हो, यो १३औ आरोहण दिवस नै हो

ज्योती अधिकारी

अन्तराष्ट्रिय सगरमाथा दिवस नेपाल सरकारले विधिवत मनाउन सुरु गरेको । तर निजी स्तरमा हामीले सुरु गरेको भने १९९२ बाट हो र त्यो हिसाब ले २८औं सगरमाथा दिवस पनि हो यो । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।

सायद पर्यटनका नयाँ पिँढिमा रहनुभएका धेरैलाई यसको अतितिको त्यति ज्ञान छैन नै । १९९२ को समय हो ।

हामी भर्खर पर्यटनमा छिरेको अवस्था थियो । हाम्रा स्वभावका अधिकांश युवाहरु व्यवसायी बनेका थिएनन् । देश भर्खर खुलापनमा गएको समय थियो । आन्दोलनको हिस्सा हुँदै व्यवसायी बनेको हामीहरुमा सिंगै देश मेरो हो र म बाट जे पनि सम्भव रहन्छ भन्ने गर्विलो शाहस र स्वभाव विकास भएको थियो ।


राज्य सत्तामा रहेका नेताहरु आन्दोलनका साथि जस्ता लाग्दथे भने कर्मचारी पञ्चायतका हंस हुनकि भन्ने भ्रम थियो । त्यसैले अधिकांश समय द्वन्द्वहरुमा नै बित्ने गथ्र्यो ।

अहिलेभन्दा पनि धेरै सिजनल पर्यटन थियो । केहि ग्रुप आयो र उनीहरुको व्वस्थापनको जिम्मा कर्मचारी साथिहरुमा दियो त्यसपछि प्रशस्त समयहरु हुने गर्दथे ।

सामान्यतया अहिले पनि केहीबाहेकका पदयात्रा या आरोहण सञ्चालनलाई मात्र पेशा बनाएकाहरुको अवस्थामा खासै फरक आएको छैन नै होला । धेरै जस्ता अलि अगाडिका व्यवसायीहरुमा बढी अंहकारिता थिए ।


साह्रै व्यस्त बन्ने या देखाउने उनीहरुकोअधिकांश समय कार्यालय ढोका बन्द गर्यो अनि जम्यो तास र रमाइलोमा । नचिनिएका नयाँ व्यवसायीहरु र नयाँपनलाई तिरस्कार गर्ने या नजिक पनि पर्न नदिने एक खालको सामन्ती स्वभाव उनीहरुमा हावि थियो । हामी भने के कम १ सबैलाई तिरस्कार गर्ने र आफ्नो बाटो बनाउँदै अगाडि बढ्ने जमातमा पर्यो ।

सगरमाथाको देश, अनगिन्ती उच्च चुचुरा भएको देश । पर्यटक नेपालआउनुको मुल कारण पनि त्यही । विदेशिहरुबाट लादिएको महिला दिवस, मे दिवस, पर्यटन दिवस अरु के–के दिवसहरु प्रचनलमा थिए ।

तर, शंसारको शीर रहेको देश । पर्वत र चुचुराहरुले भरिएको देश । आरोही र आरोहणका गतिविधिले संसारकै ध्यान तानेको देश ,तर, यसको विश्व सन्देस जाने कुनै दिन या पर्वहरु प्रस्ताव गरिएकै रहेनछ ।

व्यवसायका फुर्सदिला समयमा यी कुराहरु मनमनमा गुनगुनाउने थालिहाल्यो ।

अचानक शब्द पनि आयो उच्चशिखरमा चढेको दिन किन पर्वको रुपमा नमनाउने त रु त्यसलाई ‘सगरमाथा दिवस’ किन नभन्ने त रु प्रस्तावसहित तत्काल संघ–संस्थाको जिम्मा लिने नायिकेहरुलाई भेट्न थालियो । तिनीहरुका कार्यालय पुगियो ।


दुर्भाग्य तिनिहरुबाट तिरस्कारबाहेक केही मिल्ने रु पञ्चायत र राजाका गुणगान गाएर हुर्केका दास या भक्तहरु भरखर निश्चित नेताहरु पक्रेर राजनैतिक दलसंगको सम्पर्क बढाइरहेका र प्रस्तुत स्रोत साधनमा पहुँच भएका उनीहरुको नजरमा र व्यवहारमा हामी केवल नांलो पसलेभन्दा फरक थिएन नै । केही हाम्रा समकालिनहरु पनि पद र सुविधाका लागि उनीहरुकै ढोके या गार्ड जसरी प्रस्तुत हुने गर्दथे।


