६७ वर्ष पुग्यो सगरमाथाको शिखरमा मानवले पाइला टेकेको

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानवले पाइला टेकेको ६७ वर्ष पुगेको छ ।

दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही दिनको स्मरणमा यस दिनलाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो ।

गएका बर्षहरमा धुमधामका साथ मनाईने सगरमाथा दिवस यस बर्ष कोरानाका कारण साधाहरण तरिकाले मनाउन लागिएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाले वताए ।

उनले भने अहिले कोरानाका कारण र नेपालमा लकडाउनका कारण मानिसहरु जमघट हुन सकेको छैन त्यसकारण हामीहरुले साधाहरण तरिकाले मनाउन लागेको बताए ।

आजको दिन पारेर हामीहरुले नेपालमा अवस्थित बिभिन्न हिमालहरुको बारेमा जानकारी दिने वेभसाईट समेत शुभारम्भ गर्न लागेको बताए ।


Facebook Comment


No ads found for this position