लकडाउनमा चिनियाँ सर्वेक्षण टोली सगरमाथाको चुचुरोमा,चुचुरोबाट प्रत्यक्ष प्रसारण (भिडियो सहित)

काठमाडौं– विश्वभर लकडाउनका कारण सबैतिर पर्यटकिय गतिविधि बन्द रहेका बेला चिनियाँ सर्वेक्षण टोलीले भने, विश्वको सवोच्व शिखर सगरमाथाको आरोहण गरेको छ ।
मंगलबार ८,३०० मिटर माथि डोरी फिक्स गरेर नेपाली समयअनुसार बिहान २ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा चिनियाँ सर्वेक्षण टोली पुगेको थियो ।


खराब मौसम भएका कारण ढिलो गरी भए पनि विश्वकै उच्च शिखरमा पुग्ने योजनाका साथ सर्वेक्षण टोलीलाई आइतबार पठाइएको थियो । मौसम खराब भएका कारण दुई दिन ढिलो गरी टोलीले मंगलबार शिखरमा पाइला टेकेको हो ।
चिनियाँ सञ्चारमाध्यमले सर्वे टोली चुचुरोमा पुगेको दृश्य प्रत्यक्ष प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो ।


टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्वेक्षण गर्ने चिनियाँ जनाइएको छ ।सर्भेमा चीनले हालसम्मकै आधुनिक प्रणाली अपनाइएको जनाएको छ । त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग भएको छ ।

टोलीमा ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरु सहभागी छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका समयमा सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने सहमति दुई देशबीच भएको थियो ।


नेपालले सगरमाथाको उचाइ नाप्ने अभियान अन्तिम चरणमा पुर्याएकै समयमा चिनियाँ टोली पनि चुचुरोमा पुगेको हो । दुबै टोलीले काम सकेपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने तयारी छ । नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत फिल्ड मा गर्नुपर्ने काम सकिसकेको छ ।


अहिलेसम्म १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आइएको छ । पछिल्लो सर्वेपछि सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ ।

ऐतिहासिक आरोहण

मापन टोलीले ६० वर्षको अन्तरालमा ऐतिहासिक चढाई गरेको हो । चोमोलोङ्मा चीन र नेपालको उत्तरी सीमामा स्थित छ । उत्तरी क्षेत्र कठिन पर्वतरोहणका लागि परिचित छ ।

२५ मे १९६० मा तीन चिनियाँ युवा पर्वतारोही वाङ फूजो, क्यु यिनहुआ र गोनपोले मानव इतिहासमै पहिलो पटक आफ्नो कठिन उत्तरी क्षेत्रबाट सर्वोच्व शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । त्यस ऐतिहासिक आरोहणपछि चोमोालोङमा शिखरसम्म बाटो बनाएका थिए ।


यस्तै, सन् १९७५ मे मा तिब्बती महिला फेङ्टोङ उत्तरी क्षेत्रबाट सगरमाथा चढ्ने पहिलो महिला बनिन् । चोमोलोङ्मा एक चिनियाँ पर्वतारोहण टोली शिखरमा पुगगेपछि त्यहाँ ९ वटा स–सना अवलोकन स्टेशनको सर्वेक्षण टोलीले अध्ययन गरेको थियो । र सगरमाथाको उचाइ ८,८४८.१३ मिटर उचाइ भएको अनुमान लगाइएको थियो ।

त्यसको तीन वर्षपछि इटलीका रेनहोल्ड मेसनर र अस्ट्रियाका पिटर हेबेलरले यो हासिल गरेका थिए कि जहाँ पहिला अक्सिजनबिना जान असम्भव मानिएको थियो ।
चिनियाँ सर्वेक्षकर्ताले २४ मे २०२० मा माउन्ट चोमोलोङ्मामा ६,५०० मिटरको उचाइमा अवस्थित शिविरबाट आरोहणका लागि निस्केका थिए ।

यस्तै, ५ मे १९८८ मा दुवै क्षेत्रबाट नेपाल र चिनियाँ संयुक्त टोलीले एक लाइभ टेलिभजन प्रशारण पनि गरेका थिए । ८ मे २००८ मा बेइजिङ ओलम्पिक खेलको मसाललाई पनि एक भावनात्मक आकर्षणका लागि सगरमाथाको चुचुरोमा पुर्याइएको पनि थियो ।


Facebook Comment


No ads found for this position