आज पनि तीमध्ये धेरै केहीरुपमा पर्यटनमा छन् र कोही प्रवक्ता नै हो जस्तो स्वभाव देखाउने गर्दछन् । तर, उनीहरुभित्रको कुन्ठा यो दिन या पर्वकोबारेमा या इतिहासको सच्चाईको बारेमा कहिन न कहीँ भेटिन्छ या देखिन्छ नै ।

सम्झना रहेसम्म तत्काल प्रशासनिक अधिकृतको रुपमा नेपाल पर्वतारोहणा संघमा कार्यरत युवा विनय शाक्य र तत्कालीन उप–सचिवको रुपमा योजना शाखा पर्यटन विभागमा कार्यरत मिना खनाल अलि बढी नाम र पर्वको रुपमा उत्साहित हुनु भयो र केही बाटोहरुको सम्भावना देखाउनुभयो ।

यी दुईबाहेक संघ र सरकारी निकायका कोहीले पनि हाम्रा प्रस्तावलाई बुझ्न पनि खोजेनन् या चाहेनन् ।

तत्कालीन अग्रज व्यवसायीहरुको त कुरानै गर्नु नपर्ने । पैसा, माथि राम्रो पहुँच र पर्यटकहरुसँग काम गर्नेहरुलाई समाजले हर्ने सकारात्मक कारणले उनीहरुमा जागेको अहमता स्पस्ट नै देखिने गर्दथियो ।

नयाँ व्यसायीहरुको उर्लदो प्रवेश र बुढानिलकन्ठ जस्ता विद्यालय (दिवस, दिनेस प्रसाई, ज्ञानेन्द्र महतो लगायत) र जिवेन्द्र सिंखडा, नारायण वाग्ले जस्ता भरखर उदाउन थालेका कान्तिपुर जस्ता पत्रिका र पत्रकारहरुसँगको व्यक्तिगत सु–सम्बन्हरु, भरखर उदाएको अपसेट प्रेस र कम्प्युटरका ज्ञाता महेश अधिकारी जस्ताको सक्रियता र लेखनशैली, आश्विन पुडासैनिहरुजस्ता पर्यटन बाहिरका युवाहरुको सक्रियता र सहयोग, जापानमा अंग्रजी भाषा पढाउने शिक्षकहरु सुजन र पिटरहरुको बेजोडको अग्रसरता तथा हामी समकालीनहरुको क्लब तथा निस्वार्थ मेल (बद्रि रिजाल, गोविन्द थपलिया शुसिलेस्वर लाल मुलेपति विमल नहर्कि प्रेमकुमार श्रेष्ठलगायतका धेरै सहकर्मीहरु सबैको नाम यादभयन)ले व्यवसायमा होमियको केही महिनामा नै (१९९२) सगरमाथा दिवस मनाउने जस्तो महत्वाकांक्षी योजना र यसलाई स्थापित गर्न एभ्रेस्ट भ्वाइस जस्ता पत्रिका निकाल्ने कार्यमा सफलता पाउनु एक गर्वनै मान्नु पर्दछ ।
यसको महत्व कति छ भनेर तत्कालका मन्त्री र विभागको प्रमुखहरु त्यो बेला ज्ञान भायो जुनबेला अन्तर्राष्ट्रिय मिडयाले यसको बारेमा उनीहरुमा जिज्ञासा राख्न थाले ।

सफा हिमाल । अनुशासित र गुणस्तरिय पर्यटन । आरोहिहरु विशेषत नेपाली शेर्पाको सम्मान हाम्रा तत्कालका नारा र कार्यहरु भए या रहे । नेपाली आरोहिरुको त्यति धेरै न्याय र सम्मान सम्भवतः त्यो भन्दा पहिला नेपाल राज्यले (राज्य र संघ तथा संस्थाहरुले) कहिले गरेका या दिएका थिएनन (एक कामदारभन्दा बढी नजर पनि उनीहरुमा लाग्ने गर्दैन थियो नै ।

विभन्न उकाली ओरालीहरुको १४ वर्षे यात्रापछि हामिले नै संघ संस्थाको (टान÷एनएमए) दुवैको नेतृत्व लिनु या हस्तक्षेप नै गर्नुपर्यो या दिनलाई राज्यद्वारा घोषित पर्वको रुपमा मनाउन । २००८ को वर्ष तथा लिलामणि पौड्याल जस्ता सकारात्मक सोच बोकेका सचिव पर्यटन मंत्रालयमा रहनु नै एक संयोग बन्यो यसलाई राज्यले स्वामित्वलिन । यो पर्वको लागि पहिलो चोटी सगरमाथामा मानव पाहिला राख्ने दुई महान विश्व सपुतहरु एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको शीरमा पाहिल राखेको एतिहासिक दिन आज अर्थात् मे २९ (२०५३) रोजेको हो ।


