४७ पेट्रोल पम्पका कर्मचारीको पीसीआर टेस्ट

काठमाडौं– उपत्यकामा सञ्चालित करिव ४७ पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूलगायत पेट्रोलियम ढुवानी चालक,सह–चालक, डिपोमा रहेका सुरक्षाकर्मी, डिपो नजिकका स्थानीय बासिन्दा तथा निगममा कार्यरत कर्मचारीहरीको पीसीआर टेस्ट गरिएको छ ।

ईपिडिमियोलोजी तथा रोग निगन्त्रण महाशाखा, टेकुको सहयोगमा १३९ जनाको पीसीआरका लागि संकलन गरिएको अखिल नेपाल पेट्रोलियम मजदूर संघका अध्यक्ष शिव पोख्रेलले जानकारी दिए ।
विश्वभर महामारिको रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि यसको प्रभाव विकराल रूपमा रहेको अवस्थामा पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकहरू प्रतक्ष मारमा परेका छन् ।

सरकारले जारी गरेको अत्यावश्यक उध्योग र प्रतिष्ठान सञ्चालन कार्यविधि र डब्लुएचओको कुनै पनि मापदण्ड पूरा नगरी पेट्रोलपम्प सञ्चालन गरिएका छन् ।

यस्तो जोखिमपूर्ण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई प्रोत्साहन गर्नुको साटो पेट्रोलियम व्यवसायीहरूले मज़दूर कटौती गर्ने गैर जिम्मेवार पूर्ण अभिव्यक्ति सार्वजनिक गरेको प्रति मजदूर संघले निर्णय सच्याउन मागसहित घोर आप्पत्ति प्रकट गर्दै खेद प्रकट गरेको छ।


Facebook Comment


No ads found for this position