नुवाकोट : इतिहास पर्यटनको गन्तव्य (फोटो फिचर)

भरतबन्धु थापा

इतिहासमा गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोट जस्ता नाम हुँदै नुवाकोट बनेको यो क्षेत्र मल्लकालमा नेपाल (काठमाडौं) को पश्चिम सीमाको मूल ढोका अर्थात् भोटसँगको व्यापारको मुख्य नाका नै थियो । 

१८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगड झिकाई नौतले दरबार बनाएका थिए । जुन १९९० सालको महाभूकम्पले दुई तला भत्काएपछि अहिले सात तलामा सीमित छ । 

प्राचीन दरबारसँगै नुवाकोट जिल्लास्थित भैरवी मन्दिर, तलेजु मन्दिर किल्लाको संरक्षण हुनसकेको छैन । ऐतिहासिक दस्तावेज अलपत्र छन् ।


सरकारले १३ वैशाख २०६८ मा नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको छ । संग्रहालयको १० मिनेटको दूरीमा छ– महामण्डल । नेवार समुदायका लागि यो मण्डल विशेष मानिन्छ । 

आधुनिक नेपाल निर्माण र तिब्बतसँगको व्यापारको पुरानो इतिहास नियाल्न नुवाकोट नै पाठशाला बन्न सक्छ । इतिहास पर्यटनको गन्तव्य बन्न सक्छ । 

पर्यटनविद् रामचन्द्र सेढाई बौद्ध धर्मावलम्बीका लागि पनि नुवाकोटले विशेष महत्व राख्ने बताउँछन् । उनको भनाइमा योगी मिलारेपा र गुरु पद्मसम्भव नुवाकोट भएर नै तिब्बत गएका थिए । 

गर्विलो इतिहास भएको नुवाकोट वर्तमानमा भने हराएको जस्तो देखिन्छ । राजधानीबाट ८२ किलोमिटर मात्र दूरीमा भएर पनि यो जिल्लामा थुप्रै आधारभूत असुविधा छन् । 

अहिले धेरैका लागि नुवाकोट रेन्बो ट्राउट माछा खाने ठाउँका रुपमा चिनिएको छ । त्यसैले पासाड–ल्हामु राजमार्गलाई ‘ट्राउट हाइवे’ पनि भनिन थालिएको छ । तर, माछा खान जाने आन्तरिक पर्यटक जिल्ला टेक्छन् र बाटैबाट फर्कन्छन् । उनीहरूलाई सदरमुकाम र बजारसम्म पु¥याउन सके मात्र यो जिल्लाले थप फाइदा पाउन सक्छ ।

नुवाकोट दरबार

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा नुवाकोटको नौतले दरबार बनाएका थिए तर नब्बे सालको महाभूकम्पले दुई तल्ला भत्किएर सात तले मात्र रहेको थियो ।
नुवाकोट दरबार ऐतिहासीक तथा साँस्कृतिक महत्त्व भएकोले पुरातत्व विभागमा राखिएको छ । देशमा गणतन्त्र आएपछि २०६८ वैशाख १३ बाट नुवाकोट दरबार संग्रहालयका रूपमा परिणत भएको थियो ।

महामण्डला

दरबार देखि १० मिनेटको दुरीमा रहेको महामण्डला । जुन संरक्षणको अभाव रहेको छ । ऐतिहासीक रुपले महत्तव भएता पनी यस्को संरक्षण भने हुन सकेको छ । बिशेष गरी नेवार समुदाएहरुले यो मण्डालाई धार्मीक हिासवले महत्तवका साथ हेर्नेृ गर्दछ ।

नुवाकोट बुद्ध धर्मावलम्बीहरुको लागी पनी महत्ब बोकको भन्दछन पर्यटनबिज्ञ रामचन्द सेडाई । उनि भन्छन मिलारेपा र पदमसम्बभ तिब्बत जादा नुवाकोट भएर गएका थिए । स्वयम्भु नुवाकोट दरबार क्षेत्र हुदै केरुड बाट तिब्बत गएका थिए । यस्कारण यो रुट बुद्धिष्ट हरुका लागी महत्तवपुर्ण मानीन्छ ।

नुवाकोट ईतिहासका विद्यार्थीहरुका लागी खुल्ला संग्राहलय हो

दिपक महत, संचालक समिति सदस्यक ,नेपाल पर्यटन बोर्ड
नुवाकोट ऐतीहासीक रुपले निकै महत्व बोकेको क्षेत्र हो भन्ने सर्वविदीतै छ । तर जती महत्तव बोकेको हो त्यो अनुसार पर्यटकीय स्थल बन्न सकेको छैन । स्थानिय तवर बाटा प्रयास जारी भएता पनी सरकारी तबर बाट खासै पहल हुन सकेको छैन ।

यदी राज्यस्तर बाट पहल भएका नुवाट ऐतिहासीक रुपले जुन महत्तव बोकेको छ सो अनुसार महत्तव पाउछ जस्तो लाग्छ । सामान्य तया पर्यटकहरु नुवाकैट जाने भनेर जाने हो ।

यो स्थानलाई अन्य स्थानहरुसग जब सम्म लिकेज गर्न सकिदैन तब सम्म पर्यटकीय गन्तब्य बनाउन अलि गाह्रो हुन्छ । नुवाकोट गोर्खा दरबार पछीकोे महत्रव पुर्ण दरबार हो । तर यसलाई हामीहरुले जती प्रचार प्रसार तथा पुर्वाधारको विकास गर्नु पर्ने हो त्यती गर्न सकेको छैनौ । नुवाकोट घुम्न आउने पर्यटकहरुलई अहिले बास बस्न पनी खासै समस्या छैन ।

अहिले विस्तारै होटलहर पनी संचालनमा आईसकेका छन् । होटलहरु लगाएते नेपाल पर्यटन बोर्डको सहकार्यमा होम स्टेहरुलार्य पनी तालीम लगाएत अन्य तालीमहरु गदै आएका छौ । नुवाकोटका स्थानियहरुको अगुवाई सामान्य सग्राहलय बनाउने प्रयास भएको छ ।

यदी राज्यस्तर बाट नै प्रयास भए राम्रो हुन्छ । नुवाकोट ईतिहासका विद्यार्थीहरुका लागी खुल्ला सग्राहलय हो यस्कारण पनी संग्रालय आवश्य रहेको छ ।

कसरी पुग्ने
काठमाण्डौ देखि ८२ किलोमिटर दुरी रहेको छ । सार्वजनकी बस दैनिक बसपार्क बाट जाने गर्दछन । समय चार घण्टा लाग्दछ ।

नुवाकाेट बजार 
महामण्डल
दरबार
नुवाकोट दरबार छेउबाट देखिएको बिहानीको दृश्य ।
१०० वर्षभन्दा पुरानो मानिएको नुवाकोट दरबार छेउको रुख 


Facebook Comment


No ads found for this position