२००८का सुरुवातका दिनमानै आफूसँगै सगरमाथाको कथा भन्दै हिँड्ने र हिमाल विशेषता खुम्वुबासीका आँखा बनेका एडमण्ड हिलारीको पनि देहवसान त्यही समयमा भएकोले अव पर्वकै रुपमा लाने र उहाँहरु तथा सिंगै हिमाललाई सँधै जिवित राख्ने हाम्रो अर्थात टानको प्रस्तावमा राज्य सहमत भएको हो। सर एडमण्ड हिलारीको दुःखद देहवासन र आयोजना गरिएको समवेदनासभा पनि यो दिनलाई राष्ट्रिय पर्वको रुपमा लान सहयोग गर्यौं ।


नाम्गेल शेर्पा जस्ता अथाह सम्भावना बोकेका युवा व्यवसायी (सुपुत्र, स्वर्गिय पासाङ लामु शेर्पा, पर्थम नेपानी महिला आरोही)हरु जो तत्कालमा हाम्रा टानको टिममा हुँदा उक्त कार्यक्रममा गरेको तयारी र प्रस्तुतले पनि बेजोड काम गर्यो ।

स्मरण रहोस, उच्च शिखरको पहिचान र दुबै मोहडा (उत्तर र दक्षिण) बाट धेरै शाहसी आरोही र सहयेगीहरुले निरन्तर पर्यटन र बलिदानका अटुट शृंखलाहरुबीच अन्ततः २०१० जेठ १६ (मे २९, १९५३) को दिउँसो ११ः३० मा तेन्जिङ नोर्गे तथा एडमण्ड हिलारीले सर्वोच्च शिखरमा पाइला टेकेर यो हिमचुचुरीहरुमाथिको विजय उत्सवको शंखधोष भएको थियो।

नेपाल सरकारले पहिलोपटक भव्यरुपमा आर्मी क्लबमा विशाल आरोहीहरुको जमघटसहितको सगरमाथा महोत्सव संभवत अहिलेसम्मकै भव्य कार्यक्रम हुनुपर्दछ, २००९ को मे २९ मा ।

त्यसको सम्पूर्ण खर्च र व्यव्स्थापन हामिले नै (टान र एनमए)को संयुक्त कोष उपयोगसहित गरेका थियौं ।


त्यसपछिका दिनहरु आजसम्म पनि यो दिन या पर्व परम्परा धान्नेबाहेक खासै गितिशिल बन्न सकेका छैनन् ।

सगरमाथा दिवसको अवधारणा हाम्रा पर्वहरुका क्यालेन्डरमा अर्को पर्व थप्नमात्र आएको थियन । अन्तर्राष्ट्रिय त्यसै थपिएको र्थिएन । हाम्रो सोच भनेको देशभित्र पनि विशेष संगठित अध्ययन संस्थाहरु र शुरक्षा निकायमा हिमाल र वातावरणको महत्व झल्काउन एकदिन ससना पहाडका चुचराहरुको चढाइ यात्रासहित मनाउने ।

हिमालको महत्वहरु र इतिहासको स्मृति गराउने । त्यो भन्दा पनि बढी आरोहणका गतिविधि मन पराउने सबै महादेशहरुमा यो पर्व मनाउन अभियान नै चलाउने थियो ।


जसले प्रत्यक्ष या अप्रत्यक्ष नेपाल र हिमालहरुको महिमा शंसारभर गाउने थियो, स्थापित गराउन मद्दत गर्ने थियो । निःशुल्क प्रचार हुने यस्ता गतिविधिहरुले नेपाल र नेपालको पर्यटनलाई देशमय बनाउने मद्दत पुर्याउने थियो । यसमा हामी चुकिरहेका छौं ।

लाग्दछ यस्तो समयहरु ल्याउन सायद सरकारमा उपयुक्त पात्रहरुको आगमन भइसकेको छैन । शुभ कामना त्यस्तो समय छिट्टै आओस र हाम्रो देशबाट निस्कने पर्वले पनि अन्तर्राष्ट्रिस्वरुप ग्रहण गरोस ।

अन्तराष्ट्रिय सगरमाथा दिवसको बधाई र शुभकामना सबै आरोहण र हिमाल तथा पहाड र वातावरणप्रति शंवेदनशील रहने आम मानव समुदायमा।


Facebook Comment


No ads found for this position