मनकारी मिङमाका दाजुभाई जसले ४० लाखको राहत बाँडे

काठमाडौं–कोरोनाका कारण अहिले जनजीवन प्रभावित बनेको छ । यो अवस्थामा धेरै मानिसहरु रोजगारी नपाएर कोठामै थन्किएका छन् । लामो समयम्म कामविहीन हुँदा मानिसलाई खान बस्न समस्या भएको छ ।
यतिबेला राज्यले पहिलोचरणको राहत वितरण त गरेको छ । तर, त्यो सबैका लागि सहज हुन सकेन । त्यसैले अहिले सामाजिक संघ संस्था, व्यवसायी र व्यक्तिले आफ्नो तर्फबाट राहत वितरण गरिरहेका छन् ।


अधिकास व्यवसायी पनि आफैं समस्यामा परेको भन्दै सामाजिक उत्तरायित्वबाट पञ्छिँदै आएका छन् । तर, ती मध्यका एक फरक हुन् मिङमा शेर्पा, जसले आफ्नो सम्पूर्ण व्यवसाय बन्द हुँदा पनि उनले आफ्नो दायित्व पूरा गर्नबाट पछि हट्न सकेनन् ।


लकडाउनका कारण नागरिकहरु समस्यामा परेपछि मिङमाले सहयोगको हात अघि बढाएका छन् । संखुवासभा घर भइ काठमाडौंमा बस्दै आएका नागरिकका लागि उनले खाद्यान्नमात्रै होइन, आर्थिक सहायता पनि प्रदान गरेका छन् ।


कामविहीन भएर जनजीवन कष्टकर भएका संखुवासभाका नागरिकलाई उनले आफ्नो कम्पनी सभेन समिट ट्रेड प्रालिमार्फत खाद्यान्न र आर्थिक सहायता गरेका हुन् । लकडाउन सुरु भएदेखि हालसम्म काठमाडौंमा रहेका सखुवासभा जिल्लावासी, कर्मचारी र अन्य केही जिल्लाका गरी लगभग ९ सय परिवारलाई चामल र पैसा सहयोग गरेको उनले जानकारी दिए ।


उनका अनुसार हालसम्म उनले आफ्नो कम्पनीमार्फत ४० लाख बढीको राहत वितरण गरेका छन् । ‘अहिले हामीले संखुवासभा घर भइ यहाँ बस्दै आएका र आपतमा परेकालाई हामीले चामल र परिवारको स्थिति हेरी आर्थिक सहायता गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि समस्यामा परेकालाई हामीले निरन्तर रुपमा सहयोग गर्नेछौं ।’

उनका अनुसार २ जना सदस्य भएका परिवारलाई २५ किलो चामल र पाँच सय रुपैयाँ । चार जनासम्मको परिवार भएकालाई पनि २५ किलो चामल र एक हजार रुपैयाँका दरले राहत वितरण गरेको शेर्पाले जानकारी दिए ।


भूकम्प जाँदाताका पनि नागरिकको उद्धार र राहत वितरणमा अग्रसर दिएका शेर्पाले लकडाउन अवधिभर संखुवासभाका नागरिकलाई समस्यामा पर्न नदिने बताए ।

यस्तै, अहिले कोरोनापछिको लकडाउनका कारण अधिकांश निजी कम्पनीका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । यस्तै कतिले त रोजगारी पनि गुमाएका छन् । तर, मिङमाको कम्पनी सेभेन समिट प्रालिमा चास सय फिल्ड कर्मचारी र अफिस संचालका लागि ३० जना कर्मचारी कार्यरत रहेका छन् । उनीहरुलाई अहिलेसम्म तलब र खानबस्नमा समस्या भएको छैन ।

‘अहिलेसम्म त हामीले कर्मचारीलाई समस्यामा पारेका छैनौं । तर, लकडाउन एक वर्षभन्दा लामो भएको अवस्थामा भने, केही समस्या आउनसक्छ । तै पनि हामी त्यस अवस्थामा पनि के गर्ने भन्नेबारे योजना बनाइरहेका छौं ।’

सेभ समिट ट्रेक्स प्रालि यो स्थान सम्म आउनुमा कर्मचारी तथा बिभिन्न महानुभावहरुको हात रहेको छ । अहिले यस्तो अवस्थमा हामीले आफ्नो सक्दो तरिकाबाट कर्मचारीहरुलाई साथ दिई रहेका छौ ।

हामीले अहिले जिल्लावासीहरुलाई यो राहत बाड्ने काम नभएर मानविय धर्म तथा आफ्नो जिल्ला प्रतिको उत्तरदायीत्व वहन गर्ने प्रयास गरेको शेर्पा बताउछन् । विश्व रेर्कड कायम समेत गरेका मिङमा सेभन समिट ट्रेक्स प्राईभेट लिमिटेडका संचालक समेत हुन् ।


Facebook Comment


No ads found for this position