पर्यटन पूर्वाधारमा सवा अर्ब , प्रोत्साहन कि उपेक्षा ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि आज बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट आज सदनमा प्रस्तुत गरेका हुन् । समग्र बजेटको तुलनामा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि छट्याइएको बजेट हेर्दा प्रोत्साहन गर्न ल्याइएको हो कि औपचारिकता निभाउन दिइएको हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
सरकारले पर्यटन पूर्वाधार विकासका लागि भन्दै एक अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले कोरोना जोखिमका कारण विश्वव्यापी आवागमन बन्द भएको र त्यसबाट परेको प्रभावलाई मध्यनजर गर्दै यसको उत्थानका लागि यति बजेट विनियोजन गरिएको बताएका छन् ।
तर, यो बजेटले के कति काम गर्न सकिन्छ अहिले भन्ने कुरा हामी सबैले जानकारी पाएकै अवस्था हो । नीति तथा कार्यक्रममा उपेक्षित बनेको पर्यटन क्षेत्र बजेटमा पनि समेटिन सकेको छैन । लकडाउनका कारण पर्यटकीय गतिविधि सबै बन्द छन् ।
पर्यटन व्यवसायी र अन्य सरोकारवालाले पनि यो समयमा सरकारले आवश्यक बजेटको व्यवस्था गरी पर्यटन पूर्वाधार निर्माणमा बल दिनुपर्ने बताउँदै आएका थिए । तर, अन्य क्षेत्रको तुलनामा विनियोजित बजेटको आकार र पर्यटन पूर्वाधारका लागि घुट्याइएको बजेटको आकार हेर्दा सहजै आँकलन गर्न सकिन्छ कि सरकारलाई कि त यो क्षेत्रको उत्थानमा कुनै चासो नै छैन । या भनौं त्यहाँ बस्नेहरुलाई पर्यटनको महत्व नै त्यति थाहा छैन ।
अहिले पर्यटन पूरै थिलोथिलो भएको छ । अरु कुरा त अन्य शीर्षकमा पनि समेटिएलान् । तर, पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेटको आकार भने, कुनै एक ठाउँका लागि पनि पर्यात छैन । साँच्चीकै पर्यटकलाई आकिर्षत गर्ने खालको पूर्वाधार बनाउने हो भने एक ठाउँको लागि पनि पुग्दैन ।
सरकारले अन्य कुराहरुमा पनि प्राथमिकता दिएको छ । तर, अहिलेको कोरोनाको संक्रमणको स्थिति हेर्दा यो कहर अझै यसवर्षभित्र नियन्त्रणमा आउने कुनै संकेत छैन । पर्यटन क्षेत्रका ज्ञताहरुले पनि यो अवधिमा पूर्वाधार विकास गर्नुपर्ने माग राख्दै आएका छन् ।
यतिबेला सरकारले पूर्वाधार निर्माणमा अलि ठूलो आकारमा बजेट छुट्याएको भए, भोलीका लागि हेर्न लायक संरचना बनाउन सकिन्थ्यो । तर, यो बजेट त कुनै एक ठाउँको पूर्वाधार निर्माण होइन, न पुरानै क्षेत्रको पुर्ननिर्माणका लागि नै सिमित हुनछ ।
यस्ता छन् प्राथमिकता
१. कोरोना भाइरस जोखिमको कारण विश्व व्यापी रुपमा आवागमन बन्द भई पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्येनजर गरी होवाईसेवा, होटल, ट्राभल, टे«किङ, रेष्टुरेन्ट, पर्वतारोहण लगाएतका सेवा क्षेत्रको पुनउत्थान गर्न कर शूल्क व्याज लगायतका सुविधाको व्यवस्था गरिने छ ।
२. एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारण अनुरुप सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार बिकास गर्ने ।
३. निजि क्षेत्र समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्ने मौलिक संस्कृतिको विकास र प्रवद्र्धन गर्नका लागि रु एक अर्व २६ करोड बजेट बिनियोजन गरेको छु ।
४. कला, संस्कृति, तथा पर्या पर्यटन लगाएतका नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार बिकास गरिने छ ।
५.पर्यटन आगमन पदयात्रा हिमाल आरोहण र उद्दारलाई थप व्यवस्थित र सुरक्षित बनाउन नविन पर्यटक सुचना प्रणली लागू गरिने छ ।
६.पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न मानित पर्यटन विश्वविधालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरीने छ ।
७.माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समाबेश गरिने छ ।
८. पशुपति जनकपुर र मुक्तिनाथ सहित अन्य मठ मन्दिर गुम्बा तथा चुचुरा नदि ताल कुण्ड लगाएतका धार्मिक तथा पर्यटकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिईने छ ।
९ नेपाल एकिकरणको इतिहाससंग जोडिएका गढी, किल्ला र बाटो, को संरक्षण गदै देशभरका सास्कृतिक र ऐतिहासिक क्षेत्रलाई सास्कृतिक एवंम पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने छ ।
१०. रारा ताल क्षेत्रको लागि दिर्घकालिन गुरुयोजना तयार गरी कार्यानवयन गरीने छ ।
११. पहाडी र हिमाली क्षेत्रका सम्भाव्य स्थललाई सुविधायुुक्त हिल स्टेशनको रुपमा विकास गर्न पूर्वाधार विकास गरी पर्यटन प्रर्वद्धन गरीने छ ।
१२.आन्तरिक पर्यटन प्रवद्र्धन गरी सिथिल पर्यटन क्षेत्रलाई पुन जागृत गर्न कोरोनाको जोखिम समाप्त भए संगै राष्ट्सेवक कर्मचारी तथा संगठीत संस्था र निजि क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने छ ।