले उपलब्ध गराई सकेको छ ।

पर्यटन लाई छाडा र अनियन्त्रिहैन ब्यबस्थित र शुरक्षित बनाउन थाल्नु पर्यो । यसको लागि भुटान टिब्बेट र भारतका केहि मोडेलहरु हाम्रा लागि उपयुक्त छन जो त्यांहा सफल प्रयोग भईसकेको छ । कंपनिलाई कढाई र जिम्मेवार बनाउने र उनिहरु मार्फत मात्रै पर्यटनका आगमन र गितिविधि संचालन गर्ने ।

पर्यटनको आगमनको आधारमा मात्र होटल र अन्य ब्यबसायिक गतिविधिहरु गर्ने या हुने क्षमता थप्ने । लगानि गर्नेले नडुब्ने अवस्था तया गर्ने । होटल रिजोटका कामदारहरु पनि सिजनल कुनैपनि जवको तयार गर्ने बाताबरण बनाउने । अर्थात ४ महिना काम गरेर ८ महिना खान खोज्नेहैन कि कम्तिमा १० महिना ब्यस्तरहने गितिविधिहरु संचालन गर्ने । जस्मा फलफुल तरकारि लगायत अन्य कार्यहरु संगैलाने सकिने अवस्था रहन्छनै ।

केहि पहिले कोरोना फ्रि देश भनेर प्रचारमा नसिकने भने जस्तै अहिले कर्मचारिलाई पैसा दियर धुम्न पठाउने नटकिय बहस विभागि प्रमुखबाट सुरु भयको छ । यो हास्यस्पद वहस हो । परिवरको खान पिन र शिक्षा तथा स्वस्थे जस्ता आधरभुत समस्याबाट आम मान्छे चिन्तिरहेको वेला यस्ता गैह्र जिम्मवेर अभिब्यक्त आउने विडम्बनानै हो । अहिले त आम नेपालि ले उत्पादन जाने हो ।

सौन्द्रय करणमा देश लाने हो । श्रम र शिपको संयोजन गरेर शुन्दर भविस्यको नक्साकोर्ने समय हो । राज्यले न्युनतम ब्याजमा आवस्यक पुजिं र प्रविधिमा सहयोग गर्ने हो । प्रविधक र त्यो संग संबन्धित सबै सेवा र औषधि तथा मल, पानि र बत्ति तथा उत्पादनकालागि बाजर सम्म यातायत निशुल्क गर्ने र बजारमा विनाभाडा ब्यापार गर्ने स्थल उपलब्ध गराय अहिले केहि वर्ष नेपालको कृषि को समस्या र बांझा बारिहरुको समस्या संबोधन हुन्छ जस्ले पुर्खाका मेहनत र पसिनामा जमेको नेपालको पर्यटनलाई पनि न्याय गर्नेनै छ ।

जमिन र ब्यबसायिक स्थलहरुका अकाशिदो र अस्वभाविक घर भाडा र त्यसका दरहरुको पनि नियन्त्रित र संयोजन तत्काल गर्नै पर्दछ । हामि आफैले पनि २०१९ लाई आधार वर्ष मानेर उक्त दर भाउको पुनर्संयोजन गर्न प्रयाश गरिरहेकानै छौं ।
पर्यटनले स्थानिय सरकारले तोकेको मुल्यमा स्थानिय उत्पादन किन्नै पर्ने । बाहिरबाट स्थानिय उत्पादनको अभावमा मात्रा समानहरुल्याउन र उपयोग गर्न छुटदिने निति लिनको लागि उचित गृहकार्य गर्ने समय पनि यहिनै हो । अति नाफाखोरि संस्कृतबाट न्यापुण मुनाफा र सबै स्टेकहोल्डरहरुमा उचित मुनाफाका उचित शेयर जाने बाताबरणा बनाउनै पर्दछ ।

पर्यटन क्षेत्रहरुमा पर्यटन आगमनलाई आधार बनायर होटल र रुमहरु तथा बेडहरु विस्तार गर्ने नितिलिनु पर्दछ । सिजनल डिमान्ड पुरा गर्ने वरपरका घरहरुलाई पनि होम स्टेको रुपमा उपयोग गरेर पर्यटनमा सबैको पहुच विस्तार गर्न सक्नु पर्दछ । होटल र सेवामा कुनैपनि खालका लापरवाहि गर्न अव छुट दिनु हुदैन । नक्कलि विल भर्पाई बनाउने र लुट्ने छुट र अभियानहरु पर्यटनबाट सदाको लागि बन्घ गर्न सक्नु पर्दछ ।

ब्यबसायि य गन्तब्य जस्ले पर्यटनको मापदन्डमा लापरवाहि गर्दछ कडा कार्वाहिहुनु पर्दछ । त्यस्ता ब्यबसायिलाई ब्यबसाय गर्ने प्रतिबन्घ लगाउने या विग्रिदै गयका गन्तब्यहरु पर्यटन पर्वेशमा प्रतिबन्ध लगाउने नितिनै लिनु पर्दछ ।

राजनितिक पाटिहरुका घिनलाग्दा संरचना र त्यसको नाममा भुडिंभर्ने गिरोहहरु पर्यटन बाट संपुर्ण रुपामा बाहिर्याउनु पर्दछ । अहिल भयका संर्चनाहरु लाई थोरै र चुस्त दुरुस्त रहने या राख्ने संर्चनामात्र पर्यटनमा रहन दिनु पर्दछ ।

यो वहसको सुरुवात हो । यसमा थपघट गर्दै हामिले हाम्रो पर्यटनको नक्सा तयार गरेर काम थाल्यो भने कहिले कसैले यो पेशाबाट बिस्थापित पनि हुनु पर्दैन । आउने पुस्ताहरुले पनि यो पेशा कर्मि र उनिहरुका ईतिहास लाई नतमस्तक बनेर गर्व गर्ने छन । शुरु गर्औ, अवसर यहि हो । सयम अहिलेनै हो ।


Facebook Comment


No ads found for this position